Washington DC, US : February 17, 2026, Tuesday 06:14 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|बुटवलमा गुल्मेलीहरुले ल्याएको लोभ लाग्दो धार्मिक लहर|Heartbreaking True Story : “छायाँमा बाँचिरहेको छु। न घर छ, न देश, न त कतैको नागरिक भएको प्रमाण।”|अर्को आर्थिक संकट कहिले आउँछ भन्ने कसैले ठ्याक्कै भन्न सक्दैन, तर.. !|अग्रज लोक गायक बम बहादुर कार्कीको “जुन तारा झलल”|हजारौं “छोंटे राजा” र तिनका पछाडी लाग्नेको भीड हेर्नु भएकै छ, आज “बढे राजा” र उनको पछाडीको भीड पनि हेर्नुस !|कविता – धर्म|प्रधानमन्त्री सुशीला कार्कीले भनिन “हामी सबै मिलेर सफल, विश्वसनीय र ऐतिहासिक निर्वाचन सम्पन्न गर्नेछौँ”|हुने भनिएको यो निर्वाचन, यो राजनीति, यी नेता, यी उमेदवार र जनताका सन्दर्भमा लागेका सत्य तर तीता कुरा !|भ्रष्टाचार नियन्त्रणको सवालमा संवैधानिक निकाय र सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय अभाव : अख्तियार दुरुपयोग अनुसन्धान आयोग|Breaking News: क्यानडाको सानो सहर टम्बलर रिजमा मंगलबार भएको सामूहिक गोलीकाण्डबारे विस्तृत विवरण सार्वजनिक

भ्रष्टाचारीको मुख हेर्दिन भन्ने ओली हेर्छन के ? किन हुन्छ यस्तो ?! संघीय मन्त्रीदेखि सांसदसम्म जोडिएका घुस अडियो प्रकरण: राजनीतिक संरक्षण र निष्क्रिय अनुसन्धानको परिपाटी

  NepalMother.com | ९ श्रावण २०८२, बिहीबार ०७:२७

काठमाडौं / संघीय मन्त्री राजकुमार गुप्ताको राजीनामाबाट सुरु भएको पछिल्लो अडियो प्रकरणले देशको राजनीति र शासन प्रणालीमा गहिरो प्रश्न उठाएको छ। कास्कीको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा हिनामिनासँग सम्बन्धित अडियो सार्वजनिक भएपछि गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट अघिल्लो साता पदत्याग गर्न बाध्य भएका हुन्। तर सोही प्रकरणमा नाम जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई भने सरकारको स्पष्ट संरक्षण देखिएको छ।

अडियोमा मन्त्री अधिकारीले ३२ लाख रुपैयाँ घूस लिएको दाबी गरिएको भएपनि उनले आफूलाई बदनाम गराउन प्रविधिको गलत प्रयोग गरिएको दाबी गर्दै आरोप अस्वीकार गर्दै आएका छन्। तर नेकपा एमालेकै दुई मन्त्री एकैपटक भ्रष्टाचार प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् नै राजनीतिक दबाबमा परेका छन्। गुप्ताको राजीनामासँगै अधिकारीलाई जोगाउन खोजिएको आरोप ओलीकै पार्टी भित्र र बाहिर उठिरहेको छ।

यो विषय संसद्मा समेत गुञ्जियो। बुधवारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गरेपछि ओलीले गम्भीर प्रश्न उठे शून्य सहनशीलताको नीति अपनाउने दाबी गरे। तर विगतका घटनाक्रमले यस्तो प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन सकेको देखिँदैन।

पुराना घटनाका छायाँ

यो पहिलो पटक होइन, जब एमाले सरकारमा रहँदा मन्त्री अडियो काण्डमा मुछिएका हुन्। प्रधानमन्त्री ओलीकै कार्यकालमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा ‘सेक्युरिटी प्रिन्टिङ’ खरिदमा घूस मागेको अडियो बाहिरिएपछि उनले २०७६ फागुन ८ गते राजीनामा दिएका थिए। तर अख्तियारले पर्याप्त प्रमाण नभएको भन्दै मुद्दा अगाडि बढाएन। अहिले भने गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठविरुद्ध अनुसन्धान भइरहेको बताइएको छ।

तर आरोपितले राजीनामा दिएपछि मुद्दा सेलाउने र राजनीतिक संरक्षण पाउने परिपाटी यथावत् छ। सडकदेखि सदनसम्म विरोध भइरहे पनि दण्डहीनताको अवस्था कायमै छ।

रास्वपादेखि माओवादीसम्मको संलग्नता

भ्रष्टाचार विरुद्धको नारा दिँदै उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत अडियो प्रकरणमा मुछिएको इतिहास बोकेको छ। पार्टीका नेता ढाकाराम श्रेष्ठले व्यापारीसँग घूस मागेको अडियो सार्वजनिक भएपछि सांसद पदसमेत गुमाएका थिए। पार्टीले उनलाई २०७९ मा साधारण सदस्यबाट पनि हटायो, तर विस्तृत अनुसन्धान भने अघि बढेन।

त्यस्तै, माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले २०६७ मा चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। तर सो घटनामा पनि कुनै ठोस अनुसन्धान र कारबाही भएको देखिएन।

अडियो काण्डमा कानुनी अप्ठ्यारो र राजनीतिक प्रभाव

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल भन्छन्, “अनुसन्धान गर्ने निकाय राजनीतिक हस्तक्षेपमा चल्दा निष्पक्ष कारबाही सम्भव हुँदैन।” अडियो सार्वजनिक भएपछि आरोपितले प्रविधिको दुरुपयोग भएको आरोप लगाउने चलन बढ्दो छ। तर अधिवक्ता सुजन पन्तका अनुसार, प्रहरी प्रयोगशालाबाट प्रमाणित अडियो अदालतमा प्रमाण मानिन्छ र त्यसका आधारमा कारबाही गर्न सकिन्छ।

यसबीच, एउटा उदाहरण भने छ, जहाँ अडियो प्रमाणकै आधारमा कारबाही अघि बढाइएको थियो—२०७५ मा अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घूस लिएको अडियो सार्वजनिक भएपछि उनलाई विशेष अदालतले तीन वर्षको कैद सजाय सुनायो।

निष्कर्ष

राजनीतिक नेतृत्व र जिम्मेवार निकायमा व्यापक असहयोग, संरक्षण प्रवृत्ति र निष्क्रिय अनुसन्धानका कारण अडियो सार्वजनिक भएर पनि भ्रष्टाचारविरुद्धको अभियान निष्प्रभावी बन्दै गएको छ। ‘कसैलाई उन्मुक्ति नदिन्छौं’ भन्ने राजनीतिक भाषणहरू व्यवहारमा उल्टो देखिन्छ।

जसका कारण न त संस्थाहरूको विश्वसनीयता रहन्छ, न त जनतामा न्यायप्रतिको भरोसा। विशेषज्ञहरू भन्छन्—यदि कानुनी राज्यको सम्मान र सार्वजनिक जवाफदेहिता कायम राख्न चाहिन्छ भने, अडियोजस्ता सशक्त प्रमाणमाथि गम्भीर अनुसन्धान गरिनै पर्छ। नत्र, भ्रष्टाचार राजनीतिक सत्ता र संरक्षणको आडमा झन् संस्थागत हुँदै जानेछ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।