काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेर स्वदेश फिर्ता भएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा विशेष रूपमा सम्मान गर्दै बधाई ज्ञापन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले नेपाली टोलीले विश्वकपको पहिलो संस्करणमै इतिहास रचेको भन्दै यो सफलता कडा मेहनत, सामूहिक भावना र दृढ संकल्पको प्रतिफल भएको उल्लेख गरिन्।
“नेपाली खेलकुदका लागि यो गौरवको विषय हो। तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिका हकदार हुनुहुन्छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “अर्कोपटक च्याम्पियन बन्ने लक्ष्यसहित अझ अघि बढ्नुहोस।”
प्रधानमन्त्रीले अब दृष्टिविहीन क्रिकेटलाई सरकारले कस्तो सहयोग र लगानी गर्न सक्छ भन्ने विषयमा सम्बन्धित मन्त्रालय र निकायसंग चर्चा गर्ने आश्वासन पनि दिइन्।
प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा गएको नेपाली टोली विश्वकपमा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। प्रशिक्षक खत्रीले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई हराउँदै उपविजेता बन्नु गौरवको विषय भएको बताए।
उनले सरकारी सहयोग प्राप्त हुन सके आगामी संस्करणमा च्याम्पियन बन्न सकिने आत्मविश्वास व्यक्त गरे।
सोमबारकी अर्काे प्रमुख क्रिकेट प्रतिस्पर्धामा, कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनसहित सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै एनपीएलमा लगातार तेस्रो जीत दर्ता गराएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले १ सय ४० रनको लक्ष्यमा १९.२ ओभरमा ९४ रनमै अलआउट हुँदै पराजय बेहोरेको हो।
दीपेन्द्रले
४ ओभरमा २३ रन खर्चेर ४ विकेट
ब्याटिङमा २८ बलमा ३९ रन
बनाउँदै प्लेयर अफ द म्याच घोषित भए।
कर्णालीबाट पवन सर्राफले मात्र २७ रन बनाए।
अन्य खेलाडी–
गुलशन झा – १३
अर्जुन घर्ती – १३
युवराज खत्री – ०
टीमका ९ खेलाडी दोहोरो अंकमा समेत पुगेनन्।
हरमित सिंह र अविनाश बोहराले रोयल्सतर्फबाट २–२ विकेट लिए भने स्कट कुग्लेन र हेमन्त धामीले १–१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको रोयल्सले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।
कर्णालीका सोमपाल कामीले
४ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर ३ विकेट
लिँदै उत्कृष्ट बलिङ गरे।
तर अन्त्यतिर दीपेन्द्र सिंह र हरमितको ४८ रनको साझेदारीले रोयल्सलाई प्रतिस्पर्धी स्कोर बनाउन मद्दत गर्यो।
प्रतिक्रिया