Washington DC, US : July 31, 2026, Friday 06:48 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|हमास पूर्ण रूपमा निःशस्त्रीकरण हुन सहमत, गाजाबाट इजरायल फिर्ता हुने|सुनसरी गोलीकाण्ड : सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित|इरानमाथि अमेरिकाको व्यापक हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि उत्कर्षमा|प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन|पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?|Breaking News : जापानमा शक्तिशाली भूकम्प: सपिङ मल भत्किँदा दर्जनौँ फसे, उद्धार कार्य तीव्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यबारे फेरि चासो राष्ट्रपति ट्रम्पका निजी चिकित्सक, नेभी क्याप्टेन सीन पी. बार्बाबेल्लाको अनुसार, “राष्ट्रपति ट्रम्प अझै पनि कार्डियाक, पल्मोनरी, न्युरोलोजिकल र सामान्य शारीरिक दृष्टिले अत्यन्त राम्रो अवस्थामा”

  NepalMother.com | ३ श्रावण २०८२, शुक्रबार ०७:५०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यबारे फेरि चासो बढेपछि ह्वाइट हाउसले थप विवरण सार्वजनिक गरेको छ। केही दिनअघि उनका खुट्टा सुन्निएको र हातमा निलडाम देखिएको तस्वीरहरू सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा व्यापक चर्चा भएको थियो। यसपछि प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमार्फत राष्ट्रपति ट्रम्पका चिकित्सकको औपचारिक टिप्पणी पढेर सुनाइन्।

खुट्टा सुन्निनुको कारण

प्रेस सचिव लेभिटका अनुसार ट्रम्पका खुट्टामा देखिएको सुन्निने समस्या “७० वर्षभन्दा माथिका मानिसहरूमा सामान्य रूपमा देखिने सौम्य अवस्था” हो। “हालैका हप्ताहरूमा राष्ट्रपति ट्रम्पले खुट्टाको तल्लो भागमा सामान्य सुन्निने महसुस गर्नुभएको थियो,” उनले भनिन्, “र सावधानी स्वरूप ह्वाइट हाउस मेडिकल युनिटले विस्तृत परीक्षण गरेको हो।”

उनका अनुसार ट्रम्पको खुट्टामा गरिएको भेनस डप्लर अल्ट्रासाउन्ड परीक्षणले ‘क्रोनिक भेनस इन्सफिसेन्सी’ (नसामा रगतको प्रवाहमा समस्या) देखाएको छ, जुन वृद्ध व्यक्तिहरूमा सामान्य मानिन्छ। तर गम्भीर समस्या जस्तो कि डीप भेन थ्रोम्बोसिस (रक्तका गहिरा नसामा थक्का जम्नु) वा धमनी सम्बन्धी रोग भने देखिएको छैन।

हातमा निलडामको कारण

ट्रम्पको दाहिने हातको पछाडिको भागमा देखिएको निलडामसम्बन्धी तस्वीरहरू पनि भाइरल भएका थिए, विशेषतः उनले जुलाई १६ मा बहराइनका प्रधानमन्त्री सलमान बिन हमाद अल खलिफासँग भेट्दा।

लेभिटका अनुसार, “राष्ट्रपति ट्रम्पले नियमित रूपमा हृदयघातको रोकथामका लागि एस्पिरिन सेवन गर्नुहुन्छ, साथै धेरै पटक हात मिलाउने गर्दा सौम्य ‘सफ्ट टिस्यु इरिटेसन’ भएको हो। एस्पिरिनको सामान्य र निरापद साइड इफेक्ट हो यो।”

उनले थप भनिन्, “राष्ट्रपति अझै पनि असाध्यै राम्रो स्वास्थ्यमा हुनुहुन्छ, जुन तपाईंहरू हरेक दिन देखिरहनु भएको हुन्छ।”

विस्तृत स्वास्थ्य परीक्षणको नतिजा

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको स्वास्थ्य रिपोर्ट अनुसार, ट्रम्पले हालसालै निम्न परीक्षणहरू गराएका छन्:

  • रक्त परीक्षणहरू: पूर्ण रक्त गणना (CBC), मेटाबोलिक प्यानल, कोएगुलेसन प्रोफाइल, डी-डाइमर, बी-टाइप नाट्रियुरेटिक पिप्टाइड, कार्डियक बायोमार्कर।

  • नतिजा: सबै रिपोर्टहरू सामान्य दायराभित्र छन्।

  • हृदय परीक्षण: इकोकार्डियोग्रामले हृदयको संरचना र कार्य सामान्य देखाएको छ। मुटु, मिर्गौला वा अन्य प्रणालीगत रोगको कुनै संकेत भेटिएन।

ट्रम्पको भौतिक स्वास्थ्य विवरण

एप्रिलमा सार्वजनिक गरिएको मेडिकल रिपोर्ट अनुसार ट्रम्पको स्वास्थ्य यस्तो छ:

  • उचाइ: ७५ इन्च (६ फिट ३ इन्च)

  • तौल: २२४ पाउन्ड (१०२ केजी)

  • हृदयगति (रेस्टिङ): ६२ बीपीएम

  • रक्तचाप: १२८/७४ mmHg

  • अक्सिजन स्तर: ९९%

  • शरीरको तापक्रम: ९८.६°F (३७°C)

सार्वजनिक भएका तस्वीरले शंका उठाए पनि ह्वाइट हाउसको स्पष्टिकरण र चिकित्सकीय विवरणले देखाउँछ कि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था चिन्ताजनक छैन। प्रेस सचिव लेभिटले भनेझैं, “राष्ट्रपति ट्रम्प अझै पनि अत्यन्त राम्रो स्वास्थ्यमा हुनुहुन्छ – उहाँले आफ्नै सक्रिय जीवनशैलीमार्फत हामीलाई दैनिक देखाइरहनु भएको छ।”

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor