Washington DC, US : April 6, 2026, Monday 02:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

Breaking News from Ukraine : हालसम्मकै ठूलो रूसी ड्रोन आक्रमण, कम्तीमा तीन जनाको मृत्यु, २१ जना घाइते

  NepalMother.com | २५ जेष्ठ २०८२, शनिबार ०७:४८

कम्तीमा तीन जनाको ज्यान गएको र एक महिनाको शिशुसहित २१ जना घाइते भएको खार्किभ सहरमाथिको हालसम्मकै ठूलो रूसी ड्रोन आक्रमणमा भएको खार्किभका मेयर इहोर तेरेखोभले बताएका छन्।उनका अनुसार, रूसले रातभर करिब ५० वटा ड्रोन प्रक्षेपण गर्दा खार्किभको धेरैजसो बासिन्दा क्षेत्रहरूमा क्षति पुगेको छ।  यो आक्रमण सन् २०२२ मा सुरु भएको रूसी सशस्त्र आक्रमणपछि खार्किभमा भएको सबैभन्दा तीव्र हमला हो। यस्तैगरी, युक्रेनको खेरसोन क्षेत्रमा पनि आवासीय भवनहरूमा आक्रमण हुँदा थप दुई जनाको ज्यान गएको छ, एक क्षेत्रीय अधिकारीले जनाएका छन्। यसअघि शुक्रबार देशभरि तीव्र रूसी हमलाहरू भएका थिए जसमा ६ जनाको मृत्यु र ८० जना घाइते भएका थिए। रूसले भनेको छ कि शुक्रबारको आक्रमण युक्रेनले आइतबार गरेको ठूलो ड्रोन आक्रमणको जवाफी कारबाही थियो।

A fire breaks out in a residential apartment building due to a strike by a Russian drone

रुसले युद्धबन्दी साटासाट युक्रेनले एकाएक स्थगित गरेको आरोप

यस साता टर्कीको इस्तानबुलमा भएको वार्ताका क्रममा युक्रेन र रुसबीच केही युद्धबन्दीहरू साटासाट गर्ने सहमति भएको थियो। तर अहिले रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले युक्रेनले यो साटासाट कार्य अनिश्चितकालका लागि एकाएक रोकिदिएको आरोप लगाएका छन्।

हालसम्म युक्रेनी पक्षबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन। यद्यपि यसै साता स्थानीय सञ्चारमाध्यमले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै ५०० जना युक्रेनी नागरिकहरूलाई फर्काउने योजना रहेको बताएका थिए।


यस साता भएका प्रमुख घटनाहरू संक्षेपमा

आइतबार: युक्रेनले रूसको चारवटा सैन्य अड्डामा ४० भन्दा बढी युद्धक विमानमाथि ड्रोन आक्रमण गर्‍यो।

सोमबार: इस्तानबुलमा युक्रेन–रुस वार्ता भयो, जसमा दुबै पक्षले गम्भीर घाइते, बिरामी र २५ वर्ष मुनिका युद्धबन्दीहरू साटासाट गर्ने सहमति जनाए।

मंगलबार: युक्रेनी सुरक्षा सेवाले विस्फोटमार्फत् नष्ट गरेको भन्दै, रूस र क्राइमियालाई जोड्ने पुल केही समयका लागि बन्द भयो।

बुधबार: राष्ट्रपति ट्रम्पका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फोन संवादमा युक्रेनी ड्रोन आक्रमणप्रति जवाफ दिने बताएका थिए।

शुक्रबार बिहान: रूसले युक्रेनभरि विशाल हवाई हमला गर्‍यो, जसमा ६ जनाको मृत्यु र ८० भन्दा बढी घाइते भए।


युक्रेनको वायुसेनाको दाबी — रुसी लडाकु विमान Su-35 खसालियो

युक्रेनको वायुसेनाले जुन ७ तारिख बिहान रूसको कुर्स्क क्षेत्रमा उडिरहेको एक Su-35 लडाकु विमान खसालेको दाबी गरेको छ। यस विमानलाई आकाशबाट आकाशमै लडाइँमा वा जमिनबाट चलाइएको मिसाइल प्रणालीद्वारा खसालिएको हो कि भन्ने पुष्टि भइसकेको छैन।

Su-35, रुसी वायुसेनाको अत्याधुनिक लडाकु विमान हो, जुन पुरानो Su-27 को परिमार्जित संस्करण हो। अमेरिकामा यसको तुलनामा F-15 को नयाँ संस्करण हुन्छ।


खार्किभमा ड्रोन हमला: “हामी भुइँमा बस्यौं अनि विस्फोट भयो”

खार्किभमा भएको रूसी ड्रोन आक्रमणले क्षति पु¥याएको एउटा अपार्टमेन्टकी बासिन्दा एलियोना लुकियानोभाले घटना सम्झिँदै भनिन्, “ड्रोनको आवाज झनझन नजिकिँदै आयो, अन्ततः हाम्रो घरकै माथि गुञ्जियो। त्यसपछि हामी कुकुर, बिरालाहरू लिएर कोरिडोरमा भित्तासँग अडेस लाग्यौं। २० सेकेन्ड नबित्दै विस्फोट भयो। त्यसपछि म बिरालाहरूलाई सुरक्षित स्थानमा पुर्‍याएँ र एम्बुलेन्स बोलाएँ। त्यो मात्रै गर्न सकें।”


विश्लेषण: ट्रम्पको अभिव्यक्तिप्रति युक्रेनीहरू रुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानमा पत्रकारहरूसँग कुरा गर्दै भने, “युक्रेनीहरूकै कारण पुटिनलाई आक्रमण गर्ने बहाना मिल्यो।” उनले गत हप्ता युक्रेनी ड्रोनले रूसी सैन्य अड्डाहरूमा गरेको आक्रमणको सन्दर्भ दिएका थिए।

तर युक्रेनीहरूले यस्तो बयानप्रति असन्तुष्टि जनाउँदै ‘रुस तीन वर्षदेखि युक्रेनी सहरहरूमा बमवर्षा गरिरहेको छ’ भन्दै ‘जवाफी कारबाही’ भन्ने अवधारणा नै गलत भएको बताएका छन्।


युक्रेनमाथि रातभरमा ९ वटा मिसाइल र २०६ ड्रोन प्रहार

युक्रेनको वायुसेनाका अनुसार, रूसी सेनाले रातभरमा ९ वटा मिसाइल र २०६ वटा ड्रोन युक्रेनमाथि प्रहार गरेको छ। जसमा युक्रेनी वायु सुरक्षा प्रणालीले १७४ वटासम्म हवाई आक्रमण सामग्री नष्ट गरेको बताइएको छ।

उता, रुसको रक्षा मन्त्रालयले भने पश्चिमी रूसका विभिन्न क्षेत्रमा युक्रेनका ३६ ड्रोनहरू रोकिएको दाबी गरेको छ। प्रभावित क्षेत्रमा कुर्स्क, ब्रायान्स्क, कलुगा, स्मोलेन्स्क र मस्को क्षेत्र समावेश छन्।


यसरी हालको युक्रेन-रुस युद्धको ताजा घटनाक्रमले पुनः तनाव गहिरिंदै गएको संकेत दिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।