काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डसँग मैत्रीपूर्ण खेलका निम्ति ३१ सदस्य रहेको टोली घोषणा गर्नुभएको हो । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार टोलीको गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र लिला जोशी रहनुभएको छ । रक्षकहरूमा गीता राना, निशा ठोकर, अमृता जैशी, पूजा राना, विमला बिक, मनमाया दमाई, समीक्षा घिमिरे, प्रतीक्षा चौधरी र सविना चौधरी हुनुहुन्छ ।
मिडफिल्डरमा रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, हिमा राउत, तुलसा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर र सुष्मा तामाङ रहनुभएको छ । स्ट्राइकरमा सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, मिना देउवा, ममता पुन र पूर्णिमा राई रहनुभएको छ ।
योसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणको टोली पनि ३१ सदस्यीय बनेको छ । बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । आगामी मे ३० र जुन ३ मा नेपाल र थाइल्याण्डले मैत्रीपूर्ण खेल खेल्दैछन् ।
प्रतिक्रिया