Washington DC, US : December 15, 2025, Monday 08:55 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका, युरोप र युक्रेनबीच विस्तृत छलफल : २० बुँदे शान्ति योजनाको खाका, युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको दस्तावेज, र युद्धपछिको पुनर्निर्माणसम्बन्धी योजना|यस्ता छन नेपालका आजका प्रमुख समाचारहरु|एमालेको महाधिबेशन : जसो जसो केपी ओली र महेश बस्नेत, उसै उसै स्वाहा, हर कुरामा ओली ग्याङ नै हाबी, पार्टीभित्रको दरार थप गहिरिंदै|अस्ट्रेलियामा यहूदी समुदायलाई लक्षित गरी गरिएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २९ जनालाई अस्पताल भर्ना|नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी पक्राउ|डेमोक्र्याट सदस्यहरूले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनको सम्पत्तिबाट प्राप्त तस्बिरहरू सार्वजनिक गरेपछि …..|१० जनाको मन्त्रीमण्डल भए पुग्छ धेरै किन चाहियो भन्नुहुन्थ्यो प्रधानमन्त्री सुशीला कार्कीज्यु तर यता त १४ मन्त्री पुगेछन त !|धुर्मुस र सुन्तलीको बकपत्र : “हामी भागेको होइन, छोरीको उपचार पश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं”|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए

के हो बौद्धदर्शन ?

  NepalMother.com | ४ जेष्ठ २०८२, शनिबार ११:३७

– डा.बालकृष्ण चापागाईं

बौद्धदर्शन एउटा शाश्वत मानवीय दर्शन हो । यसमा मानवतावाद, लोकतन्त्र, समानता, समावेशिता, युक्तिवाद, व्यवहारवाद र प्रतीत्यसमुत्पाद जस्ता तत्वहरू अन्तर्निहित रहेका छन् । यसका तत्व मीमांसा, ज्ञान मीमांसा र मूल्यशास्त्र जस्ता नैसर्गिक आधारलाई समयसापेक्ष ढंगले प्रचार–प्रसारको निम्ति सञ्चारजगत्ले विशेष भूमिका खेल्दै आएको छ । बुद्धको जीवनकाल र तत्पश्चात उनका शिष्य र अनुयायीहरूले अन्तर्मुखी–सञ्चार (मौन सञ्चार), अन्तर्वैयत्तिक–सञ्चार, समूह–सञ्चार तथा आमसञ्चारलाई उपयोग गरी बौद्ध दर्शनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । बौद्ध दर्शनको शाश्वत आधार भनेको दुःख हो । यसका कारण नै कारक हुन्, दुःखको उन्मुक्तिका उपाय र आधारहरू तत्व मीमांसा हुन् । यसले ज्ञान मीमांसामा पञ्चस्कन्ध, द्वादसायतन र अष्टदस धातुलाई आधार मानेको छ । प्रज्ञा, शील र समाधि अन्तर्गत अष्टांगिक मार्ग मूल्यशास्त्रमा निहित छन् । यी नै निर्वाणका आधार हुन् । बौद्ध दर्शनमा निहित तत्वहरूको लोकप्रियता र व्यापकताको निम्ति समसामयिक सञ्चारको महत्वपूर्ण भूमिका रह्यो, जुन आधुनिक कालमा पनि सञ्चारको भूमिका उत्तिकै रहेको छ र भविष्यमा पनि रहिरहने छ ।

बौद्धदर्शनको आधारका रूपमा चार आर्यसत्य, अष्टाङ्गिक–मार्ग, मध्यमप्रतिपत–मार्ग, बोधिसत्व र पारमिता, प्रतीत्यसमुत्पाद, अनात्मवाद, अनीश्वरवाद, अभौतिकवाद जस्ता विषयहरू पर्दछन् । त्यस्तैगरी बौद्धदर्शनको विकासमा वैभाषिक मत, सौत्रान्तिक मत, माध्यमिक र विज्ञानवादको अतिरिक्त हीनयान(थेरवाद), महायान, वज्रयान र यसअन्तरगतका तन्त्रयान, सहजयान र कालचक्रयान जस्ता विभिन्न सम्प्रदाय र यिनीहरूका विशेषता रहेका छन् । बौद्धदर्शनको विकासमा त्रिपिटक, अनुपिटक र अन्य बौद्ध साहित्य एवम् विभिन्न बौद्ध संगायन, शैक्षिक प्रतिष्ठानहरूको विशेष भूमिका रहेको छ ।

के हो  बौद्धदर्शन ?

मानव समाज, विचार र सञ्चार अभिन्न रूपमा जोडिएका विषय हुन् । गौतमबुद्धले जीवनकालमा अन्तर्मुखी–सञ्चार, अन्तर्वैयक्तिक–सञ्चार, समूह–सञ्चार र तत्कालीन अवस्थाको प्राचीन आमसञ्चारका विभिन्न तरिकाको उपयोग गरेका थिए । तपस्याको बेला अन्तर्मुखी–सञ्चार, ज्ञान–प्राप्तिपछि शिष्यहरूका बीच कुरा गर्दा अन्तर्वैयिक्तिक – सञ्चार, समूहगत रूपमा सत्संग गर्दा समूह–सञ्चार र ठूल–ठूला धर्म सभाहरू गर्दा तत्कालीन आमसञ्चार पद्धतिको प्रयोग गरेका थिए । बौद्धदर्शनको विकासमा संगायनहरू, नालन्दा, तक्षशिला, बल्लभी, विक्रमशिला, जगदला र ओदान्तपुरीलगायतका विभिन्न बौद्ध शैक्षिक प्रतिष्ठानहरूको महत्वपूर्ण योगदान रहेको छ ।

श्रवण परम्पराबाट सञ्चारित भई पुस्ता हस्तान्तरण हुँदै आएको बौद्ध धर्म–दर्शन गौतमबुद्धका शिष्य, अनुयायी, भिक्षु, भिक्षुणी, धर्मसभा, संघ एवम् तत्कालीन समयका सञ्चार–साधन र शैलीको उपयोगबाट विकसित हुँदै आएको हो । विश्वशान्तिका लागि बौद्ध–दर्शन र सञ्चारको विशेष महत्व रहेको छ । बुद्धका विचार व्यावहारिक र जीवनोपयोगी भएकाले यसको लोकप्रियता र प्रभाव बढ्दै गएको देखिन्छ । बौद्धदर्शनको विश्वव्यापी प्रभाव बढ्नुमा गौैतमबुद्धका अहिंसावादी सोच र लोककल्याणकारी विचार नै मुख्य आधारका रूपमा रहेकोे पाइन्छ । ती विचारहरूलाई विभिन्न सञ्चारका माध्यमबाट विश्वव्यापी गराउनमा योगदान पुगेको देखिन्छ । मानिसले शान्तिको चाहना गरे तापनि त्यसको प्राप्तिका बारेमा सही विचार आत्मसात् गर्न नसकी तड्पिरहेको अवस्थामा बुद्धका विचारले शान्तिका लागि योगदान दिन सक्ने दार्शनिक तथा सैद्धान्तिक आधार पाइन्छ ।

बौद्ध दर्शन र शान्ति परिपूरक भएकाले यसलाई विश्व मानव समाजमा प्रभाव बढाउन आवश्यक देखिन्छ । मानव जातिको लागि शान्ति साझा चाहना हो । यसको प्राप्तिका लागि मानिसले अनेकाँै कोशिस गर्दै आएको छ तापनि शान्ति प्राप्त गर्न सकेको छैन । शान्तिका लागि विभिन्न सिद्धान्तहरूको पनि व्याख्या र विवेचना भएको पनि पाइन्छ । ती सिद्धान्तहरूमा पनि शान्तिको लागि सही मार्ग र गन्तव्यको विश्वसनीय आधार भेटिदैन । यही कमीलाई दृष्टिगत गरी विश्वशान्तिका लागि बौद्ध दर्शनको आलोकमा सञ्चारमा शान्ति सिद्धान्तको प्रतिपादन भएको पाइन्छ । यसलाई सञ्चारको पाँचौ सिद्धान्तका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयले प्राज्ञिक अनुसन्धान गराई आधिकारिक मान्यता प्रदान गरेको छ ।
बुद्धका विचारको सञ्चारले मात्र मानिस र समाजलाई सन्मार्गमा हिँडाउन प्रेरित गर्ने र यसले मात्र समाजमा शान्ति स्थापना हुनसक्ने भन्ने विश्वास बढ्दै गएको पाइएको छ ।

‘अत्ता हि अत्तनो नाथो’ अर्थात् आफ्नो मालिक आफै हो भन्ने बौद्ध दर्शन नै संसारकै सबैभन्दा मानवीय दर्शन हो भन्ने पुष्टी भएको छ । गौतमबुद्धले भनेका ‘जीवन र जगत् हरेक क्षण परिवर्तनशील छ, अनित्य बोध यसको आधार हो’ भन्ने वास्तविकतालाई भौतिक विज्ञानले पनि स्वीकार्नु र बौद्ध दर्शनको सान्दर्भिकता विश्वमा झनै बढ्दै जानु महत्वपूर्ण पक्ष देखिन आउँछ । सम्राट् अशोक बौद्ध धर्म–दर्शनबाट प्रभावित हुनुअघि नृशंस शासक थिए । कलिङ्गको लडाइमा भएको नरसंहारको घटना र त्यहाँ बगेको रगत देखेपछि शस्त्रास्त्रप्रतिको उनको मोहभङ्ग भई बौद्ध–दर्शनको प्रचार–प्रसारमा सम्पूर्ण जीवनलाई समर्पित गरेका थिए । बौद्ध–दर्शनको विश्वव्यापी सञ्चार र प्रभाव विस्तारमा सम्राट अशोक र यिनलाई ज्ञान दिने भिक्षुको विशिष्ट योगदान रहेको देखिन्छ ।

बौद्ध धर्म – दर्शन ‘उपासना, आवरण र पोशाक’ मात्र नभई अन्तस्करणको आवाज, भित्री गुण, चरित्र वा विशेषताले युक्त भएको पाइन्छ । गौतम बुद्धले सङ्घको महत्व र सामूहिकताको अनुपम नमूना प्रस्तुत गरेका छन् । अशोकले गौतम बुद्धको जन्मस्थल पत्ता लगाई स्तम्भ खडा गरेको करिब दुईहजार वर्षपछि मात्र पाल्पाका तत्कालीन बडाहाकिम खड्ग शमशेरले लुम्बिनी बनमा शिकार खेल्ने क्रममा फेला पारेको अशोक स्तम्भ र उनी लगायत अनेक व्यक्तिको प्रयासबाट लुम्बिनीको उत्खनन् भएकाले त्यसको पहिचान भई विश्वव्यापी प्रचार हुन सकेको देखिन्छ ।

बौद्ध धर्म–दर्शनमा दान अर्थात् त्याग, शील अर्थात् नैतिक गुण, नैष्क्रम्य अर्थात् अनाशक्ति, प्रज्ञा अर्थात् यथार्थ ज्ञान, वीर्य अर्थात् उत्साह, क्षान्ति अर्थात् सहनशीलता, सत्य अर्थात् यथार्थ वचन, अधिष्ठान अर्थात प्रतिज्ञा, मैत्री अर्थात् समताभाव, र उपेक्षा अर्थात् मध्यस्थताजस्ता पारमिताहरूको कार्यन्वयनले समाजमा शान्ति स्थापना हुने देखिन्छ । आफ्नो श्रमले प्राणीप्रति अनुकम्पापूर्ण हृदयले र प्रज्ञापूर्ण दृष्टिकोणले गरिने परोपकार चर्या अर्थात् व्यवहार नै बौद्ध धर्म—दर्शनमा बोधिसत्वको क्रियाको रूपमा देखिन आउनुले समस्त मानवजातिको कल्याणका लागि बुद्धका विचारको औचित्य अझ स्पष्ट हुन्छ ।

निर्वाणमुखी बोधिसत्वले अरूको दुःख देखेर आफूलाई नै भएझैँ सम्झन्छन्, अनुभूति गर्छन् र जुनसुकै उपाय वा प्रयासले परदुःख हटाउन कोशिस गर्दछन् भन्ने बुद्धका विचार अत्यन्तै व्यवहारिक देखिन्छन् । पारमिता बमोजिमका आचरण गर्न सक्ने व्यक्तिले सबैसँग हितैषी भाव देखाउँछन् र आफू, अर्को, उच्च, नीचको भेदभाव नराखी विश्वको हित र सुखको कामना गर्दछन् भन्ने कुराले बौद्ध धर्म–दर्शन प्रतिको आस्था र विश्वास बढ्दै गएको पाइन्छ । सबैलाई सुख र शान्तिपूर्ण जीवन बाँच्न मन पर्छ । सारा जीवित प्राणी दण्डसित डराएका हुन्छन् । त्यसैले आफूबाट प्राणीहरूलाई भय र त्रास नदिनु नै अभयदान हो । प्राणीहरूलाई उत्तम उपदेश दिएर परोपकार गर्नु नै धर्मदान हुन्छ । अधर्म र असत्मार्गबाट धर्म र सत्मार्गमा ल्याउन सहयोग पु¥याउनु नै धर्मदान गर्नु हो भन्ने जस्ता उपदेशबाट मानिसलाई सत्मार्गमा हिड्न बुद्धले प्रेरित गरेकाले बुद्धप्रतिको आस्था र विश्वास बढेको पाइन्छ ।

गौतम बुद्धले भनेका ः—‘न हि वेरेन वेरानि सम्मन्तीध कुदाचनं । अवेरेन च सम्मन्ति एस धम्मो सनन्तनो ।’ अर्थात्् यस संसारमा वैरभावबाट कहिल्यै वैर शान्त हुन सक्तैन । मैत्रीबाट नै शान्त हुन्छ । त्यतिबेलाका समाजका पीडाहरूप्रति उनी सम्वेदनशील थिए । उनले सबै मानिसहरूलाई आफ्नो नया“ मत र धर्ममा स्थान दिएका थिए । गौतम बुद्घले तर्कको आधारमा आफ्नो नयाँ मत दृढताकासाथ स्थापित गरेका थिए । उनका साहसिक कदमहरू समाज सुधारका आन्दोलन नै बनेका थिए । यो प्रेम, करुणा र सहानुभूतिबाट अनुप्राणित थियो । बुुद्घका विचारले त्यस बखतका नारीहरूमा सामाजिक सुधारको थालनी गरेको थियो । बुद्घ सङ्घमा तिनीहरूलाई समानताको व्यवहार गरिन्थ्यो । यसले गर्दा गौतम बुद्धले समानतावादी दृष्टिकोण राखेको स्पष्ट हुन्छ । बौद्ध दर्शनको लोकप्रियतामा यिनै र यस्तै विषयले प्रभाव दिएको पाइन्छ ।

गौतमबुद्घ र अहिंसा एक अर्काका परिपूरक छन् । अहिंसा नै उनको उपदेशको सार र अन्तिम लक्ष्य हो । शिक्षा मानिसहरूको लागि त्यति नै आवश्यक छ, जति जीवनका लागि भोजन हुन्छ । तर सदाचाररहित शिक्षा साँचो अर्थमा शिक्षा हुन सक्दैन । शिक्षाले त सत्मार्गमा डो¥याउनु पर्दछ भन्ने बुद्धका विचार मानव समाजका लागि सधैँ उपयोगी देखिन्छन् । भवतु सब्ब मंगलम् ।

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।