निःशब्द छु,
बोल्नु के बोल्नु ?
लेख्नु के लेख्नु ?
२०३६, २०४६, २०६२,
अहिले २०८२ मा पनि !
नेपाल आमा,
तिमी हाँसेको देख्न पाउँ,
यही भन्दा भन्दै,
कामना गर्दा गर्दै,
जीवन जाने भो परदेशमा !
जिब्रो टोक्नु भन्दा अगाडी,
हाँसेकी आमाको मुहारको कल्पना !
कल्पना सपना बनेर रही रह्यो !
बिपना खोइ के भयो, भयो !!
उस्तै छ आज पनि प्यास,
आमा हाँसेको देख्ने प्यास,
मनमा रही रह्यो, रही रह्यो !
– रामप्रसाद खनाल
September 11, 2025
प्रतिक्रिया