अहङ्कारी, दम्भी, घमण्डको घैँटो अर्थात् खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !
नेपाली राजनीतिमा “भष्मासुर” भनिने प्रचण्डलाई पनि माथ गरेका, सबैभन्दा बढी अहङ्कारी, दम्भी, घमण्डी, खल पात्र जसले २०२८ / २०२९ सालको झापा काण्ड देखि २०८२ सालको जेंजी आन्दोलन सम्म रगतको होली खेल्यो, त्यो घमण्डको घैँटो अर्थात् खड्ग प्रसाद ओली उर्फ केपी शर्मा ओलीलाई झापाबाट निर्वाचन मार्फत पत्ता साफ बनाउने जनतालाई एउटा नेपाली मन भएको स्वतन्त्र नागरिकका नाताले म पनि नमन र सम्मान व्यक्त गर्न चाहन्छु ।
ती खल पात्रलाई नै उनको गणेश बनेर, सुमेरु पर्वत मान्दै, घुम्दै देश र जनतामाथि अधिनायकवाद लाद्न उनलाई उक्साउने लगभग सबैजसो सहायक खलपात्रहरु लाई पनि धुलो चटाउने जनतालाई पनि मेरो उच्च सम्मान छ ।
सँग सँगै निर्वाचन हार्नै पर्ने अर्का खलनायक प्रचण्डको हार भएको सुन्न नपाउँदा त्यहाँ भने निकै दुख लागेको छ । रुकुमेली जनताले समय बुझ्न नसक्नु भएकोमा मेरो गुनासो पनि छ । बालेन सहित देशै भरका सबै विजेताहरूलाई शुभकामना व्यक्त गर्दै अब देशले निकास पाओस्, सुशासन र विकास तर्फ देश अघि बढेको देख्न सुन्न पाउँ, जेंजीका हत्याराहरू कारबाहीको दायरामा आउन कामना गर्दछु ।
म पत्रकारिता र कलाकारिता क्षेत्रको एउटा विद्यार्थी । हामी र हामी जस्ता पेशागत जो कोही पनि, जुन सुकै पेशागत मान्छे पनि र विशेष गरी पत्रकार, कलाकारहरू त झन् बढी स्वतन्त्र, निष्पक्ष भएर देश र जनताका सवालहरूमा सत्तासीनहरूलाई आँखा खुलाउन घच्घच्याउन अग्रसर हुनु पर्ने जरुरी हुन्छ। उनीहरूको झन्डा बोक्ने र कुनै पनि पद वा लाभका लागि चाकडी गर्ने वा उनीहरूले गलत गर्दा पनि उनीहरूको पक्षमा वकालत गर्ने काम म बाट कदापि हुने छैन । २० वर्ष भन्दा बढी समय देखि स्वतन्त्र छु र स्वतन्त्र र निष्पक्ष भएरै सधैँ सत्य र न्यायका लागि बोल्ने छु, लेख्ने छु। कसैसँग कुनै कम्प्रोमाइज गर्ने छैन ।
अन्त्यमा तितो लाग्ने तर एउटा अकाट्य सत्य कुरा फेरि पनि थप्छु – यो संविधान र यस अन्तरगत हुने कुनै पनि चुनावले देशलाई पूर्णरुपमा निकास दिन सक्ने देखिँदैन । राष्ट्रिय सभा र प्रदेश सरकारहरू घाँटीमा अड्किएका हड्डीका रूपमा छन् । राष्ट्रिय सभा र प्रदेश सरकारहरू, स्थानीय निकायहरूमा अहिले विजयी भएको पार्टीको शून्यताको अवस्थाले गर्दा सजिलो अवस्था पनि छैन। देश र जनताको हितका लागि देश भित्र भएका सबै शक्तिहरू र सबै पक्षहरूका बिचमा सके सम्म सहमतिको प्रयास कायम गरी र देशलाई अब नयाँ ढङ्गले अगाडी बढाउन आवश्यक छ, मनन होस्, जनताको चाहना र मर्म बुझ्ने काम होस् । सत्य तितो लाग्न सक्छ । तर अहिलेको यथार्थता यही नै हो है ! सबैलाई चेतना भया !!
प्रतिक्रिया