काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को अध्यक्षमा अञ्जन श्रेष्ठले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्। उनको कार्यकाल तीन वर्षको रहनेछ।
महासंघको ६०औं वार्षिकोत्सवपछि सम्पन्न निर्वाचनमार्फत अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि चयन भइसकेका छन्। नयाँ नेतृत्वसँगै निजी क्षेत्रको शीर्ष संस्था अब नयाँ कार्ययोजना र नीतिगत प्राथमिकतासहित अघि बढ्ने अपेक्षा गरिएको छ।
महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् भने जिल्लानगरतर्फका उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ चयन भएका छन्।
वस्तुगततर्फ कार्यसमिति सदस्यमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन्।
यस समूहमा सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेले समान ५०–५० मत प्राप्त गरेका कारण उनीहरूबीच कार्यकाल निर्धारणका लागि गोलाप्रथा गरिने तयारी गरिएको छ।
एसोसिएटतर्फ कार्यसमिति सदस्यमा सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती, कृष्णलाल महर्जन र बटु लामिछाने निर्वाचित भएका छन्।
नयाँ नेतृत्वसँग निजी क्षेत्रको सशक्त प्रतिनिधित्व, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवर्द्धन र आर्थिक सुधारका एजेण्डामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया