Washington DC, US : March 9, 2026, Monday 08:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा

भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

  NepalMother.com | २४ फाल्गुन २०८२, आईतवार १७:४२

भारतले आईसीसी टी–२० विश्वकपको उपाधि फेरि आफ्नो नाममा दर्ता गर्दै क्रिकेट इतिहासमा नयाँ सफलता हासिल गरेको छ। फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले तेस्रो पटक विश्वकप जितेको हो, जसले उसलाई प्रतियोगिताको सबैभन्दा सफल टोलीको रूपमा स्थापित गरेको छ।

अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनल खेलमा भारतले पहिले ब्याटिङ गर्दै अत्यन्त आक्रामक प्रदर्शन गर्‍यो। निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर भारतले २५५ रनको विशाल स्कोर खडा गर्‍यो र न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य दियो।

भारतका ओपनर सञ्जु स्यामसन ले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८९ रन बनाए। उनले पाँच चौका र आठ छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए। दोस्रो विकेटका लागि उनले इशान किशन सँग १०५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। इशान किशनले पनि आक्रामक शैलीमा खेल्दै २५ बलमा ५४ रन बनाएर अर्धशतक पूरा गरे।

अर्का ओपनर अभिषेक शर्मा ले २१ बलमा ५२ रन बनाएर भारतलाई तीव्र सुरुआत दिलाए। उनले छ चौका र तीन छक्का प्रहार गरेका थिए। अन्तिमतिर शिभम दुबे २६ रनमा अविजित रहे भने हार्दिक पाण्ड्या ले १८ रन जोडे। कप्तान सूर्यकुमार यादव भने रन नजोडी आउट भए।

न्युजिल्यान्डका लागि बलिङतर्फ जिमी निशम ले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएका थिए। रचिन रविन्द्रम्याट हेनरी ले समान एक–एक विकेट लिए।

२५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले सुरुदेखि नै दबाब महसुस गर्‍यो। किवी टोली १९ ओभरमै १५९ रनमा अलआउट भयो। न्युजिल्यान्डका ओपनर टिम सिफर्ट ले २६ बलमा ५२ रन बनाउँदै केही समय प्रतिरोध गरे। कप्तान मिचेल सान्टनर ले ४३ रन बनाए भने डार्यल मिचेल ले १७ रन जोडे।

भारतका बलरहरू अत्यन्त प्रभावशाली देखिए। जसप्रित बुम्राह ले चार ओभरमा मात्र १३ रन खर्चेर चार विकेट लिएर न्युजिल्यान्डको ब्याटिङ ध्वस्त पारे। अक्षर पटेल ले तीन विकेट लिए भने हार्दिक पाण्ड्या, वरुण चक्रवर्तीअभिषेक शर्मा ले समान एक–एक विकेट लिए।

यो जितसँगै भारतले टी–२० विश्वकपमा तेस्रो पटक उपाधि जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ। भारतले यसअघि सन् २००७ मा पहिलो संस्करण र सन् २०२४ मा भएको नवौँ संस्करण जितेको थियो। लगातार दुई संस्करण जित्दै भारत टी–२० विश्वकप इतिहासमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो टोली बनेको छ।

यस फाइनल खेलमा भारतले २५६ रनको लक्ष्य प्रस्तुत गर्दै टी–२० विश्वकप फाइनलमा सबैभन्दा ठूलो लक्ष्य दिने नयाँ कीर्तिमान पनि कायम गर्‍यो। यसअघि कुनै टोलीले विश्वकप फाइनलमा यति ठूलो लक्ष्य दिएको थिएन।

विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामध्ये एक मानिने नरेन्द्र मोदी रंगशालामा करिब एक लाख ३० हजार दर्शकको उपस्थितिमा भारतले घरेलु मैदानमै विश्वकप जित्दै अर्को ऐतिहासिक उपलब्धि पनि हात पारेको छ। टी–२० विश्वकप इतिहासमा घरेलु मैदानमा उपाधि जित्ने पहिलो टोली बन्ने गौरव पनि भारतले नै प्राप्त गरेको छ।

उता न्युजिल्यान्ड भने फेरि उपविजेतामै सीमित भएको छ। यसअघि सन् २०२१ मा पनि फाइनल पुगेको किवी टोली उपाधि जित्न असफल भएको थियो। यसपटक पनि उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम खेलमा हार बेहोर्दै न्युजिल्यान्डले पुनः उपविजेतामै चित्त बुझाउनुपरेको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।