नेपालमा निष्पक्ष राष्ट्रिय साप्ताहिकको १७ वर्ष नियमित प्रकाशन पछि नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM) को प्रकाशन अमेरिकाबाट सुरु भएको १७ वर्ष पूरा भएको छ अर्थात हामी ३४ बर्षका भएका छौं । निष्पक्ष राष्ट्रिय साप्ताहिकको अनलाइन भर्सन सहितको डिजिटल पत्रिका हो यो । अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरी सुरु गरिए पनि हाल अमेरिकामा मात्र नभई विश्वका प्रायः सबै देशहरूमा छरिएर रहेका नेपालीहरूबिच मात्र होइन, नेपालमा पनि कम्प्युटर र इन्टरनेटको पहुँच भएका नेपालीबिच नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM) लोकप्रिय हुँदै गएको छ । नेपाल मदर डट कम राजनीतिबाट पूर्ण अलग र स्वतन्त्र रही जस्तो छ त्यस्तै यथार्थ कुरा प्रकाशन गर्ने गरेकै कारणले होला लोकप्रिय हुँदै गएको । हामी फेरी पनि प्रतिबद्धता जाहेर गर्दछौँ कि “हामी कुनै राजनीतिक दल वा विचारसँग कहिल्यै नजिक हुने छैनौँ, स्वतन्त्र, निष्पक्ष, यथार्थ कुरा प्रकाशित गर्नु, आतङ्कवाद, अधिनायकवादको विरोध गर्नु, प्रजातन्त्रको पक्षमा बोल्नु , पाठक र दर्शकलाई यथार्थ समाचार, लेख, साहित्य, मनोरञ्जन, सामुदायिक गतिविधि, समसामयिक कुराहरू, भलाकुसारी, तस्बिर जस्ताको त्यस्तै पस्किनु हाम्रो कर्तव्य र दायित्व हुनेछ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।
– रामप्रसाद खनाल
प्रधान सम्पादक
नेपाल मदर डट कम (WWW.NEPALMOTHER.COM)
प्रतिक्रिया