Washington DC, US : November 26, 2026, Thursday 10:17 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन !|ट्रम्पद्वारा चीन, भारत र युरोपेली सङ्घसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्कको घोषणा, विश्व अर्थतन्त्रमा फेरि तरङ्ग|नेपाल-भारत सम्बन्ध : सभ्यतागत जग र भूराजनीतिक यथार्थ|हास्य कलाकार मात्र होइनन् धुर्मुस, बहुमुखी प्रतिभाका धनी गीतकार र गायक पनि|प्रहरी प्रमुखले नै न्याय नपाउने देशमा सर्वसाधारणको हालत के होला ? सर्वोच्चको आदेशपछि न्यायिक निष्पक्षतामाथि बहस|Cartoon|Breaking News : अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईमाथि साइबर हमला, राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती|बाबु आमालाई हेला गर्ने, दुख दिने, नहेर्ने तर मृत्यु पछि “देखावटी नाटक” गर्ने पापी छोरा छोरीहरुका नाममा केही कुरा !|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति

पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन ! मान्छेलाई मान्छे नै रहन दिऊँ, न देवत्वकरण सही हो न त न राक्षसीकरण !

  NepalMother.com | ११ मंसिर २०८३, बिहीबार १०:१५

  • रामप्रसाद खनाल

नेपालको राजनीतिक इतिहासलाई गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने हामीले व्यवस्था धेरै पटक बदल्यौँ, शासक बदल्यौँ, संविधान बदल्यौँ, राजनीतिक दल र नेतृत्व बदल्यौँ, तर बदल्नैपर्ने आफ्नो सोच, संस्कार, स्वभाव र प्रवृत्ति भने अपेक्षाकृत बदल्न सकेनौँ। कहिले राजालाई भगवान् बनायौँ, कहिले राजनीतिक दलका नेतालाई महानायक बनायौँ, कहिले क्रान्तिकारीलाई मुक्तिदाता ठान्यौँ, कहिले कसैलाई ‘बा’, कसैलाई ‘दाइ’ र कसैलाई ‘भाउजू’ भन्दै काँधमा बोक्यौँ। कहिले नयाँ अनुहारमा देशको सम्पूर्ण भविष्य देख्यौँ। तर आफ्नै विवेक, चेतना र आलोचनात्मक क्षमतामाथि भने पर्याप्त विश्वास गर्न सकेनौँ।

हाम्रो एउटा गम्भीर सामाजिक तथा राजनीतिक कमजोरी छ। कसैलाई मन पराउन थाल्यौँ भने भगवान् नै बनाउँछौँ, मन पराउन छाड्यौँ भने राक्षस नै ठान्छौँ। काँधमा बोक्न थालेपछि उसका दोष देख्दैनौँ, काँधबाट झारेपछि उसका गुण पनि देख्दैनौँ। हिजो जसको जयजयकार गरिरहेका हुन्छौँ, आज उसैको सर्वनाशको कामना गर्न थाल्छौँ। फेरि भोलि अर्को पात्रलाई भगवान् बनाउन तयार हुन्छौँ।

नेपालको विगत सात दशकभन्दा लामो राजनीतिक इतिहास यही प्रवृत्तिलाई बुझ्न पर्याप्त छ।

२००७ सालको राजनीतिक परिवर्तनले राणाशासनको अन्त्य गर्दै नेपाली जनतामा प्रजातन्त्रको आशा जगाएको थियो। २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गर्‍यो र बीपी कोइराला जननिर्वाचित प्रधानमन्त्री बने। तर २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरे, संसद् विघटन गरे र राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। २०१९ सालमा पञ्चायती संविधान जारी भयो।

पञ्चायतकालमा राजालाई विष्णुको अवतार मान्ने, राजसंस्थालाई राष्ट्रको पर्याय ठान्ने र राजाको निर्णयमाथि प्रश्न उठाउनुलाई समेत राष्ट्रविरोधी गतिविधिका रूपमा हेर्ने राजनीतिक संस्कार विकसित गरियो। ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नाराले तत्कालीन राजनीतिक मनोविज्ञानलाई प्रतिनिधित्व गर्थ्यो।

राजा महेन्द्रको शासनकालमा पूर्वाधार विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, राष्ट्रिय पहिचान र प्रशासनिक संरचना निर्माणका क्षेत्रमा भएका कामलाई अस्वीकार गर्नु हुँदैन। तर ती उपलब्धिको प्रशंसा गर्नु र उनलाई भगवान बिष्णुको अबतार ठान्नु फरक कुरा हुन्।

राजा वीरेन्द्रको शासनकालमा २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमतसङ्ग्रह र निरन्तर प्रजातान्त्रिक सङ्घर्षपछि अन्ततः २०४६ सालको जनआन्दोलनले करिब तीन दशक लामो पञ्चायती व्यवस्थाको अन्त्य गर्‍यो।

राजालाई भगवान् मान्ने समाजकै ठूलो हिस्सा पछि राजतन्त्रको विकल्प खोज्ने अवस्थामा पुग्यो। पञ्चायतकालमा भएका सबै काम खराब थिएनन्, न त त्यस व्यवस्थाका सबै पात्र खराब थिए। तर राजनीतिक स्वतन्त्रता कुण्ठित गर्ने र व्यक्तिलाई प्रणालीभन्दा माथि राख्ने संस्कार दिगो हुन सकेन।

२०४६ सालको जनआन्दोलनमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधानलगायतका नेताहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। जनताले राजनीतिक स्वतन्त्रता प्राप्त गरे। २०४७ सालको संविधानले संवैधानिक राजतन्त्र, बहुदलीय संसदीय व्यवस्था, मौलिक अधिकार र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गर्‍यो।जनतामा अपार उत्साह थियो। अब देशमा विकास हुन्छ, भ्रष्टाचार अन्त्य हुन्छ, बेरोजगारी हट्छ, गरिबी घट्छ र जनताले आफ्नै प्रतिनिधिमार्फत शासन गर्न पाउँछन् भन्ने आशा थियो।

गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको सादगी, बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद, पुष्पलालको वैचारिक योगदान, मदन भण्डारीको जनताको बहुदलीय जनवाद र मनमोहन अधिकारीको सरल जीवनशैली नेपाली राजनीतिका उल्लेखनीय पक्ष हुन्। तर हामीले उनीहरूका विचार, आदर्श, त्याग र राजनीतिक दर्शनलाई संस्थागत गर्नेभन्दा व्यक्तिको जयजयकार गर्न बढी रुचायौँ। नेताका तस्बिरमा फूलमाला चढायौँ, भाषणमा आदर्शको चर्चा गर्‍यौँ, तर व्यवहारमा तिनै आदर्शलाई कति पछ्यायौँ भन्ने प्रश्न गर्न बिर्सियौँ।

२०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। लामो प्रजातान्त्रिक सङ्घर्षबाट आएका कोइरालाप्रति जनताको ठूलो अपेक्षा थियो। तर कांग्रेसभित्रको आन्तरिक द्वन्द्व, गुटबन्दी र सत्तासङ्घर्षका कारण बहुमतको सरकारसमेत टिक्न सकेन। २०५१ सालमा मध्यावधि निर्वाचन भयो। त्यसपछि मनमोहन अधिकारीको अल्पमतको सरकार बन्यो। त्यसपछिका वर्षहरूमा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइरालालगायतको नेतृत्वमा सरकार बन्ने र ढल्ने क्रम चलिरह्यो।

२०५६ सालमा नेपाली कांग्रेसले पुनः बहुमत पाए पनि आन0र्षको अध्याय सकियो र आर्थिक समृद्धिको अध्याय सुरु हुन्छ भन्ने अपेक्षा गरिएको थियो। तर राजनीतिक नेतृत्वको प्राथमिकतामा नागरिकका समस्याभन्दा सत्ता समीकरण र पद बाँडफाँटले बढी स्थान पाउने प्रवृत्ति रोकिएन।

२०७२ सालको सीमा अवरोधका समयमा केपी शर्मा ओलीले लिएको अडानका कारण उनको लोकप्रियता उल्लेख्य रूपमा बढ्यो भनियो । चीनसँगको पारवहन सम्झौता, राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिका नाराले जनतामा आशा जगाए भनियो तर ओलीको भित्रि खेल र रुप बुझिनसक्नुको थियो।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्‍यो। २०७५ सालमा दुई दलबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बन्यो। ओली नेतृत्वको शक्तिशाली सरकारबाट राजनीतिक स्थिरता र आर्थिक विकासको ठूलो अपेक्षा गरियो। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा आयो। रेल, पानीजहाज, पूर्वाधार विकास र आत्मनिर्भरताका सपना बाँडिए। लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सालाई संविधानमा समावेश गर्ने काम पनि भयो। तर चुच्चे नक्सा भित्रको राजनीति हामी ले बुझ्न चुक्यौं। अहिले हामी संग चुच्चे नक्सा मात्र छ तर भूभाग भारतकै अधिनमा छ।

तर ओलीप्रतिको राजनीतिक समर्थनसँगै व्यक्तिपूजाको ‘बा’ संस्कृति पनि विकसित हुँदै गयो। कतिपय समर्थकका लागि ओलीको आलोचना गर्नु नै पार्टी, राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानको विरोध गर्नुजस्तो भयो। अन्ततः नेकपाभित्रको सत्तासङ्घर्ष, दुई पटक प्रतिनिधिसभा विघटन, सर्वोच्च अदालतबाट दुवै पटक संसद् पुनर्स्थापना र पार्टी विभाजनले राजनीतिक स्थिरताको सपना चकनाचुर बनायो।

ओलीका राम्रा कामलाई स्वीकार गरौँ, गलत कदमको आलोचना गरौँ। तर उनलाई भगवान् बनाउने वा उनका सम्पूर्ण योगदानलाई अस्वीकार गर्ने दुवै प्रवृत्ति गलत हुन्।

शेरबहादुर देउवा नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि विभिन्न राजनीतिक सङ्क्रमण र सत्ता समीकरणसम्म लामो समय सक्रिय रहेका नेता हुन्। उनी पटकपटक प्रधानमन्त्री बने। उनका समर्थकहरू उनलाई अनुभवी, व्यावहारिक र राजनीतिक समझदारी कायम गर्न सक्ने नेता मान्छन्। आलोचकहरू भने उनको नेतृत्वशैली, सत्ताकेन्द्रित राजनीति, गुटबन्दी र सुशासनका प्रश्नमा असन्तुष्टि व्यक्त गर्छन्।

२०७८ सालमा सर्वोच्च अदालतको आदेशपछि देउवा पुनः प्रधानमन्त्री बने। २०७९ सालको निर्वाचनपछि प्रचण्डले कहिले एमालेसँग, कहिले कांग्रेससँग गठबन्धन गरेर सरकार चलाए। २०८१ सालमा कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि ओली पुनः प्रधानमन्त्री बने।

यो अवधिमा एकअर्कालाई कटु शब्दमा आलोचना गर्ने नेताहरू सत्ता प्राप्तिका लागि एकै ठाउँमा उभिएको दृश्य नेपाली जनताले पटकपटक देखे।

नेताहरू बिहान एकअर्काका शत्रु हुन्थे, बेलुका सत्ता साझेदार बन्थे। तर तिनै नेताका समर्थकहरू गाउँ, टोल, परिवार र सामाजिक सञ्जालमा एकअर्कासँग शत्रुतापूर्ण व्यवहार गरिरहेका हुन्थे।

नेताहरूले सत्ता बाँडे, हामीले समाज बाँड्यौँ। नेताहरूले हात मिलाए, हामीले सम्बन्ध तोड्यौँ। नेताहरूले स्वार्थअनुसार गठबन्धन फेरे, हामीले उनीहरूका लागि आफ्नो विवेकसमेत बन्धक बनायौँ।

पुराना राजनीतिक दल र नेतृत्वप्रतिको निराशाका बीच २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो। सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेप्रति ठूलो जनआकर्षण देखियो।

पहिलो संसदीय निर्वाचनमै राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट हासिल गर्‍यो। रविमा पुरानो राजनीतिक संस्कार बदल्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने सम्भावना देखियो भन्यौं । तर यहाँ पनि हामीमध्ये कतिपयले पुरानै गल्ती दोहोर्‍यायौँ। रविलाई राजनीतिक पात्रका रूपमा होइन, देशका सम्पूर्ण समस्याको समाधान गर्न सक्ने व्यक्तिका रूपमा प्रस्तुत गर्न थाल्यौँ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि उनले सांसद तथा मन्त्री पद गुमाए। पछि पुनः निर्वाचनमार्फत संसद्मा फर्किए। सहकारीसम्बन्धी आरोप र कानुनी विवादले पनि उनको राजनीतिक जीवनलाई प्रभावित गर्‍यो।

एकथरीले उनीमाथि उठेका हरेक प्रश्नलाई राजनीतिक षड्यन्त्र ठाने भने अर्काथरीले न्यायिक निष्कर्ष आउनुअघि नै उनलाई दोषी ठहर्‍याउने प्रयास गरे। नागरिकता प्रकरणमा अदालतले गरेको निर्णय र अन्य विषयमा लागेका आरोपलाई एउटै रूपमा हेर्न मिल्दैन।

रवि लामिछानेले राम्रो काम गरे समर्थन गर्नुपर्छ, गलत काम गरे आलोचना गर्नुपर्छ। आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्छ र कानुनी विषयको निरूपण कानुनबमोजिम हुनुपर्छ। उनका हकमा पनि देवत्वकरण र राक्षसीकरण दुवै अनुचित हुन्।

२०८२ साल भदौमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, भ्रष्टाचार, नातावाद, कुशासन र राजनीतिक नेतृत्वप्रतिको गहिरो असन्तुष्टिबीच जेनजी पुस्ताको आन्दोलन विस्फोट भयो।

आन्दोलनका क्रममा भएको मानवीय क्षति, राज्यको बल प्रयोग, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिको विनाशले देशलाई गम्भीर सङ्कटमा पुर्‍यायो। केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्वमा पुगिन् र नयाँ निर्वाचनको बाटो खुल्यो।

युवाहरूले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, समान अवसर र जवाफदेहिताका माग जायज थिए। तर आन्दोलनका नाममा हुने हिंसा, प्रतिशोध र सार्वजनिक सम्पत्तिको विनाशलाई उचित मान्न सकिँदैन। त्यसैगरी नागरिक आन्दोलन नियन्त्रण गर्ने नाममा राज्यबाट हुने अत्यधिक बल प्रयोगलाई पनि स्वीकार गर्न सकिँदैन।

कुनै आन्दोलनप्रति समर्थन हुनुको अर्थ त्यस क्रममा भएका हरेक गतिविधिको समर्थन गर्नु होइन।

२०७९ सालमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको प्रमुख निर्वाचित भएका बालेन्द्र शाह अर्थात् बालेनले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिए। उनको कार्यशैली, स्पष्ट अभिव्यक्ति, प्रशासनिक सक्रियता र स्थापित राजनीतिक शक्तिसँग प्रश्न गर्ने क्षमताले विशेषगरी युवा पुस्तालाई आकर्षित गर्‍यो।

पछिल्लो राजनीतिक परिवर्तनसँगै राष्ट्रिय राजनीतिमा बालेनको उदय भएको छ। पुराना राजनीतिक शक्तिप्रतिको व्यापक असन्तुष्टिले नयाँ नेतृत्वप्रति ठूलो जनअपेक्षा सिर्जना गरेको छ। बालेनसँग देशलाई सुशासन, विकास, आर्थिक सुधार र राजनीतिक स्थिरताको दिशामा अगाडि बढाउने अवसर छ।

तर अहिले फेरि हामी दुई अतिवादी कित्तामा विभाजित हुँदै छौँ।

एकथरी बालेनले गरेका हरेक कामलाई सही ठान्छन्। उनका निर्णयमाथि प्रश्न गर्नेहरूलाई पुराना दलका झोले, परिवर्तनविरोधी वा भ्रष्टाचारीका समर्थक ठान्छन्।

अर्काथरी बालेनका हरेक कदममा कमजोरी मात्र खोज्छन्। उनले गरेका राम्रा कामको समेत प्रशंसा गर्न चाहँदैनन्। उनलाई असफल साबित गर्न पाए आफ्नो राजनीतिक मान्यता स्थापित हुने ठान्छन्। यी दुवै सोच गलत हुन्।

बालेनको प्रशासनिक सुधारको प्रयास, विकासप्रतिको सक्रियता र नयाँ राजनीतिक शैलीको मूल्याङ्कन हुनुपर्छ। त्यसैगरी अध्यादेशको प्रयोग, न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, भूमिहीन नागरिकको व्यवस्थापन, संसद्प्रतिको जवाफदेहिता र संवैधानिक संस्थाको स्वायत्ततासम्बन्धी प्रश्नहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ।

बालेनलाई सफल हुन दिनुपर्छ, राम्रा काममा सहयोग गर्नुपर्छ र गलत निर्णयमा सचेत गराउनुपर्छ। सरकारको आलोचना गर्नु सरकारलाई असफल बनाउने प्रयास मात्र होइन, सही दिशामा हिँडाउन नागरिकले निर्वाह गर्ने लोकतान्त्रिक जिम्मेवारी पनि हो।

बालेनको सफलता देशको हितमा हुन्छ भने हामी सबैले उनको सफलताको कामना गरौँ। तर सफलताको कामना गर्नु र अन्धभक्त बन्नु एउटै कुरा होइन।

समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा हामीले व्यक्तिमा असाधारण शक्ति, क्षमता र मुक्तिदाताको गुण आरोपित गर्ने प्रवृत्ति विकास गरेका छौँ। प्रसिद्ध समाजशास्त्री म्याक्स वेबरले व्याख्या गरेको व्यक्तिको असाधारण आकर्षणमा आधारित नेतृत्व अर्थात् ‘करिश्मात्मक नेतृत्व’ को अवधारणाबाट पनि यसलाई बुझ्न सकिन्छ।

जब राज्यका संस्थाहरू कमजोर हुन्छन्, न्यायप्रतिको विश्वास घट्छ, नागरिकले अवसर पाउँदैनन् र राजनीतिक प्रणालीप्रति निराशा बढ्छ, तब मानिसहरू कुनै शक्तिशाली व्यक्तिमा समाधान खोज्न थाल्छन्।

हामीलाई प्रणाली सुधार्नुभन्दा एउटा चमत्कारी पात्र खोज्न सजिलो लाग्छ। संस्था बलियो बनाउनुभन्दा कुनै व्यक्तिलाई शक्तिशाली बनाउन रुचाउँछौँ। आफैँ जिम्मेवार नागरिक बन्नुभन्दा कसैले आएर सबै समस्या समाधान गरिदेओस् भन्ने अपेक्षा गर्छौँ।

मनोविज्ञानमा कुनै व्यक्तिको एउटा राम्रो गुणका आधारमा उसका सम्पूर्ण गुणलाई राम्रो ठान्ने प्रवृत्तिलाई ‘हेलो इफेक्ट’ भनिन्छ। त्यसको विपरीत एउटा नकारात्मक पक्षका कारण उसका सम्पूर्ण कामलाई खराब ठान्ने प्रवृत्तिलाई ‘हर्न इफेक्ट’ भनिन्छ।

हाम्रो राजनीतिक व्यवहारमा यी दुवै प्रवृत्ति प्रशस्त देखिन्छन्।

कुनै नेताको एउटा भाषण मन पर्‍यो भने हामी उसलाई देशको उद्धारकर्ता ठान्छौँ। कुनै निर्णय मन परेन भने उसका विगतका सम्पूर्ण योगदान बिर्सन्छौँ। हामी आफूले विश्वास गरेको कुरालाई पुष्टि गर्ने सूचना मात्र खोज्छौँ र त्यसविपरीतका तथ्य अस्वीकार गर्छौँ।

यस्तो मानसिकताले स्वस्थ लोकतन्त्र निर्माण हुन सक्दैन।

पहिले राजनीतिक दलका कार्यकर्ता सडक र चोकमा आफ्ना नेताको जयजयकार गर्थे। आज सामाजिक सञ्जालमा त्यही प्रवृत्तिले अझ व्यापक रूप लिएको छ।

फेसबुक, टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमा व्यक्तिको देवत्वकरण र राक्षसीकरण गर्ने अभियान चल्छन्। तथ्यभन्दा अफवाह, तर्कभन्दा गाली, अध्ययनभन्दा उत्तेजना र सत्यभन्दा आफूअनुकूलको प्रचारले बढी स्थान पाउँछ।

आफूले समर्थन गरेको नेताका बारेमा कसैले प्रश्न उठायो भने उसको चरित्रमाथि आक्रमण गरिन्छ। पत्रकारलाई गाली गरिन्छ। बुद्धिजीवीलाई राजनीतिक दलको कार्यकर्ता घोषित गरिन्छ। न्यायाधीश, कर्मचारी र नागरिक अभियन्तासमेत आक्रमणको निशाना बन्न सक्छन्।

लोकतन्त्रमा प्रश्न उठाउने पत्रकार, आलोचना गर्ने नागरिक, स्वतन्त्र न्यायपालिका र जिम्मेवार प्रतिपक्ष सरकारका शत्रु होइनन्। उनीहरू लोकतन्त्रका आवश्यक आधारस्तम्भ हुन्।

प्रश्न नसुन्ने नेतृतिको होइन, सत्यको पक्षमा उभिऔँ। अन्धभक्त होइन, विवेकशील नागरिक बनौँ।

मान्छेलाई मान्छे नै रहन दिऊँ। न कसैको देवत्वकरण गरौँ, न कसैको राक्षसीकरण ! इतिहासबाट पाठ सिकौँ, बारम्बार धोका नखाऔँ। सबैमा सादर अनुरोध !

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।