Washington DC, US : July 19, 2026, Sunday 09:23 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाद्वारा इरानमाथि लगातार आठौँ रात हवाई आक्रमण|चितवनमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, मुग्लिङ नारायणगढ सडक केहीबेर अवरुद्ध|Cartoon|यो हप्ताका दुइ कविता|प्रदेश सरकारमा फेरि पनि चलखेल, लाज पचेका दलहरु !|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप

एक हजार एक सय आठजना नेपाली श्रमिकको शव नेपाल भित्रियो यस्तो कुरालाई सरकारी निकाय उपलब्धि मान्छ, यो आंकडाले नेपालको स्थिति छर्लङ्ग देखाउंछ तर सरकारमा बस्नेहरु न कान सुन्छन, न त आँखा देख्छन ! कठै हामी नेपाली, हाम्रो नेपाल !!

  NepalMother.com | १६ श्रावण २०८२, बिहीबार ०७:३१

एक हजार एक सय आठजना नेपाली श्रमिकको शव नेपाल भित्रिएको छ गत वर्ष, यस्तो कुरालाई सरकारी निकाय उपलब्धि मान्छ, यो आंकडाले नेपालको स्थिति छर्लङ्ग देखाउंछ तर सरकारमा बस्नेहरु न कान सुन्छन, न त आँखा देख्छन ! कठै हामी नेपाली, हाम्रो नेपाल !!

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ मा विदेशमा मृत्यु भएका एक हजार एक सय आठ जना नेपाली श्रमिकको शव नेपाल भित्र्याएको छ। यो आँकडा बोर्डको वार्षिक प्रगति प्रतिवेदनमा ‘उल्लेखनीय उपलब्धि’का रूपमा प्रस्तुत गरिएको छ। तर यो तथ्यले उल्टै आजको नेपालको कटु यथार्थ उजागर गरिदिएको छ — जहाँ नागरिकको शव ल्याउनु नै राज्यको ‘सफलता’ मानिन्छ।

सरकारको यो कथित प्रगतिले एकतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको जोखिमपूर्ण अवस्था देखाउँछ भने अर्कोतर्फ नेपालभित्र रोजगारीको अवसर, सुरक्षा र सामाजिक संरचनाको पूर्ण असफलतालाई पनि उजागर गर्छ। लाखौं नेपालीहरू बाध्यतावश परिवार छोडेर खाडी देश, मलेसिया, कोरिया जस्ता गन्तव्यतर्फ जान्छन्। कतिले तिर्नै नसकिने ऋण लिएर जान्छन् र कति त सधैँका लागि फर्किनै सक्दैनन् — फर्किन्छ त शव मात्र।

तर विडम्बना, राज्यले यस्ता घटनालाई पनि रिपोर्टमा ‘संवेदनशील सेवा’ को आवरणमा उपलब्धिको ब्यानर बनाइदिन्छ। सरकारी संयन्त्रले शव ल्याएको गन्तव्य, सहयोग रकम, वा तालीमको तथ्याङ्क त राख्छ, तर किन हाम्रा नागरिक विदेशमै मर्न बाध्य भए भन्ने मूल प्रश्नमा कान पनि सुन्दैन, आँखा पनि खोल्दैन।

हुन त सरकारकै प्रतिवेदनमा भनिएको छ — ७० वटा अलपत्र शवहरू फर्काइएका छन्, एक जना अलपत्र कामदारको उद्धार गरिएको छ, बिरामी र अंगभंग श्रमिकका परिवारलाई सहयोग गरिएको छ। तर यस्तो तथ्यले सरकारको समर्पणभन्दा बढी राज्यको असक्षमता र नियोजनहीनतालाई उजागर गर्छ।

यस्तो स्थिति देख्दा प्रश्न उठ्छ — हामी नेपालीको मूल्य कहिले बढ्ने? कस्तो विकास हो जहाँ नागरिकका सपना विदेशी भूमिमा थलिन्छन् र शव मात्र झोलामा प्याक भएर फर्कन्छ? कस्तो नीति हो जहाँ विदेश जाने तालिम त हुन्छ, तर स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्न सकिँदैन?

बोर्डका कार्यकारी निर्देशकले आलोचनालाई सामान्य भनेका छन्। ऐनले श्रमिक र मालिक दुवैको हितको कुरा गरेको भन्दै प्राविधिक भाषा प्रयोग गरेका छन्। तर यसबीचमा श्रमिकका श्रीमती, आमा, छोरा, बाबुआमाले गुमाएका सपना, निस्केका आँसु, र च्यातिएको मनको ख्याल कसले गर्छ?

नेपाल आज त्यस्तो राष्ट्र बन्दैछ, जहाँ सरकारले वर्षको ‘उल्लेखनीय कार्य’ भनी १,१८० शव ल्याएको कुरा सार्वजनिक गर्छ — र नागरिक भन्छन्, “कठै! हामी नेपाली, हाम्रो नेपाल!”

यो समाचार एक चेतावनी हो, एक संवेदनशील सन्देश — अब पनि सरकारले देखेन र सुनेन भने, भोलिको नेपाल थप शोकाकुल हुनेछ। अझ धेरै शवहरू फर्कनेछन्, अझ धेरै सपना अधुरा रहनेछन्। प्रश्न यत्ति हो — के यही हो राज्यको ‘प्रगति’?

वैदेशिक रोजगारीको एक बर्ष : १२ सय ८ नेपालीको मृत्यु, झण्डै चार सय जना  अङ्गभङ्ग

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले विगत वर्षमा सम्पन्न गरिएका कार्यक्रमहरूको विस्तृत जानकारी दिएका थिए। उक्त अवधिमा बोर्डले एक हजार एक सय आठजना नेपाली श्रमिकको शवलाई स्वदेश ल्याएर मृतकको घरसम्म पुर्‍याएको छ भने एक हजार दुई सय पचासजना मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। त्यसैगरी, छ सय अन्ठानब्बेजना अंगभंग वा गम्भीर बिरामी कामदारलाई आर्थिक सहयोग प्रदान गरिएको छ र दुई सय पचहत्तर परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरिएको उल्लेख छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरूको छोराछोरीलाई लक्षित गर्दै तीन हजार नौ सय नव्वजनालाई छात्रवृत्ति वितरण गरिएको छ। यस वर्ष ७० वटा अलपत्र शवहरू फिर्ता ल्याइएको र एकजना अलपत्र कामदारको उद्धार गरिएको जानकारी पनि प्रतिवेदनमा समावेश छ।

बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवाहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ। साथै, श्रमाधान कल सेन्टरको प्रभावकारी सञ्चालन, टेलिमेडिसिन सेवा, तथा विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न गरिएको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बोर्डले विगतका कल्याणकारी तथा उद्धार कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रमहरू अघि सारेको छ। संघीय तथा प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने र वैदेशिक रोजगारीबाट फर्केर सफल उद्यमी बनेकाहरूलाई सम्मान गर्ने उद्देश्यसहित ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम ल्याउने योजना छ। साथै, वैदेशिक रोजगारीसम्बन्धी लेखनमा सक्रिय पत्रकारहरूलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत अघि सारिएको छ। पुराना शववाहनहरू प्रतिस्थापन गर्दै दुईवटा नयाँ विद्युतीय शववाहन खरिद गरिने योजना पनि प्रस्तुत गरिएको छ।

कार्यकारी निर्देशक डा. उप्रेतीले बोर्ड बहु–सरोकारवाला निकाय भएकाले सबैको स्वार्थ समेट्ने क्रममा केही आलोचना आउनु स्वाभाविक भएको बताए। विदेशमा आयोजना गरिएका रोजगार मेला तथा सवारीसाधन खरिदबारे उठेका प्रश्नको जवाफ दिँदै उनले वैदेशिक रोजगार ऐनले श्रमिक र व्यवसायी दुवैको हितमा काम गर्न बोर्डलाई अधिकार दिएको स्पष्ट पारे। उनले ऐनको प्रस्तावनामा श्रमिक र मालिक दुवैको हितको कुरा उल्लेख भएकाले कानुनअनुसार गरिएको कार्यलाई उजुरीकै भरमा महालेखा वा अख्तियारले नकारात्मक व्याख्या गर्नु अनुचित हुने धारणा राखे। उनले शव ल्याउने वा बिरामी उद्धारजस्ता विषयलाई ‘प्रगति’ भनेर प्रस्तुत गर्नुपर्दा कतिपयलाई नकारात्मक लाग्न सक्ने भएकाले विगतको तथ्यांक हेरेर लक्ष्य निर्धारण गरिने स्पष्ट गरे। विदेशमा जेल परेका धेरै नेपालीहरू लागूऔषध र मदिरा सेवनमा संलग्न रहेका कारण उनीहरू कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् र त्यसैले बजेट भए पनि त्यसतर्फ खर्च गर्न नसकेको जानकारी गराए।

पूर्वप्रस्थान अभिमुखीकरण तालिम (एम्इत्) को पाठ्यक्रमलाई वर्तमान समयअनुसार अद्यावधिक गर्न ड्राफ्ट तयारी भइरहेको उल्लेख गर्दै उनले पत्रकारहरूसँग सुझाव दिन पनि आग्रह गरे। गन्तव्य देशहरू, विशेषगरी साउदी अरेबियाको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने र त्यो प्रक्रिया बोर्डको नियन्त्रण बाहिर हुने उल्लेख गर्दै श्रमाधान कल सेन्टरलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग एकीकृत गर्नेसमेत काम भइरहेको जानकारी गराए।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor