Washington DC, US : October 24, 2025, Friday 12:19 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

Breaking News : अमेरिकी राष्ट्रपति ट्रम्पले बोलाए युक्रेनका राष्ट्रपति जेलिन्स्कीलाई वासिङ्टन डीसी युरोपेली नेताहरूले पनि जेलिन्स्कीको मागलाई समर्थन गर्दै रूसमाथि दबाब निरन्तर राख्नुपर्ने बताए

  NepalMother.com | ३२ श्रावण २०८२, शनिबार ०७:३९

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की सोमबार वासिङ्टन डीसी प्रस्थान गर्दैछन् जहाँ उनको भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ। यो भेट अलास्कामा सम्पन्न ट्रम्प–पुटिन शिखर बैठक कुनै ठोस सहमति विना टुंगिएलगत्तै तय गरिएको हो। अलास्का बैठकपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय “सीधा स्थायी शान्ति सम्झौता” हो भन्दै अस्थायी युद्धविरामहरू प्रायः टिक्दैनन् भन्ने धारणा सार्वजनिक गरे।

यसैबीच, बैठकमा कुनै सम्झौता नभए पनि ट्रम्पले महत्वपूर्ण प्रगति भएको दाबी गरे भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू “युद्ध अन्त्यमा ईमानदारीपूर्वक इच्छुक” रहेको अभिव्यक्ति दिए। पुटिनले प्रत्यक्ष सम्झौता नगरी पनि वार्ताबाट पर्याप्त लाभ लिन सफल भएको रुसी विश्लेषकहरूले उल्लेख गरेका छन्। बैठकपछि जेलिन्स्कीले ट्रम्पसँग लामो र गहन फोनवार्ता गरेका थिए, जसमा अन्य नाटो नेताहरू पनि संलग्न थिए।

उता, कीभमा भने केही हदसम्म राहत महसुस गरिएको छ किनकि युक्रेनलाई समावेश नगरी कुनै सम्झौता नभएकोमा उनीहरूलाई सन्तोष मिलेको छ। यसरी, अलास्कामा भएको उच्चस्तरीय वार्ता सम्झौताविहीन टुंगिए पनि अमेरिकाले प्रगतिशील संवाद भएको दाबी गरेको छ, र अबको केन्द्रबिन्दु वासिङ्टनमा हुने ट्रम्प–जेलिन्स्की भेट हुने देखिन्छ। अलास्का शिखर वार्तापछि युक्रेन युद्धबारे अन्तर्राष्ट्रिय कूटनीतिक बहस नयाँ दिशातर्फ मोडिएको छ। प्रारम्भमा युरोपेली संघका काजा क्यालसले शान्ति प्रक्रिया केवल युद्धविराम वा लडाइँको कमीका सन्दर्भमै सम्भव हुने बताएका थिए। तर ट्रम्प–पुटिन भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने उत्तम उपाय अस्थायी युद्धविराम नभई लामो र कठिन शान्ति सम्झौता भएको बताए। उनका अनुसार अस्थायी युद्धविरामहरू प्रायः लामो समय टिक्दैनन्।

रक्षाविज्ञ म्याथ्यु साविलका अनुसार यो फेरि पनि रूसका लागि कूटनीतिक जित हो। पुटिनको लक्ष्य तत्काल सैन्य गतिविधि सीमित नगर्ने थियो भने, त्यो सफल भएको छ। अहिले पनि पूर्वी युक्रेनमा रूसी सेना अगाडि बढिरहेको छ र यसलाई उनीहरूले आगामी वार्तामा बलियो पत्ता बनाउने देखिन्छ। साविलले मॉस्को अझै समय खेलेरै टिकी रहने रणनीतिमा रहेको बताए। यसबीच, राष्ट्रपति जेलिन्स्कीले ट्रम्पसँगको वार्तापछि सार्वजनिक वक्तव्य जारी गर्दै रूस ईमानदारीपूर्वक शान्ति चाहँदैन भने थप कडा प्रतिबन्ध लगाउनुपर्ने माग गरे। उनले कुनै पनि निर्णय युक्रेनको सहभागिता विना नहुने स्पष्ट पारे। उनले स्थायी र भरपर्दो शान्ति, युद्धबन्दीहरूको मुक्ति, जमिन र आकाशमा युद्धविराम, र युरोप–अमेरिकाको दीर्घकालीन सुरक्षा ग्यारेन्टी आवश्यक रहेको जोड दिए।

युरोपेली नेताहरूले पनि जेलिन्स्कीको मागलाई समर्थन गर्दै रूसमाथि दबाब निरन्तर राख्नुपर्ने बताएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, फिनल्याण्डका राष्ट्रपति एलेक्जान्डर स्टब, इटलीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, बेलायतका प्रधानमन्त्री कीयर स्टार्मर लगायतका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै युक्रेनको पक्षमा दृढ ऐक्यबद्धता व्यक्त गरे। उनीहरूले अबको चरणमा अमेरिका, रूस र युक्रेनबीच त्रिपक्षीय शिखर वार्ता हुनुपर्नेमा जोड दिएका छन्।

बेलायती प्रधानमन्त्री स्टार्मरले ट्रम्पको पहललाई प्रशंसा गर्दै “हामी युद्ध अन्त्यतर्फ अहिलेसम्मकै नजिक पुगेका छौं” भनेका छन्। तर उनले पनि स्पष्ट पारे—अगाडि बढ्नका लागि राष्ट्रपति जेलिन्स्कीको प्रत्यक्ष संलग्नता अनिवार्य छ। यसैबीच, रुसको रक्षा मन्त्रालयले डोनेत्स्क र ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ। युद्ध अध्ययन संस्थाका अनुसार रूसी सेना हाल दैनिक औसत १५–१६ वर्ग किलोमिटर युक्रेनी भूभागमा अगाडि बढिरहेको छ। हालसम्म रूसले युक्रेनको करिब २० प्रतिशत भूभाग कब्जा गरिसकेको छ।

राष्ट्रपति ट्रम्पले कतिपय प्रसंगमा भूभाग साटासाटमार्फत युद्ध अन्त्य गर्न सकिने बताएका भए पनि राष्ट्रपति जेलिन्स्कीले भने “युक्रेन कुनै पनि जमिन त्याग्न तयार छैन” भनी ठाडो अस्वीकार गरेका छन्। यसरी, अस्थायी युद्धविरामलाई पन्छाएर प्रत्यक्ष शान्ति सम्झौता खोज्ने अमेरिकी र रूसी रेखांकनले तत्कालका लागि रूसी पक्षलाई लाभ पुर्‍याएको छ भने, युक्रेन र उसका सहयोगीहरूलाई अझै कठिनाइमा पारेको देखिन्छ। अब सबैतर्फको दृष्टि वासिङ्टनमा हुने ट्रम्प–जेलिन्स्की भेटतर्फ केन्द्रित भएको छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।