Washington DC, US : November 7, 2026, Saturday 08:13 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा मनाए दीपावली, उपहारमा पाए हनुमान चालिसा|सुन्दर नेपाल, सुन्दर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुन्दर हिमाल !|समाजसेवी सविता उप्रेतीलाई ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार – २०२६’|अमेरिकामा ममता काफ्ले भट्ट हत्या प्रकरण, अन्य प्रकरणहरु, रंगिएका सामाजिक संजाल र बुझ्नु पर्ने कुराहरु !|चलचित्र ‘सिन्दुरे जात्रा’को नयाँ गीत सार्वजनिक|व्यापक पुनर्संरचना र न्यायाधीशहरूको पुनर्नियुक्तिको माग|मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पद्वारा ह्वाइट हाउसको नेतृत्व परिवर्तन|विश्व तापक्रममा नयाँ कीर्तिमान, सन् २०२६ इतिहासकै दोस्रो तातो वर्ष बन्ने सम्भावना, जलवायु परिवर्तनले विश्व थप चिन्तित|अमेरिकी शेयर बजारमा ठूलो गिरावट, लगानीकर्ता त्रसित|आमरण अनशनको नवौँ दिनमा डा. केसीको स्वास्थ्य अवस्था जटिल

समाजसेवी सविता उप्रेतीलाई ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार – २०२६’ भिजन क्लब्स इन्टरनेसनलको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न, अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना र अधिकार संरक्षणमा १८ वर्षदेखि सक्रिय उप्रेतीलाई ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार - २०२६’ प्रदान

  NepalMother.com | २२ कार्तिक २०८३, शनिबार १२:४७

काठमाडौँ। अमेरिकाको न्युयोर्कमा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय सामाजिक संस्था भिजन क्लब्स इन्टरनेसनलको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न भएको छ। सम्मेलनका अवसरमा सामाजिक सेवा, मानवीय कल्याण तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएकी समाजसेवी सविता उप्रेतीलाई ‘भिजन क्लब्स इन्टरनेसनल समाजसेवा पुरस्कार–२०२६’ बाट विशेष सम्मान गरिएको छ।

नेपालमा अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, पुनर्स्थापना, सामाजिक समावेशिता, आत्मनिर्भरता तथा अधिकारका क्षेत्रमा विगत १८ वर्षदेखि निरन्तर क्रियाशील उप्रेतीको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

भिजन क्लब्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष मङ्गलदास श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा उप्रेतीलाई विशेष नेवारी बाजागाजासहित सम्मान गरिएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय अध्यक्ष श्रेष्ठ, प्रमुख अतिथि रिसाल तथा संस्थाको काठमाडौँ–नेपाल च्याप्टरका अध्यक्ष राजकृष्ण श्रेष्ठले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो।

सोही अवसरमा सामाजिक अभियन्ता तथा सञ्चारकर्मी भोजराज थापा र समाजसेवी राजकृष्ण श्रेष्ठलगायत तीन जनालाई पनि सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।

सम्मान ग्रहण गर्दै समाजसेवी उप्रेतीले यस पुरस्कारले आफूलाई सामाजिक सेवाप्रति अझ बढी जिम्मेवार, प्रतिबद्ध र उत्साहित बनाएको बताउनुभयो। अटिजम भएका बालबालिका र उनीहरूका परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन सम्मानले थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै उहाँले आयोजक संस्थाप्रति आभार व्यक्त गर्नुभयो।

उप्रेतीले अटिजम भएका बालबालिकाको हेरचाह, शिक्षा र पुनर्स्थापना केवल परिवारको मात्र जिम्मेवारी नभई राज्य, समाज र सबै सरोकारवालाको साझा दायित्व भएको सन्देश आफ्नो सामाजिक अभियानमार्फत प्रवाह गर्दै आउनुभएको छ।

उहाँले स्थापना गर्नुभएको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) मार्फत हाल काठमाडौँको नरेफाँट, गोठाटार तथा भक्तपुरको ताथलीमा सञ्चालित तीनवटा शाखाबाट करिब ६० जना बालबालिका तथा किशोरकिशोरीलाई विशेष शिक्षा, विभिन्न प्रकारका थेरापी तथा पुनर्स्थापना सेवा प्रदान गरिँदै आएको छ।

सीमित स्रोतसाधन र अनेक चुनौतीका बीच सुरु भएको उप्रेतीको सामाजिक सेवाको यात्रा अहिले अटिजम भएका बालबालिकाको क्षमता विकास, सम्मानजनक जीवन, सामाजिक स्वीकार्यता र आत्मनिर्भरताका लागि समर्पित प्रेरणादायी अभियानका रूपमा अघि बढिरहेको छ।

यसैबीच, सन् २०२१ मा विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने ३१ जना नेपाली परोपकारी व्यक्तित्वहरूको संयुक्त पहलमा अमेरिकाको न्युयोर्कमा स्थापना भएको भिजन क्लब्स इन्टरनेसनलले नेपालमा शिक्षा, स्वास्थ्य, अपाङ्गता, सामाजिक कल्याण तथा मानवीय सेवाका क्षेत्रमा सहयोग गर्दै आएको छ।

‘We Serve Nepal Differently’ अर्थात् ‘हामी फरक तरिकाले नेपालको सेवा गर्छौँ’ भन्ने मूल नाराका साथ स्थापित संस्थाले विश्वका विभिन्न देशमा राष्ट्रिय तथा स्थानीय च्याप्टर विस्तार गर्दै आफ्नो परोपकारी अभियानलाई अन्तर्राष्ट्रिय स्वरूप दिँदै आएको छ।

संस्थाका सदस्य, आजीवन सदस्य तथा विभिन्न देशमा रहेका सहयोगी र परोपकारी व्यक्तित्वहरूबाट सङ्कलित आर्थिक सहयोग नेपालका विभिन्न सामाजिक सेवामूलक कार्यक्रमहरूमा परिचालन गरिँदै आएको संस्थाले जनाएको छ।

सम्मेलनका अवसरमा संस्थामा आबद्ध नयाँ सदस्य तथा आजीवन सदस्यहरूलाई सदस्यता पिन र प्रमाणपत्रसमेत वितरण गरिएको थियो।

नेपालमा पहिलोपटक आयोजना गरिएको यस अन्तर्राष्ट्रिय सम्मेलनले विदेशमा रहेका नेपाली परोपकारी व्यक्तित्वहरूलाई मातृभूमिको सामाजिक विकास, मानवीय सहायता र सेवामूलक अभियानसँग थप जोड्ने विश्वास आयोजक संस्थाले व्यक्त गरेको छ।

May be an image of temple and text

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।