Washington DC, US : April 10, 2026, Friday 10:55 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त

‘पढेर पनि बिग्रिएको’ भनेर उदाहरण दिइने ‘१७ हजारे’का दोश्रा नायक बाबुराम भट्टराईका ६ सुत्र  "जनयुद्ध" नामको आपराधिक कुकर्मका "नायक" अझ पनि सत्ताको प्यास मेट्न लालायित छन् तर यी मुर्खलाई बुझ्ने कसले !

  NepalMother.com | २७ असार २०८२, शुक्रबार ०८:०२

यस्तो छ डा. भट्टराईको माओवादी आन्दोलनबारे ६ बुँदे समीक्षा र पुनर्गठनको रूपरेखाः

माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ – ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।’
यो एकदम पवित्र तर बालसुलभ बुझाइ र सोंच हो। यसबारे तथ्य र तर्क सहित प्रष्ट पार्न ठूलै ठेली आवश्यक पर्छ। जुन समयक्रममा हुँदै जाला। अहिले चाहिं केही सरल प्रश्न र उत्तरको रूपमा प्रस्तुत गर्नु उपयुक्त होला।

१. नेपालको माओवादी आन्दोलन सफल हो कि असफल?

– संक्षिप्तमा भन्नुपर्दा नेपालको माओवादी आन्दोलन सापेक्ष रूपले निकै सफल आन्दोलन हो। विश्वमा नै सन् १९७५ को क्याम्बोडियाको क्रान्ति ( जुन पछि पथविचलित भयो!) पछि बिसौं शताब्दीको अन्त्य र एक्कइसौं शताब्दीको शुरूमा नेपालको मात्र एक सफल सशस्त्र क्रान्ति हो।
( स्मरण रहोस्, यस्तै माओवादी क्रान्तिकारी आन्दोलनहरू ठूलो वलिदानपछि विश्वमा अन्यत्र कि त पूरै ध्वस्त भएर गएका छन् कि त घिटीघिटी चलिरहेका मात्र छन्। उदाहरणार्थ, पेरूमा संस्थापक नेता गोन्जालोको २९ बर्ष जेलमै बसेर निधन भएको छ; आन्दोलन समाप्तप्रायः भएको छ । सन् १९६७ देखि संघर्ष चल्दै आएको भारतमा हालै पार्टीका महासचिवको सरकारी सैन्य कार्वाहीमा निधन भएको छ; अनि आन्दोलन कछुवाको गतिमा छ। टर्कीमा २६ बर्षदेखि जेलमा राखिएका प्रमुख नेता Abdullah Ocalan ले हालै आन्दोलनलाई वीचैमा निशस्त्र गर्ने एकतर्फी घोषणा गरेका छन्। फिलिपिन्समा झण्डै साठी बर्षदेखि चल्दै आएको सशस्त्र आन्दोलन संस्थापक नेता Jose Maria Sason को मृत्यु र नयाँ नेताहरूको राज्यद्वारा हत्या पछि आन्दोलन ठहरावको अवस्थामा छ।)

२. कुन अर्थमा सफल? अनि किन ‘सापेक्ष रूपले’ मात्र सफल?

– क्रान्तिकारी आन्दोलनमा थुप्रै मागहरू हुन्छन्। तीमध्ये कुनै प्रमुख र कुनै सहायक मागहरू हुन्छन्।अनि कुनै तात्कालिक (कार्यनीतिक) र कुनै दीर्घकालीन (रणनीतिक) महत्वका माग हुन्छन्। जनबोलीको भाषामा हामीले त्यतिवेला सरकारसमक्ष प्रस्तुत गरेका ४०-सूत्रीय मागहरूमध्ये क्रान्तिको यो चरणमा ‘जनतन्त्र’संग सम्बन्धित मागहरू नै प्रमुख माग हुन् । तीमध्ये पनि निर्वाचित संविधानसभाबाट गणतन्त्रात्मक संविधान बनाउने कुरा नै सबभन्दा महत्वपूर्ण माग हो। यो मुख्य माग लगायत अरू संघीयता, धर्मनिरपेक्षता, महिलाका अधिकार, दलितका अधिकार आदि संविधानमा नै व्यवस्था गर्न सकिएकाले यो माओवादी आन्दोलनको ठूलो उपलब्धी हो। यसमा टेकेर अरू माग पूरा गर्दै जाने हो। त्यस अर्थमा आन्दोलन सफल हो।
अनि ‘सापेक्ष रूपले’ चाहिं किनकि पार्टीको नेतृत्व पंक्तिमा बेलैमा बुझाइमा एकरूपता कायम हुन सकेको भए अझै बढी उपलब्धी पनि हुनसक्दथ्यो। त्यो हुन नसक्दा कतिपय कुरा गुमेका पनि छन्। साथै, राजनीतिक रूपले विजय हासिल गरे पनि फौजी रूपले पूर्ण विजय हासिल गर्न नसक्दा र आन्तरिक तथा बाह्य शक्तिसन्तुलन पनि हेर्नु पर्ने हुँदा ‘शान्ति-सम्झौता’ मार्फत प्राप्त सफलतालाई ‘सापेक्ष रूपले’ सफल भन्नु सही र उपयुक्त हुन्छ।

३. तत्कालीन माओवादी पार्टीभित्र मुख्य गल्ती कहाँ कहॉं भए त?

– राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्तिसन्तुलनको ठीक मूल्यांकन गरेर शान्तिप्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौं।
पहिलो, २०६४ श्रावणको काठमाण्डौ बालाज्यू भेला/बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको “मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोह”को दोधारे कुराले पार्टीमा तलसम्म गहीरो विभाजन ल्यायो, जनसमुदायमा समेत भ्रम छर्यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्यायो।
दोश्रो, २०६७ मंसीरमा गोरखा पालुंगटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाइ-लाइनको संघर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन। त्यसको एक महिना पछि २०६७ पुसमा काठमाण्डौमा भएको केन्द्रीय समितिको बैठकमा ” किरणसंग एकता प्रधान, बाबुरामसंग संघर्ष प्रधान” भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो। केही महिनापछि ( शायद २०६८ वैशाख?) सिन्धुपाल्चोक सिकुटेममा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो। त्यति वेलासम्म परिस्थिति निकै प्रतिकुल बन्दै गैसकेको थियो।
तेश्रो, २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्व कालमा कांग्रेस, एमाले सहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो। जस्तै- फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसदबाट अनुमोदित प्रम, पहिचान सहितको ११ प्रदेशको संघीयता, संवैधानिक अदालत आदि। तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत बिरोध भएर अन्ततः भाँडिनु ठूलो गल्ती मात्र नभएर अपराधै भयो।
यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धी नेपाली इतिहासमा युगौं युगसम्म स्थापित हुन्थ्यो।

४. तैपनि विश्वमा कतै माओवादी आन्दोलन सफल नभएको वेला नेपालमा चाहिं यति उपलब्धी कसरी भयो त?

– किनकि हामीले कुनै पनि ‘वाद’ लाई यान्त्रिक जडसूत्रको रूपमा नलिएर एउटा मार्गदर्शक विज्ञानको रूपमा लियौं र आफ्नै देश र समाजको सापेक्षतामा सिर्जनात्मक ढंगले प्रयोग गर्यौं। वर्गलाई मात्र नहेरेर जाति,क्षेत्र,लिंग,समुदायलाई पनि हेर्यौं। सशस्त्र र शान्तिपूर्ण संघर्ष, गाउँ र शहर, खुला र भूमिगत, वैधानिक र अवैधानिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय,राजनीतिक र आर्थिक-सामाजिक, स्थूल र सूक्ष्म, संसदीय र गैरसंसदीय आदि पूरक र भिन्न प्रवर्गको सन्तुलन मिलाएर अघि बढ्ने नीति लियौं। मुख्य कुरा रणनीतिमा दृढ हुॅदै कार्यनीतिमा लचिलो बन्यौं। क्रान्ति र शान्ति विपरितार्थी हैन पूरक तत्व हुन् भन्ने सावित गर्यौं। त्यसैले नेपालको माओवादी आन्दोलन अरू देशको भन्दा भिन्न रह्ये र सफलताको सिंढी चढ्न सक्यो।

५. त्यत्रो क्रान्तिकारी आन्दोलन अहिले कसरी स्खलित भयो त?

– पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन। समाज विकासको नियम अनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकता सहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो। नेपालमा आफ्नै मौलिकता सहित, माओवादी भाष्यमा भन्दा, पूँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढंगको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो। यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्वपंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयंकर स्खलन र विचलन आजको मुख्य समस्या हो।
त्यो स्खलन आज अकस्मात पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो। खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तसम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौति हो।
त्यसैले सबै चीजको आयु भए झै माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, सांगठनिक ढंगले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।

६. माओवादी आन्दोलनलाई अब कसरी पुनर्गठित गर्ने त?

– एक्काइसौं शताब्दी संगसंगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तरविरोधहरू र भर्खरै किनारा पुँजीवाद (Peripheral Capitalism) को चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पूँजीवादको सांग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ।
त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ। विगतका कम्युनिष्ट सत्ताहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गैरहेछ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो।
ख्याल रहोस्, पहिल्यै बनिबनाउ नेताहरू जम्मा भएर विचार र आन्दोलन बन्ने हैन। प्रारम्भिक विचारले अभियान/आन्दोलन गरेर त्यो आन्दोलनले सक्षम नेता निर्माण गर्ने र नेताले थप सशक्त आन्दोलन र विकसित विचार संश्लेषण गर्दै यो चक्र दोहोर्याउँदै जाने नै क्रान्ति/परिवर्तनको आधारभूत नियम हो।

#अबआँखाखोलौं

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।