Washington DC, US : February 9, 2026, Monday 02:49 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

Breaking News : सहकारी ठगी प्रकरणमा कांग्रेसका उपसभापति धनराज गुरुङले सीआईबीको अनुसन्धानबाट पूर्ण उन्मुक्ति पाए राजनीति, सत्ता र शक्ति, "दाइ भाउजु" को आशिर्बादका कारण धनराज लाई उन्मुकी मिलेको जनमानसको टिप्पणी

  NepalMother.com | २९ श्रावण २०८२, बुधबार ०७:४१

ललितपुरको महालक्ष्मीस्थित मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सम्पन्न गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। सो प्रतिवेदनमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नताबारे कुनै प्रमाण नफेला परेकाले उनीविरुद्ध मुद्दा दायर नगर्ने राय दिइएको छ, जसअनुसार गुरुङले सीआईबीको अनुसन्धानबाट पूर्ण उन्मुक्ति पाएका छन्।

बुधबार सीआईबीले प्रतिवेदन बुझाएपछि अब सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययन गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गर्नेछ। सीआईबीका एसएसपी होविन्द्र बोगटीका अनुसार ११ जनालाई प्रतिवादी बनाउने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइएको हो। यीमध्ये धनराज गुरुङको नाम समावेश गरिएको छैन।

अनुसन्धानमा गुरुङविरुद्ध प्रत्यक्ष प्रमाण नभेटिएको र पक्राउ परेकाहरूको बयानबाट पनि उनको संलग्नता नखुलेको सीआईबी स्रोतले जनाएको छ। यसअघि उनीमाथि संलग्नताको आरोप लागे पनि प्रतिवादी सूचीमा उनको नाम नपरेको हो। तर, गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसहित ११ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ। प्रतिवादीमा बर्दियाका ज्योतिबहादुर भण्डारी, धादिङका सुवास खत्री, बर्दियाका सुरेश अधिकारी, प्रकाश थापा, हितमान थापा लगायत छन्।

प्रतिवेदन अनुसार, मितेरी सहकारीमार्फत करिब १४ करोड रुपैयाँ ठगी गरिएको र सहकारी सञ्चालकहरूसँग उल्टै साढे तीन करोड रुपैयाँ ठगी भएको दाबी गरिएको छ। ठगीको प्रमुख आरोप ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीमाथि छ। ज्योति गुरुङमार्फत भण्डारीले सहकारीका पदाधिकारीसँग सम्पर्क गरी रकम फिर्ता गर्ने प्रलोभन देखाएर उल्टै अनलाइन फिसिङमार्फत ठगी गरेको पाइएको हो। ठगीपछि उनीहरू विदेश भागेका थिए र भण्डारीले थाइल्यान्ड, मलेसिया, भियतनाम हुँदै कम्बोडियाबाट समेत अनलाइनमार्फत ठगी जारी राखेका थिए।

भण्डारीले विदेशमै रहँदा ३ करोड ४४ लाखभन्दा बढी रकम थप ठगी गरेको र सहकारीलाई तिर्ने भन्दै ३३ करोडभन्दा बढी रकम पठाएको भनी नक्कली कागजात पेस गरेको प्रमाण भेटिएको छ। त्यस क्रममा उनले सहकारीका पदाधिकारीलाई पटक–पटक रकम हाल्न लगाएर ठगी गरेका थिए। अनुसन्धानमा उनको समूहले ६ अर्ब ७४ करोडभन्दा बढीको हुन्डी कारोबार र ठूलो मात्रामा क्रिप्टो कारोबार गरेको तथ्य फेला परेको छ।

भण्डारीमाथि ठगी, संगठित अपराध, हुन्डी कारोबार, आभौतिक मुद्रा कारोबार, कीर्ते लगायतका मुद्दा दायर गर्न सिफारिस गरिएको छ। यसका साथै, उनीसँग दुई फरक जिल्लाबाट लिएको दुईवटा नागरिकता र राहदानी रहेको प्रमाण समेत भेटिएको छ, जसमा कास्की र बर्दियाबाट अलग–अलग नम्बरका नागरिकता र पासपोर्ट लिएको पाइएको छ। यी मुद्दा ललितपुरबाट चल्ने बताइएको छ।

यस प्रकरणमा संलग्न केही व्यक्ति यसअघि पनि नक्कली नोट प्रकरण र हुन्डी कारोबारमा पक्राउ परेका थिए। हाल सीआईबीको अनुसन्धान सकिएपछि सरकारी वकिल कार्यालयको निर्णयअनुसार अदालतमा मुद्दा अगाडि बढ्नेछ।

राजनीति, सत्ता र शक्ति, “दाइ भाउजु” को आशिर्बादका कारण धनराज लाई उन्मुकी मिलेको जनमानसको टिप्पणी छ।

No photo description available.

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।