Washington DC, US : January 17, 2026, Saturday 02:02 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को “गोबर गणेश” आयो|अमेरिकी राष्ट्रपति ट्रम्पले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध|Breaking News : इरानका पुर्ब युबराज रेजा पहलवीले इरानमा विरोध प्रदर्शनहरूमा कम्तीमा १२ हजार मानिसको ज्यान गएको दाबी गरे|सत्य र न्यायको खोजी अभियान भन्छ ‘महान्यायाधिवक्ताको मुद्दा फिर्ता गर्ने निर्णय कानुन विपरीत, कानुनी व्यवस्थाको गम्भीर उल्लङ्घन’|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !

गुण्डा नाइके चक्रे मिलनले प्रहरी संग बयान दिंदै भने ‘म एमालेको सदस्य हुँ, समाजसेवा गर्दै हिँड्छु”

  NepalMother.com | २९ श्रावण २०८२, बुधबार ०७:५५

May be an image of 4 people and textUpdated … काठमाडौं प्रहरीले गुन्डागर्दीका आरोपमा पक्राउ परेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’लाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धानका लागि भक्तपुर पठाउने तयारी गरेको छ। प्रहरीका अनुसार, २०८१ साल भदौ १० गते मनीष रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा चक्रे मिलनको संलग्नता देखिएको छ। घटनासँगको जोड प्रमाणित भएपछि उनलाई आजै भक्तपुर प्रहरीको जिम्मा लगाइने काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

यसअघि अभद्र व्यवहारको आरोपमा पक्राउ परेका चक्रे मिलनलाई काठमाडौं जिल्ला अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर भक्तपुरमा दर्ता भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन उनलाई पुनः भक्तपुर पठाइने भएको हो।

काठमाडौं जिल्ला अदालतले बुधबार गुन्डागर्दी र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलन र राजेश भनिने रोजेश खड्कालाई जनही ३० हजार रुपैयाँ धरौटी तोकेको हो।

अदालतको आदेश अनुसार गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई जनही २० हजार रुपैयाँ धरौटीमा छाडिने छ। बाँकी १४ जनालाई भने १०–१० हजार रुपैयाँ धरौटी तोकिएको छ।

अदालतले उनीहरूलाई ‘पटके कसुरदार’ देखिएको र तत्काल निर्दोष ठहर गर्ने अवस्था नभएको भन्दै धरौटीमा छोड्ने निर्णय गरेको हो। उनीहरू केही दिनअघि चक्रे मिलनको जन्मदिन मनाउने क्रममा स्कटिङसहित गाडीमा निस्किएको, र प्रहरीले पक्राउ गर्दा टिमका सदस्यसँग प्रतिबन्धित वस्तु फेला परेको थियो।

धरौटी तोकिएका व्यक्तिहरूको सूची यसप्रकार छः

  • जीतबहादुर लामा – रु. १०,०००

  • रितिक लामा – रु. २०,०००

  • चन्द्र देव कार्की – रु. १०,०००

  • प्रकाश गोले – रु. १०,०००

  • आमिर आलेमगर – रु. १०,०००

  • उत्तम महर्जन – रु. १०,०००

  • प्रनिश कँडेल – रु. १०,०००

  • राजु परियार – रु. १०,०००

  • राजेश (रोजेश) खड्का – रु. ३०,०००

  • गणेशबहादुर बोगटी – रु. २०,०००

  • रोशन सुवेदी – रु. १०,०००

  • सन्दीप के.सी – रु. १०,०००

  • राहुल खड्का – रु. १०,०००

  • यामु पौडेल – रु. १०,०००

  • सौरभ सुनार – रु. १०,०००

  • डिल्लीराज कँडेल – रु. २०,०००

  • मिलन गुरुङ (चक्रे मिलन) – रु. ३०,०००

  • सफल (सुजल) शाही – रु. १०,०००

  • निराजन पौडेल – रु. १०,०००

  • May be an image of 6 people and ambulance

***

काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालामा गत १५ साउनमा गरिएको जन्मदिन पार्टी प्रकरणमा गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। यो मुद्दा न्यायाधीश खिमानन्द भुसालको इजलासमा पेश भएको हो र हाल उनीहरूको बयान प्रक्रिया भइरहेको छ। प्रहरीका अनुसार उनीहरू पटके कसुरदार श्रेणीमा पर्छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेशनमार्फत पक्राउ परेका यी व्यक्तिमध्ये प्रारम्भमा ४७ जनालाई नियन्त्रणमा लिइएको थियो, जसमा २८ जनालाई पछि रिहा गरिएको थियो। मध्यरातसम्म चलेको चक्रेको जन्मदिन पार्टीमा होहल्ला र सार्वजनिक शान्ति भंगको आरोप लगाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो।

मुख्य आरोपित चक्रे मिलनले भने आफू गुण्डागर्दी होइन, लामो समयदेखि सामाजिक सेवा र राजनीतिक क्रियाकलापमा सक्रिय रहेको दाबी गरेका छन्। उनका अनुसार उनी नेकपा एमालेको गोरखास्तरीय पार्टी सदस्यका रूपमा विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा संलग्न छन्, र पक्राउ परेका कतिपय व्यक्तिहरू केवल उनका समर्थक वा चिनजानका साथी मात्र हुन्, जो स्वेच्छाले जन्मदिनमा सहभागी हुन आएका थिए।

उनले दिएको बयानअनुसार, श्रावण महिनाभर समर्थकहरूले विभिन्न स्थानमा उनको जन्मदिन मनाउन निम्त्याउने गरेका थिए, र त्यही क्रममा १५ साउनमा महाराजगञ्जस्थित होटल साम्बालामा ग्राउण्ड फ्लोर र रुफटप बुक गरेर सबैलाई निमन्त्रणा दिएका थिए। राती साढे ११ बजे केक काट्ने क्रममा सबै मिलेर नाचगान गर्दै रमाइलो भइरहेको बेला प्रहरी टोली आएको र सामान्य भनाभन भए पनि कुनै अभद्रजन्य गतिविधि नगरेको उनको दाबी छ।

चक्रे मिलनले प्रतिवेदनमा उल्लेखित धारिलो वा जोखिमी हतियार प्रदर्शन, सार्वजनिक आवागमन अवरुद्ध गर्ने, गालीगलौज वा धम्की दिने जस्ता आरोपहरू असत्य भएको बताए। उनले प्रमाणका रूपमा देखाइएका फोटो तथा भिडियोहरू घटनाभन्दा अघिका अन्य समारोहका भएको दाबी गरेका छन्।

उनको भनाइमा, ठूलो संख्यामा युवाहरूलाई भेला पारेर जन्मदिन मनाउने कार्यक्रम आयोजना गर्नु नै गल्ती भएको भए पनि त्यसले प्रतिवेदनमा उल्लिखित आपराधिक गतिविधिको पुष्टि गर्दैन। अब अदालतको फैसलाले यो प्रकरणको कानुनी निष्कर्ष तय गर्नेछ।

May be an image of 2 people, ambulance and text

तस्बिर : उमेश कार्की / नेपाल प्रेस

यस्तो छ प्रहरीसमक्ष चक्रेको बयान:

“हाल म नेकपा एमाले पार्टीको गोरखास्तरीय पार्टीको सदस्य भई पार्टीगत रुपमा नेपालको विभिन्न वडा क्षेत्रमा आयोजना हुने कार्यक्रम र सामाजिक सेवा विशेष कार्यहरूमा सहभागी भई संयोगात्मक कार्य गर्दै आइरहेको छु ।

विगत केही वर्ष अघिदेखि सक्रिय रुपमा सामाजिक सेवा र राजनितिक पार्टीमा आबद्ध भई समाजसेवी कार्यहरू गर्दै आउने क्रममा मेरो प्रस्तुत मुद्दामा मसँगै पक्राउ परी आएका साथी भाइहरूसँग चिनजान हुन पुगेको हो । पक्राउ परी आएका प्रतिवादीहरूमध्ये कतिलाई मैले नामले मात्र चिन्छु । निजहरू सबै जना मेरो नाम र मैले गरेको सामजिक कार्यहरू मन पराइ मेरो जन्म दिन मनाउन निजहरू आफैं उपस्थित हुन आएका थिए ।

मेरो जन्म श्रवाण महिनामा पर्ने हुँदा कतिपय मलाई पार्टीगत हिसाबले सहयोग र साथ दिने व्यक्तिहरूले मलाई श्रावण महिनाको सुरू हप्तादेखि नै विभिन्न स्थानहरूमा बोलाई निजहरू आफैंले केक काटेर शुभकामना दिने गरेको थिए ।

मैले आफूलाई सहयोग गर्ने र मन पराउने सबै साथी भाइहरूको मन राख्न भनी श्रावण महिनाको सुरुहप्ता देखि नै काठमाडौं, पोखरा, बुटवल र अन्य स्थानहरूमा समेत साथी भाइहरूको अनुरोधमा उपस्थित हुन गई आफ्नो जन्म दिन मनाउँदै आइरहेको थिएँ ।

यसरी विभिन्न स्थानहरूमा मलाई माया र साथ सहयोग गर्ने साथी भाइहरूले बोलाई केक काटी रमाइलो गराएको हुँदा मैले पनि सबै जनालाई साउन १५ गते बेलुकी महाराजगञ्जस्थित होटल साम्बालामा उपस्थित हुन आउनु भनी निमन्त्रणा दिएको हुँ ।

मैले महाराजगञ्जस्थित होटल साम्बालाको ग्राउण्ड फ्लोर र माथिको रुफ टप बुकिङ गरी राखेको थिएँ । १५ महराजगञ्जस्थित होटल साम्बालामा मलाई साथ सहोग गर्ने मेरो निमन्त्रणा सुनी जन्म दिन मनाउन आएका व्यक्तिहरू सबै जना बेलुकीको समयमा होटलको ग्राउण्ड फ्लोरमा भेला जम्मा भई सबै जना सँगै बसेर ग्राउण्ड फ्लोरमा खाना खाई रातको १२ बजे भन्दा अघि नै केक काट्ने कुरा भएको थियो ।

केक काट्नको लागि हामीहरू सबै जना होटलको रुफ टपमा गई राती साढे ११ बजेको समयमा सबै जनाले माया गरी लिएर आएका केकहरू मैले पालै पालो काटी सबै जनालाई खुवाइ सबै जना मिलेर नाँच्दै गाउँदै रमाईलो गरी बसिरहेका थियौं ।

सोही समयमा हामी रमाईलो गरी बसिरहेको स्थानमा एक्कासी ड्यूटीमा खटिएका प्रहरी आई हामीहरू सबै जनालाई रातभर किन हो हल्ला गरेको भनी सम्झाई–बुझाई गर्न आउँदा हामीहरूमध्ये केही भाइहरूको प्रहरीसँग सामान्य भनाभान मात्र हुन पुगेको थियो ।

तर हामीले प्रतिवेदनमा उल्लेखित कुनै किसिमको अभद्रजन्य कार्य गरेको छैन, थिएन । प्रतिवेदनमा उल्लेखित धारिलो तथा जोखिमी हतियारहरू प्रदर्शन गर्ने, सार्वजनिक स्थान, सडक, बाटो नै अवरोध हुने गरी स्थानिय व्यक्तिहरूलाई गाली गलौज गर्ने, डर धाक धम्की दिने लगायतको कार्य मबाट भए गरेको छैन ।

मलाई देखाइएका प्रतिवेदन साथ पेश भएको भिडियो तथा फोटोहरू उक्त वारदात भन्दा अघिल्लो दिनहरूमा अन्य भाइहरूको निमन्त्रणामा म आफैं आफ्नो जन्म दिनको केक काट्न जाँदाको फोटाहरू हुन् ।

हामीले सार्वजनिक स्थानमा भेला जम्मा भई केक मात्र काटी रमाइलो गरेका थियौं । तर धारिलो हतियार प्रदर्शन गर्ने, सार्वजनिक आवगमनमा नै अवरोध खडा गर्ने जस्ता कार्यहरू गरेको थिएन, छैन । यसरी ठूला संख्यामा युवाहरूलाई भेला जम्मा गरी आफ्नो जन्म दिन मनाउने कार्यक्रम सञ्चालन गर्नु नै मेरो गल्ती भयो ।”

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।