Washington DC, US : August 15, 2026, Saturday 06:08 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गायिका रचना रिमाललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका, साउदी शाखाको सम्मान|नेपाल प्रहरीको मनोबल र जनविश्वास|पौडेलकाष्टमा राजाराम पौडेल र किरण केसी : कति हाँस्नु !|किन ट्रम्पका छोरा, छोरी र ज्वाइँलाई तान्दैछ BBC ?|इन्डोनेसियाको फ्लोरेसमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु|ट्रम्पको नयाँ घोषणा : ‘इरानलाई पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्नेछु’|खेलाडीहरू दिल्लीमा उत्रिन थालेका बेला बाँदर, परेवा, छाडा कुकुरलाई नियन्त्रणमा राख्न विशेष तयारी|जापानमा ‘अभूतपूर्व’ वर्षा : आठ जनाको मृत्यु|१० जनाको मृत्यु, तीन बेपत्ता, दुई घाइते, १३ संरचना बगायो|अमेरिकाबाट ‘America & World’ अन्तर्राष्ट्रिय अनलाइन अंग्रेजी न्युज म्यागेजिन सञ्चालनमा आउँदै

गायिका रचना रिमाललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका, साउदी शाखाको सम्मान - बिष्णु घिमिरे, साउदी अरेबिया

  NepalMother.com | ३० श्रावण २०८३, शनिबार १४:२६

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका शाखा साउदी अरेबियाले चर्चित नेपाली गायिका रचना रिमाललाई सम्मान गरेको छ। साउदी अरेबियामा आयोजित विशेष सांस्कृतिक कार्यक्रममा नेपाली कला, सङ्गीत र संस्कृतिको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै रिमाललाई सम्मान गरिएको हो।
प्रवासमा रहेर नेपाली भाषा, कला, संस्कृति र सङ्गीतलाई माया तथा संरक्षण गर्दै आएका नेपाली समुदायमाझ लोकप्रिय गायिका रिमाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा महासङ्घका पदाधिकारी, पत्रकार, नेपाली समुदायका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
सम्मान ग्रहण गर्दै गायिका रिमालले प्रवासमा रहेका नेपालीबाट प्राप्त माया, सम्मान र हौसलाले आफूलाई नेपाली सङ्गीत क्षेत्रमा अझ राम्रो काम गर्न प्रेरणा मिलेको बताइन्। उनले विदेशमा बसेर पनि नेपाली कला र संस्कृतिप्रति नेपाली समुदायले देखाएको लगाव प्रशंसनीय रहेको बताउँदै आफूले आगामी दिनमा पनि नेपाली सङ्गीतमार्फत देश र नेपालीपनलाई विश्वभर चिनाउने प्रयास जारी राख्ने बताइन्।
कार्यक्रममा रिमालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुति सुरु भएसँगै कार्यक्रममा उपस्थित दर्शकहरू उत्साहित बनेका थिए। उनले ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘चुरा त बज्यो’, ‘नाच फिरिरी’, ‘तिम्रो मायाले बाँधेर राख्यो’ लगायतका लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरिन्। उनका गीतमा दर्शकले ताली, हुटिङ र नाचगानमार्फत साथ दिएका थिए।
सानै उमेरदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रिमाल पछिल्लो समय नेपाली युवापुस्तामाझ निकै लोकप्रिय गायिकाका रूपमा स्थापित भएकी छन्। उनको स्वरमा रहेका विभिन्न गीतले नेपाली सङ्गीतप्रेमीको मन जित्दै आएका छन्। देशभित्र मात्र नभई विदेशमा रहेका नेपालीमाझ पनि उनको लोकप्रियता उत्तिकै देखिएको छ।
महासङ्घका अध्यक्ष बिष्णु घिमिरेले नेपाली पत्रकारिता र सञ्चार क्षेत्रसँगै नेपाली कला, साहित्य, सङ्गीत तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मान गर्दै आएको जनाएको छ। साथै नेपाली कलाकारहरूलाई प्रवासमा सम्मान गर्नुले उनीहरूको सिर्जनात्मक यात्रालाई थप ऊर्जा प्रदान गर्नुका साथै नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत सहयोग पुग्ने महासङ्घको विश्वास रहेको बताए । गायिका रचना लाई आयोजक झापाली समाज साउदी अरेबिया सहित अन्य स्सथाहरूले समेत मायाको चिनोले सम्मान गरेको थिए ।

कार्यक्रममा सहभागी नेपाली समुदायका अगुवा तथा सञ्चारकर्मीहरूले रिमालको सांगीतिक योगदानको प्रशंसा गर्दै उनको आगामी सांगीतिक यात्राको सफलताको शुभकामना दिएका थिए। प्रवासमा आयोजित सांस्कृतिक कार्यक्रममार्फत नेपाली कलाकार र समुदायबीचको सम्बन्ध थप बलियो बन्दै गएको उनीहरूको भनाइ थियो।साउदी अरेबियामा नेपाली समुदायको ठूलो उपस्थिति रहेको अवस्थामा नेपाली कलाकारको आगमन र सांस्कृतिक कार्यक्रमले प्रवासी नेपालीमा उत्साह थप्ने गरेको छ। रिमालको सम्मान तथा सांगीतिक प्रस्तुतिले पनि साउदीमा रहेका नेपालीलाई नेपाली कला, सङ्गीत र संस्कृतिसँग अझ नजिकबाट जोड्ने काम गरेको आयोजकको भनाइ छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor