गोबरहरुको रस्साकस्सीपछि बल्ल जन्मियो तीन महिनामा गोबर-नर !
राष्ट्र बैँकमा गोरु ब्यायो राष्ट्रिय ‘आमा’ र राष्ट्रिय ‘भाउजू’लाई बिगौती भोजको चूल्है निम्तो !
***
गोबर-नर अब सीधै बैँकको
भण्डारा गएर
झिक्छ ढुकुटी र टक्र्याउँछ नजराना
आधी ‘आमा’लाई बालकोटमा
र आधी ‘भाउजू’लाई बूढानीलकण्ठमा ।
उसको बार्गेनिंग, उनीहरुको बार्गेनिंग
बल्लतल्ल टुंगो लाग्यो
र आयो कुबेरका मालिक
गोबर-नर ।
जनतालाई कागको बेल !
टाट पल्टाएर देशलाई,
कंगाल बनाएर जनतालाई
कति हसुर्छौँ हो पाजीहरु ?
कति हसुरेपछि,
कति घिचेपछि
पुग्ने हो तिमी र
तिम्रा सन्तान-दरसन्तानलाई ?
अलिअलि त लज्जा पनि बचाउ
हे राष्ट्रिय बा,
हे आमा,
हे दाइ
र, हे राष्ट्रिय भाउजू !
प्रतिक्रिया