Washington DC, US : June 4, 2026, Thursday 04:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पमाथि आफ्नै पार्टीको दबाब बढ्यो : इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको ऐतिहासिक कदम, नेतन्याहूसँग सम्बन्धमा पनि दरार|इरान-अमेरिका तनाव फेरि चुलियो : होर्मुज क्षेत्रमा मिसाइल आक्रमण, वार्ता स्थगित|घमण्ड र अहंकारका बेलुन केपी ओली गुन्डु पुग्दा पनि अझै सुध्रिएनन, अझै पनि झुट कै खेती|फिफा विश्वकप २०२६ : ४८ राष्ट्रका अन्तिम टोली सार्वजनिक|प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै विकृति–विसङ्गतिप्रति ‘शून्य सहनशीलता’ नीति अपनाउन मातहत अदालत र न्यायाधीशका लागि निर्देशन जारी गरे|अमेरिका–इरानबीच फेरि हवाई आक्रमण, होर्मुज नजिक तनाव चर्कियो; शान्ति सम्झौता अझै अन्योलमा|अमेरिकी बमबारीपछि पनि इरानको क्षेप्यास्त्र शक्ति कायम, भूमिगत अड्डाहरू पुनः सञ्चालनमा|Breaking News : फ्रान्सभर हिंसा, २१९ घाइते, ७८० जना पक्राउ|हिजो एमाले कांग्रेसले पेल्थे, आज रास्वपा पेल्दैछ बहुमतका नाममा !|प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति र घोर भर्त्सना

बिटु केसीका केही गजलहरु नेपाली साहित्यमा एउटा मिठो कलम अर्थात बिटु केसी। आउनुस आज वहाँका केही गजलहरु हेरौं ।

  NepalMother.com | ५ असार २०८२, बिहीबार ०७:२७

उ आएपछि महफिलको रङ्ग अर्कै हुन्छ
हेर्न लायक यो अनुहारको दङ्ग अर्कै हुन्छ

नआउ मेरो छेउमा प्रिय वात मार्छु भन्दै
के के बोल्छु यो बोलीको ढङ्ग अर्कै हुन्छ

झुक्किएर त्यो हातले यो हात छोयो भने
उफ ! यो स्वास प्रस्वासको जङ्ग अर्कै हुन्छ

सुटुक्क कानमा आइ मन पर्छ नभन्नु फेरि
बदली लय जिन्दगीको प्रसङ्ग अर्कै हुन्छ

गयौ तिमिले रङ्गमंचमा मेरै मनको गजल
खुशीले झुम्दा यी मेरा अङ्गअङ्ग अर्कै हुन्छ

***

भएभरका गुनासोलाई थातीँ राखी वात गरौं
आफै भित्र देवता छ्न् साक्षी राखी वात गरौं

केही गल्ती तिम्रो थियो केही गल्ती मेरा भए
आउ दुबै हातहरु छाती माथी राखी वात गरौं

माग होलान् तिम्रो कुनै , प्रस्ताव छ मेरो पनि
जे जति शर्तहरु आधी आधी राखी वात गरौं

युद्ध होइन मुटुभित्र बुद्ध राखी हिड्नु पर्छ हेर
मनमा मैलो जम्यो भने माझी राखी वात गरौं

जित्न केही हार्नु पर्छ यत्ति बुझे भै गो प्रिय
बाँच्न बाँकी जिन्दगीको बाजी राखी वात गरौं

***
हेर्नुस् यो धर्ती पनि हुर्हुरी बलेको छ
जमिनमा अन्न होइन वारुद फलेको छ

पैसाले स्वाभिमान किन्न सकिन्न भन्थ्यो
उ आफै गएर बैरीको पाउ मलेको छ

यता छोराले नयाँ घरको फोटो देखायो
उता बाउ भने औषधि नपाई ढलेको छ

जसलाई आफ्नो भनि निर्धक्क हुन्थे म
आज उही नै मेरो प्रगतिमा जलेको छ

हेर्दै असरल्ल गुजुल्टिएको तार जस्तो
यो दुनियाँ यसरी नै जेलीएर चलेको छ

***
मै ठूलो देशको अहँ धरम लागेन
तीन करोड नेपालीको शरम लागेन

दाऊ पेच जान्नुपर्छ शक्तिशाली हुन
सत्ता नै सर्व सत्य हो , भरम लागेन

टिकाउने, जोगाउने चिन्ताको सामु
तिम्रा व्यथा आए गए चरम लागेन

आउ मेरो पाऊ पूज जयजयकार गर
यी विरोध गालीगलौज नरम लागेन

मै कानून ,मै हुँ न्याय ,मै हुँ जनार्दन
जनता जाउन् भाड्मा ती परम लागेन

***
सुमधुर आमन्त्रण खास जानेछ
सिमलको भुवामा बतास जानेछ

उज्यालो आउँछ प्रेम प्रस्ताव लिइ
अन्धकार धुरुधुरु वनबास जानेछ

नाङ्गा आङले पनि काँचुली फेर्ला
गाउँ गाउँमा जब विकास जानेछ

आमा निष्फिक्री निदाउँनेछिन तब
भोका पेटहरुमा एक गाँस जानेछ

जो आए सब सज्जन मात्र थिए
सदनमा अब एक बदमास जानेछ

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।