गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ,
यो देश को मुहार फेर्न लाई उठ भन्दै
उठाए गाउँ गाउँ बाट, बस्ती बस्ती बाट
भुटे बुद्धि जनताको पहिले देखि
लुटे लुट्न सम्म, अहिले सम्म
तिनीहरूले सोझ्याए आफ्नै दुनो
तिनीहरुका आफ्ना हरूको दुनो
पुर्याए पुस्तौँ पुस्ता सम्म
उ, त्यो, तिनीहरू, उनीहरू
पुराना, नयाँ, बाँकी को नै रहे र !
एक पछि अर्को जोगी, भोगी !
हामी लाई धोका दिन को नै बाँकी रहे र ??
धोका धोका धोका, सधै धोका
धोका खाँदा खाँदा आजित हामी !
कहिले सम्म बस्ने सहेर ??
बिन्ती छ अब कसैले धोका नदेऊ
धोका त खाँदै नखाऊ, नख्वाऊ !
हाम्रो प्राण पखेरु नलेऊ
ए छोरा छोरी हरू हो,
ए भाइ बहिनीहरू हो,
ए GenZ हरू हो
बिन्ती छ नसुन कुनै धोकेबाज लाई
अगाडी नलगाऊ कुनै धोकेबाज लाई
नहेर तिनका कुरूप अनुहार हरू
मात्र हेर बिशुद्ध नयाँ अनुहारहरू
तर साबधान नयाँ र विकल्प भन्दै धोका दिनेसँग पनि
अब तिमी हामीले धोका खानै हुन्न
तिमी हामी धोका खाने गरी जानै हुन्न
धोकेबाज र विश्वासघाती हरूलाई अगाडी लानै हुन्न
नेतृत्व तिमीहरू बाटै गर्नु
विश्वास गर्न लायकहरूको मात्र भर पर्नु
भ्रष्ट, अन्यायी, अत्याचारी, लुटेराहरूको तन्त्र अन्त्य गर्नु
शुभकामना छ GenZ हरूलाई
साथ छ GenZ हरूलाई
समर्थन छ GenZ हरूलाई
खबरदार, हामीले फेरि धोका खान नपरोस है GenZ हरू !
सेप्टेम्बर ८, २०२५
प्रतिक्रिया