Washington DC, US : June 25, 2026, Thursday 06:44 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक

अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी बीच टेलिफोन वार्ता

  NepalMother.com | २३ जेष्ठ २०८२, बिहीबार १३:१८

May be an image of text

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनफिङसँग बिहीबार एक लामो टेलिफोन वार्ता गरेका छन्। वाशिङ्टन र बेइजिङबीच व्यापार र राष्ट्रिय सुरक्षासम्बन्धी बढ्दो तनावका बीच गरिएको यस संवादमा दुई देशबीचको व्यापार सम्झौताबारे विशेष चर्चा भएको थियो।

ट्रम्पले Truth Social मा लेखेका छन्, “मैले चीनका राष्ट्रपति सीसँग एकदमै राम्रो फोन वार्ता गरें, जसमा हामीले हाम्रो हालै सहमति भएको व्यापार सम्झौताका केही जटिल पक्षहरूबारे छलफल गर्‍यौं। यो वार्ता झण्डै डेढ घण्टा लामो भयो र दुबै देशका लागि सकारात्मक निष्कर्ष निकालियो।”

उनले भनेअनुसार कुराकानी मुख्यतः व्यापारकै विषयमा केन्द्रित थियो। राष्ट्रपति सीले ट्रम्प र मेलानिया ट्रम्पलाई चीन भ्रमणको निम्तो दिएका छन् भने ट्रम्पले पनि सी र उनकी पत्नी पेंग लियुआनलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएका छन्।

चिनियाँ सञ्चारमाध्यमहरूले बिहीबार नै दुई नेताबीच वार्ता भएको पुष्टि गर्दै यो कुराकानी ट्रम्पको अनुरोधमा भएको दाबी गरेका छन्। यसअघि अमेरिकी राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन ह्यासेटले एबीसी न्यूजसँग कुरा गर्दै ट्रम्प र सीबीच वार्ता हुने सम्भावना रहेको बताएका थिए।

ट्रम्प र सीबीचको यो संवाद त्यस्तो समय भएको हो जब ट्रम्पले चीनमाथि पुरानो व्यापार सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए। वार्ताको अघिल्लो दिन ट्रम्पले सीप्रति कटाक्ष गर्दै भनेका थिए कि उनीसँग सम्झौता गर्नु “अत्यन्तै कठिन” कुरा हो।

यस व्यापार सम्झौताअनुसार अमेरिका चीनबाट आउने सामानमा लगाइएको ट्यारिफ १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा ल्याउने र चीनले अमेरिकाबाट आयात हुने सामानमा लगाइएको ट्यारिफ १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको थियो। तर ट्रम्पले चीनले आफ्नो तर्फबाट सम्झौता पालना नगरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, “दु:खद कुरा के हो भने, चीनले पूर्ण रूपमा सम्झौताको उल्लंघन गरेको छ – म NICE GUY हुँ भन्ने कुराको त अर्थै छैन अब!”

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले शुक्रबार CNBC सँगको अन्तर्वार्तामा भने, “संयुक्त राज्यले आफूले गर्नुपर्ने सबै काम गर्‍यो, तर चीनले भने सम्झौताको कार्यान्वयनमा ढिलासुस्ती गरेको छ, जुन स्वीकार्य छैन।”

त्यसैबीच चीनले अमेरिकामाथि उल्टै दोष लगाएको छ। चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्युले शुक्रबार विज्ञप्ति जारी गर्दै भने, “चीनले फेरि एकपटक अमेरिका समक्ष अनुरोध गर्दछ कि उसले तुरुन्तै आफ्ना गल्ती सच्याओस्, चीनमाथि लगाइएका विभेदपूर्ण प्रतिबन्धहरू हटाओस्, र जेनेभामा उच्चस्तरीय वार्ताबाट भएको सहमति पालना गरोस्।”

तर ट्रम्पले पछि भने कि दुई नेताबीच वार्ताबाट जटिलता समाधान भएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जसँग ओभल अफिसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने, “हामीबीच राम्रो संवाद भयो, र हामीले सबै जटिलताहरू मिलायौं। यस्ता कुरा निकै जटिल हुन्छन्, तर हामीले त्यसलाई प्रष्ट बनायौं। मलाई लाग्छ हामी चीनसँग व्यापार सम्झौताका सन्दर्भमा एकदम राम्रो अवस्थामा छौं।”

यसबाहेक, ट्रम्पले सी र उनकी पत्नीलाई अमेरिका आउन निमन्त्रणा दिँदै गर्दा आफ्नो प्रशासनले चिनीया विद्यार्थीहरूमाथि कडाइ गर्ने नीति अघि बढाइरहेको छ। उनले केही समयअघि मात्र चिनीया विद्यार्थीहरूको भिसा खारेज गर्न सकिने चेतावनी दिएका थिए। तर बिहीबार भने ट्रम्पले यसबारे केही नरम अभिव्यक्ति दिँदै भने, “हामी विदेशी विद्यार्थीहरू चाहन्छौं, तर उनीहरूको राम्रोसँग जाँच हुनु आवश्यक छ।”

यसरी, यो संवादले दुई देशबीच व्यापार तथा कूटनीतिक सम्बन्ध केही सहज बनाउने संकेत दिएको छ, यद्यपि पुराना विवादहरू पूर्ण रूपमा अन्त्य भएका छैनन्।

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor