बाल सखा , युबा अनि अनि
देब भुमि , शान्ति भुमि अनि अनि
खै ? प्रगती त् भएको छ रे
ओहो ! भ्रस्टाचारको भाउ बढेको छ रे
लाख होइन , ठिनी करोडको भएछ
सहज राज्यदोहनको छुट छ रे
नरभक्षी बाघ जस्तै , दमाहा जत्रो पेट भएका
थुप्रै जीव सहरमा सल्यांग मल्यांग
ग्वाण्टेनामा अनि लगनखेल बास बस्न पर्ने हरु
बतुराउदा छन् , गुड्डी हक्दा छन्
अग्नि कुण्डमा सरसुहाउदो मानिस
खरानी ! खरानी !! खरानी ! ! !
यतिखेर चै ? पखाल पुखुल, टलक्क
मानब सेवा पदकका हकदार
मर्त्यलोकको कुना काप्चामा
गोरखाली सबै आत्मा परफुल्ल ?
केहि अनि केहि , कोहि अनि कोहि
लोककथामा , पुराणमा ? सुनेको
गास अनि बासको कथा
बास बस्नै होलार कति बाक्सामा फर्किएका ?
खै म त् बुझ्दिन , हेर्छु , पढछु केवल
आत्मा चसक्क चसक्क
फगत चसक्क !
३० जेठ २०८२
प्रतिक्रिया