Washington DC, US : January 30, 2026, Friday 03:59 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

गौतमद्वारा लिखित ‘शब्दका छर्रा’को लोकार्पण

  NepalMother.com | १३ पुष २०८२, आईतवार ०८:३६

May be an image of one or more people, dais and text

बुटवल, तिलोत्तमा / नेपाली साहित्यका कवि, लेखक, पूर्व शिक्षक तथा साहित्यिक व्यक्तित्व नारद गौतमद्वारा लिखित कविता सङ्ग्रह ‘शब्दका छर्रा’ को लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गुल्मी जिल्लाबाट उदाएका गौतम हजारौँ विद्यार्थीका प्रेरणाका स्रोत मात्र होइन, नेपाली कविता गीत, साहित्यमा दीर्घकालीन योगदान पुर्‍याउने सर्जकका रूपमा परिचित छन्। दर्जनौँ कृति, हजारौँ कविता तथा गीत लेखनमार्फत् उनले नेपाली भाषाको संवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

लोकार्पण कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठानको आयोजनामा श्री जनजागृति माध्यमिक विद्यालय, योगीकुटीमा सम्पन्न भयो। कार्यक्रमको आरम्भमा प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्दै कृतिकारलाई बधाई ज्ञापन गर्नुका साथै कृतिको सफलताको कामना गर्नुभयो। साथै, प्रतिष्ठानले सञ्चालन गर्दै आएका साहित्यिक गतिविधि र भावी योजनाबारे पनि जानकारी गराउनुभयो।

कृति समीक्षाका क्रममा प्रा. डा. हिरण्यलाल ज्ञवालीले ‘शब्दका छर्रा’ नेपाली भाषामा प्रयोगबिहीन हुँदै गएका शब्दहरूलाई सूक्ष्म अध्ययनका साथ उजागर गर्ने महत्वपूर्ण कृति भएको उल्लेख गर्नुभयो। उहाँले कविता काव्यका क्षेत्रमा यो कृति पठनीय, संग्रहणीय र अनुसन्धेय रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार रुद्र ज्ञवालीले नारद गौतम संस्कृतका ज्ञाता मात्र नभई प्रचलनबाट हराउँदै गएका नेपाली शब्दका गहिरा अनुसन्धाता रहेको उल्लेख गर्दै, नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, साहित्यकार विजय हितान, मदनलाल पौडेल, रमेश समर्थन, लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, दुर्गा थापा मगर, डा. लक्ष्मी पोखरेल ‘कोकिला’ लगायतले शुभकामना मन्तव्यसहित आफ्ना रचनाहरू वाचन गर्नुभयो।

गंगा पुरीले कृतिकारको साहित्यिक यात्रा, योगदान र पहिचानबारे संक्षिप्त तर प्रभावकारी परिचय प्रस्तुत गर्नुभयो।

श्री जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेल, लेखककी धर्मपत्नी मधुरा गौतमलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वयं साहित्यकार नारद गौतमले आफ्नो साहित्यिक लेखनको प्रारम्भिक यात्रा, रचनागर्भ तथा सिर्जनाका प्रेरणाबारे भावुक र आत्मीय लेखकीय मन्तव्य व्यक्त गर्नुभयो। कार्यक्रमको संयोजन माधव गौतमले गर्नुभएको थियो भने सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गर्नुभएको थियो।

समग्रमा, ‘शब्दका छर्रा’ को लोकार्पणले नारद गौतमको साहित्यिक साधनालाई थप उजागर गर्नुका साथै नेपाली भाषाका दुर्लभ शब्द र संवेदनालाई पाठकमाझ पुनः जीवित गराउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

No photo description available.

No photo description available.

May be an image of hospital and text

May be an image of one or more people, hospital and text

May be an image of one or more people, hospital and text

May be an image of one or more people and text

May be an image of text

May be an image of one or more people, speaker, dais and text

May be an image of one or more people, flute, clarinet, violin, accordion and text

May be an image of text

May be an image of one or more people and text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।