Washington DC, US : August 20, 2026, Thursday 07:54 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

न्यायको खोजीमा दुई महिना नेपाल बसेर फेरि अमेरिका फर्किए धुर्मुस १८ करोड ४३ लाखको भारी बोकेर मातृभूमि छोड्न बाध्य भएँ’

  NepalMother.com | ४ भाद्र २०८३, बिहीबार ०७:५१

 रंगशाला निर्माणको पुरानो दायित्व अझै समाधान भएन; संघीय सरकारले भरतपुरमार्फत उपलब्ध गराएको १५ करोड रुपैयाँसमेत भुक्तानी हुन सकेन, महानगरले देखाउँदै आएको छ कानुनी जटिलता

काठमाडौं / ४ भदौ २०८३ / लोकप्रिय हास्य कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व समाधान गर्ने प्रयास सफल नभएको भन्दै छोरीसहित पुनः अमेरिका फर्किएका छन्। करिब दुई महिनाअघि समस्या समाधान हुने विश्वाससहित नेपाल आएका कट्टेलले बिहीबार सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै आफू निराश भएर फर्किन बाध्य भएको बताएका हुन्।

कट्टेलले यसपटक राज्यबाट न्याय पाउने, आफ्नै देशमा बसेर जीवन अघि बढाउने र कलाकारितामार्फत पुनः दर्शक हँसाउने ठूलो आशा बोकेर स्वदेश फर्किएको बताएका छन्। तर दुई महिनासम्म विभिन्न सरकारी निकाय धाउँदा पनि समस्याको निकास ननिस्किएको उनको गुनासो छ।

“यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,” उनले लेखेका छन्।

उनका अनुसार यस अवधिमा राज्यका विभिन्न निकायमा पुगेर निरन्तर आग्रह गरे पनि आफ्नो पीडा खुलेर राख्ने र समस्या समाधान गराउने अवसरसमेत प्राप्त भएन।

कट्टेलले रंगशालासँग जोडिएको दायित्व भुक्तानीका लागि छुट्याइएको १५ करोड रुपैयाँसमेत कार्यान्वयन हुन नसकेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले लेखेका छन्, “१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।”

के हो १८ करोड ४३ लाखको विवाद ?

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा जनसहभागिता र सहयोग संकलनमार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सुरु गरेको थियो। आर्थिक स्रोत जुट्न नसकेपछि निर्माण रोकियो र पछि रंगशालाको जिम्मेवारी भरतपुर महानगरपालिकाले लिएको थियो।

विभिन्न प्राविधिक मूल्यांकनमा फाउन्डेसनले करिब ६० करोड रुपैयाँ बराबरको संरचना निर्माण गरेको देखिएको छ। फाउन्डेसनले भने निर्माणका क्रममा आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा अन्य पक्षलाई तिर्न बाँकी रकम १८ करोड ४३ लाख रुपैयाँ रहेको बताउँदै आएको छ।

समस्या समाधानका लागि संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ मा इन्जिनियरिङ मूल्यांकनका आधारमा ‘सिर्जित सम्पत्ति खरिद’ शीर्षकमा १५ करोड रुपैयाँ भरतपुर महानगरपालिकामार्फत कार्यान्वयन हुने गरी व्यवस्था गरेको थियो। भरतपुर महानगरपालिकाको आधिकारिक बजेट पुस्तिकामा समेत उक्त शीर्षकमा १५ करोड रुपैयाँ उल्लेख छ।

तर उक्त रकम फाउन्डेसन वा सम्बन्धित आपूर्तिकर्तासम्म पुग्न सकेन। महानगरपालिकाले यसअघि निजी फाउन्डेसनले सिर्जना गरेको ऋण स्थानीय सरकारले सीधै भुक्तानी गर्न स्पष्ट कानुनी आधार नभएको तर्क गर्दै संघीय सरकारबाट थप कानुनी तथा प्रक्रियागत सहजीकरण आवश्यक रहेको बताउँदै आएको छ।

यसैले विवाद केवल रकम उपलब्धताको नभई त्यो रकम कुन कानुनी प्रक्रियाबाट कसलाई र कसरी भुक्तानी गर्ने भन्ने विषयमा वर्षौंदेखि अल्झिएको देखिन्छ।

‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’

कट्टेलले आफूले पछिल्लो एक दशक कलाकारितासँगै समाज र राष्ट्रका लागि समय खर्च गरेको उल्लेख गर्दै राज्यबाट अपेक्षित साथ नपाएको पीडा पोखेका छन्।

“आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,” उनले भनेका छन्।

२०७२ सालको विनाशकारी भूकम्पपछि धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत एकीकृत बस्ती निर्माणलगायत सामाजिक काममा सक्रिय भएका कट्टेल पछि अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने अभियानमा जुटेका थिए। तर रंगशाला निर्माणकै आर्थिक दायित्व वर्षौंदेखि समाधान नहुँदा उनी सार्वजनिक रूपमा पटक–पटक सरकारसँग गुहार माग्दै आएका छन्।

निराशाबीच आशा भने बाँकी

देश छाड्नुपर्दा मन भारी भएको उल्लेख गरे पनि कट्टेलले राज्य र समयप्रतिको आशा पूर्ण रूपमा नत्यागेको बताएका छन्। कुनै दिन राज्यले आफ्नो योगदान र संघर्ष सम्झिने, वास्तविकता उजागर हुने र पीडाको सुनुवाइ हुने विश्वास उनले व्यक्त गरेका छन्।

उनले “समयले सत्य बोल्नेछ, हाम्रो पीडा सुनिनेछ र संघर्षको मूल्य बुझिनेछ” भन्ने आशा व्यक्त गर्दै न्याय खोज्ने नागरिकको आवाज आफ्नै देशमा दबिनुपर्ने अवस्था अन्त्य होस् भन्ने चाहना राखेका छन्।

कट्टेलले चाँडै पुनः नेपाली दर्शक र शुभेच्छुकसँग भेट हुने आशासहित सबैप्रति माया र सम्मान व्यक्त गरेका छन्।

यससँगै वर्षौंदेखि अल्झिएको १८ करोड ४३ लाख रुपैयाँको रंगशाला दायित्व कसले र कुन कानुनी प्रक्रियाबाट समाधान गर्ने भन्ने प्रश्न फेरि संघीय सरकार र भरतपुर महानगरपालिकासामु उभिएको छ। May be an image of one or more people and people smiling

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor