Washington DC, US : June 25, 2025, Wednesday 08:11 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

‘फेक’ मानिसको देश !

  NepalMother.com | २२ बैशाख २०८२, सोमबार ०८:२७

कवि भुपी शेरचनले दशकौँअघि साहित्यिक माध्यमबाट नेपालीहरूबारे निकाल्नुभएको निष्कर्ष अनुसन्धानले पुष्टि गरेर गुगल मार्फत जानकारी मिलेको धेरै भएको छैन । कवि शेरचनको भनाइ छ- ‘हामी नेपालीहरू बहादुर छौँ, त्यसैले बुद्धू छौँ ! बहादुर छौँ त्यसैले त बुद्धू छौँ । मानिस शिक्षित हुनु र ज्ञानी बन्नु एउटै होइन, बौद्धिक हुनु र विवेकी बन्नुका बीच पनि अन्तर रहन्छ । वर्तमान परिवेशले शैक्षिक प्रमाणपत्रलाई योग्यता र क्षमताको मुख्य आधार बनाएको छ । तर शैक्षिक प्रमाणपत्र प्राप्त गरेर न महावीरको उत्पत्ति भएको हो, न गौतम बुद्ध र अनेकौं ऋषि मुनिहरू पैदा भएका हुन् । न्युटनदेखि आइन्स्टाइन र चार्ल्स डार्बिनदेखि ग्राहम बेलसम्मका कुनै पनि वैज्ञानिकहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्रले जन्माएको होइन । यसको अर्थ शैक्षिक योग्यताको प्रमाणपत्र अर्थहीन हुन्छ भन्ने होइन, नचिनिएका या नबुझिएका मानिसलाई मापन गर्ने सर्वमान्य आधारचाहिँ शैक्षिक प्रमाणपत्र नै हो । तथापि त्यस्तो प्रमाणपत्रले मानिस दूरदर्शी तथा इमान्दार भए/नभएको, ब्यवस्थापकीय क्षमता र लगनशीलता रहे/नरहेको र देशभक्त एवम् राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राख्ने स्तरको भए/नभएको भन्नेचाहिँ निर्धारण गर्दैन । अशिक्षित या कम शिक्षित मानिसमा केही कमजोरी अवश्य हुन्छन्, तर यसको अर्थ अशिक्षित मानिस इमान्दार, दूरदर्शी र देशभक्त हुँदैनन् भन्ने होइन ।

नेपालको सन्दर्भमा एकीकरणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाह शिक्षित थिएनन्, राजा महेन्द्र अल्पशिक्षित थिए र जङ्गबहादुर राणा अक्षरसमेत चिन्दैनथे ! दस्तखत गर्न सिकेका थिए तर उनी झण्डै दुई मिनेट लगाएर एउटा दस्तखत गर्ने गर्दथे । जब कि नेपालको इतिहासमा सबैभन्दा ठूलो योगदान यिनै महामनाहरूले पुऱ्याएका छन् । आ-आफ्नै प्रकारले योगदान पु¥याउने अन्य महामनाहरूमा बलभद्र कुँवर, भीमसेन थापा, बीपी कोइराला, टङ्कप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी आदि पनि हुन् । यसरी राष्ट्रलाई विशिष्ट योगदान पुऱ्याउने ब्यक्तिहरू कुनै स्कुले प्रमाणपत्रमा आधारित ज्ञानबाट उत्प्रेरित भएका होइनन्, उनीहरू केवल राष्ट्रप्रेमबाट प्रेरित भएर काम गरेका कारण आफ्नो विशिष्टता प्रमाणित गर्न सफल भएका हुन् । देशका निम्ति योगदान दिन चाहनेले निजी खुशीलाई प्राथमिकतामा कदापि राख्न मिल्दैन भन्ने सन्देश उल्लिखित महानुभावहरूले दिएका छन् ।

आज योग्य र इमान्दार नदेखिएका नेताहरूले देशको भविष्य सुधार्ने कुनै नीति र कार्यक्रम प्रस्तुत गर्न नसकेका भएपनि विगतमा उनीहरूले दर्शाएको समर्पण, निष्ठा र सङ्घर्षपूर्ण जीवनशैली अनुकरणीय छ । हो, राजनीतिक परिवर्तनको नेतृत्व गर्ने ब्यक्ति आर्थिक क्रान्तिमा सफल भएको दृष्टान्त संसारमा प्रायः भेटिँदैन । चीनमा राजनीतिक परिवर्तनको नेतृत्व माओले गरेका थिए, तर आर्थिक क्रान्ति देङ सियाओ पिङको नेतृत्वमा भयो । भारतमा राजनीतिक परिवर्तनको नेतृत्व सरदार बल्लभभाइ पटेल, मोहनदाश करमचन्द र जवाहरलाल नेहरू आदिको नेतृत्वमा भएको थियो । तर आर्थिक परिवर्तनको नेतृत्व गर्नेमा पीभी नरसिंह राव, मनमोहन सिंह र नरेन्द्र मोदीको नाम लिइन्छ । यता हाम्रो राजनीतिचाहिँ राजनीतिक परिवर्तनको मात्र अनुभव भएका मानिसबाट मूक्त हुन अहिलेसम्म सकिरहेको छैन ।

विगतमा राम्रो योगदान पुऱ्याएका तर भविष्यबारे कुनै भिजनको विकाश गर्न नसकेकाहरूको नेतृत्वमा देश चलेको साढे तीन दशक बितिसकेको छ र जिम्मेवारी हस्तान्तरण गर्ने इच्छा पनि उनीहरूमा देखिएको छैन । हाल संसद्मा रहेका दलहरूको मूल नेतृत्वप्रति आम मानिसमा कुनै आशा र भरोसा शेष रहेको ठानिँदैन । बरु उनीहरूको बिदाई नै नेपालीको आम चाहना हो । जनताको यस्तो मनोविज्ञानलाई बुझ्न नसकेर या नचाहेर मुख्य नेताहरू राजा जस्तै बाँचिन्जेल आफै सत्तामा रहने र मरेपछि पनि आफ्नै मानिसको हातमा सत्ता रहोस् भन्ने चाहनाअनुरूप काम गर्दैछन्, नेताहरूको यो सोचले मानिसलाई थप चिढ्याएको छ । एउटा विस्थापित हुँदा उनीहरूमध्येकै अर्को ब्यक्ति स्थापित हुने जुन चक्रप्रणाली कायम गरिएको छ, यो क्रम-उपक्रमले मानिसमा चिढ मात्र पैदा गराएको नभइ निराशा र आक्रोश पनि ब्याप्त गराएको छ । फलस्वरूप अति महत्वाकाङ्क्षाले ग्रस्त अनेक आकार-प्रकारका प्राणीहरू जनभावनामा खेल्दै आफूलाई राजनीतिमा स्थापित गर्न मौका छोप्दैछन् । राजनीति मात्र होइन समाज र राज्यको हरेक क्षेत्रमा ‘फेक’ मानिसहरूको चल्ती बढेको छ ।

जो मानिस एक वाक्य शुद्ध लेख्न सक्दैन त्यस्ता मानिस साहित्यकार बनेर पटक-पटक पुरष्कृत भएका छन् । ज्याला दिएर लेखाउने र आफ्नो नाममा पुस्तक प्रकाशन गर्नेहरू उपन्यासकार र कवि बनेर वाहवाही आर्जन गर्नेहरूले वास्तविक साहित्यकारहरूलाई पछाडि पारिरहेका छन् । सर्वोच्च अदालतमा कैयन योग्य मानिस प्रधानन्यायाधीश बने, सत्यप्रेमी न्यायाधीश गुमनाम छन्, तर अतिरिक्त नगद नलिइकन कुनै फैसला नगर्ने, गाईको नाममा समेत असुली धन्धा चलाउने, निम्न तहको आफ्ना निजी कर्मचारीलाई वैदेशिक रोजगारीमा पठाएर तुच्छ हरकत गर्ने ब्यक्ति पहेलो रङ्गको बस्त्रमा बेरिएकै भरमा सन्त भनिएका छन्, मान-सम्मान असुलेका छन् । प्रजातन्त्र र काङ्ग्रेस पार्टीको वैचारिक आन्दोलनसङ्ग कुनै साइनो र सरोकार नभएका ब्यक्ति काङ्ग्रेस पार्टीको नेतृत्व लिने स्थितिमा पुग्नुले पनि ‘जो जे होइन त्यो नै त्यही हो’ जस्तो सन्देश प्रवाह भएको छ र, मानिसहरू साँच्चै काङ्ग्रेसको नेताका रूपमा स्वीकार गर्ने मन बनाउँदैछन् ।

पत्रकारिता क्षेत्रमा पनि त्यस्तै अवस्था छ । जो एउटा वाक्य लेख्न सक्दैन, जो शुद्ध दुई हरफ लेख्न जान्दैन र जसलाई पत्रकारिताको न्यूनतम मूल्य-मान्यता थाहा छैन, तिनै ब्यक्ति देशका अधिक स्वीकार्य पत्रकारका रूपमा चिनिन्छन् । अर्थात् जो पत्रकार हुँदैहोइन र पत्रकारमा हुनुपर्ने न्यूनतम क्षमता राख्दैन, देशको पत्रकारिता त्यस्तैको ठेक्कामा परेको छ । कला क्षेत्रमा हेर्दा पनि अभिनय क्षमता भन्दा अन्य गुण/क्षमतालाई प्राथमिकतामा राखेर मापन गर्ने गरेको पाइन्छ । गायन र सङ्गीत क्षेत्रमा वास्तविक कलाकार जोसङ्ग मिठासपूर्ण स्वर र बेजोड गायकी छ त्यस्ता कलाकार ओझेल परेका छन्, गला र कला नभएका बालेन्द्र टाइपका झ्याँसहरू चर्चित गायक कहलिएका छन् ।

राजनीतिक फाँटमा पनि देशप्रति समर्पित सच्चा सेवकहरू पछाडि पारिएका छन्, व्यापारी र बिचौलिया भूमिकामा अब्बल ठहरिएका मानिसको कब्जामा नेपाली राजनीति अल्झिएको छ । निश्चित मूल्य-मान्यता र निष्ठासहित कुनै इमान्दार मानिस राजनीतिमा प्रवेश गर्न खोज्यो भने सबैतिरबाट त्यस्ता ब्यक्तिलाई निरुत्साहित गरिन्छ । कदाचित प्रवेश गर्न सफल भएछन् भनेपनि तिनलाई टिक्न दिइन्न । नेतृत्वपङ्क्तिले मात्र होइन मतदाताद्वारा समेत इमान्दार देशभक्त र सेवक भूमिकाका मानिसलाई भन्दा नगदी या स्टण्टबाजलाई महत्व दिइन्छ । विभिन्न उच्च जिम्मेवारीमा रहेका मानिसलाई होच्याउन, अपमानपूर्ण शब्द प्रयोग गर्न र चर्का कुरा गरेर अलमल्याउन सक्ने सस्ता ब्यक्तिहरू रातारात नेता या अभियन्ता ठानिन्छन् !

झुठो र नकारात्मक विषय कतैबाट जानकारीमा आइपुगिहाल्यो भने सत्य तथ्य नबुझिकन रमाइ-रमाइ प्रचारमा जुट्ने, तर सकारात्मक र सत्य कुरालाई चाहिँ नपत्याउने, शङ्का गर्ने र कदाचित पत्याइएको अवस्थामा पनि त्यसको प्रचारमा रुचि नलिने अनौठो प्रवृत्ति नेपाली समाजमा उत्पन्न भएको छ । नेपाली दार्शनिक रुपचन्द्र बिष्टले देहत्याग गर्नुअघि नेपाली जनता बारे निष्कर्ष निकाल्दै भनेका थिए- ‘नेपालीहरू झुठ र नकारात्मक कुरा मन पराउने र धुमधामसङ्ग प्रचारप्रसारमा जुट्ने, सत्य र सकारात्मक विषयचाहिँ पत्याउँदै नपत्याउने स्वभावका रहेछन् । मेरो जन्म सत्य बताउन र मानिसलाई जगाउनका निम्ति भएको हो, तर यिनलाई जगाउन सकिएन, अब मेरो काम रहेन, त्यसैले देह त्याग गर्ने निर्णयमा पुगेको छु ।’ त्यस्तै, सन्तनेता कृष्णप्रसाद भट्टराईले पनि सत्यको लडाइँमा नेपाली जनताको साथ नपाएको महसूस गर्दागर्दै मृत्युवरण गर्नुपरेको थियो । त्यागी नेता गणेशमान सिंहले पनि जीवनको अन्त्यतिर कसैकाप्रति गुनासो प्रकट गर्नुभएको थियो भने त्यो नेपाली जनताकै बारेमा थियो । उहाँले त मानिसलाई ‘भेडा’को उपमा नै दिनुभएको हो ।

सत्यप्रतिको उदासिनता र झुठप्रतिको आकर्षण नेपाली समाजको एउटा विशेषता बनेको छ । तथ्य र प्रमाणलाई भन्दा आफूलाई लागेको कुरालाई नै सही ठान्ने र अन्तिमसम्म त्यसैमा अडिग रहने नेपालीहरूको अद्वितीय प्रवृत्ति वास्तवमा अनुसन्धान गर्नलायक छ । नेपालीहरू २०४६ सालतिर राजा वीरेन्द्र र रानी ऐश्वर्यको स्वीस बैंकमा अर्बौंको सम्पत्ति रहेको अनधिकृत प्रचारमा खुब रमाए । पन्चायती ब्यवस्था ढालेर बहुदलीय प्रजातन्त्र स्थापना गरिएपछि उक्त रकम स्वदेशमा फिर्ता ल्याइने भाषणमा मच्चिइ-मच्चिइ ताली बजाउनेमध्येका एकजना कसैले आजसम्म ‘खोइ त्यो रकम फिर्ता ल्याउने प्रक्रिया सुरु भयो ?’ भनेर कहिँ-कतै सोधखोज गरेको पाइएको छैन । भन्नेले भनिदिए, सुन्नेले सुने, ब्यवस्था बदल्न यस्ता प्रचारबाजीले काम पनि गऱ्यो, तर त्यसबारे सत्य तथ्य बुझ्ने इच्छा उतिबेलै बिसर्जन भयो ।

२०५८ जेठ १९ गते राति राजदरबारमा धेरै दुःखद हत्याकाण्ड भयो, उक्त घटनाका पीडित घाइते र प्रत्यक्षदर्शीहरू अहिलेसम्म जीवित छन् र उनीहरूले आफूलाई गोली दाग्ने मानिसको नाम बारम्बार बताइरहेछन्, तर नेपाली जनता देख्नेका या भोग्नेका कुरा पत्याउँदैनन् । बरु घर बसेर आफूले ठानेको कुरालाई नै सत्य ठान्ने या त्यसताक विदेशी भूमिमा आश्रय लिएर स्वदेशीजनको हत्या गराउने नियोजित कुकर्ममा संलग्नहरूले उतैबाट गरेको आधारहीन प्रचारबाजीमा चाहिँ विश्वास गर्ने सोच नेपालीमा देखियो । तथ्य बुझ्ने जाँगर नचलाउने, झुठमै रमाउने मानसिकता यस प्रकरणमा पनि देखियो ।

एक समय प्रधानन्यायाधीश हुनुहुन्थ्यो गोपाल पराजुली, जन्ममितिबारे सार्वजनिक चासो भएपछि उहाँले एसएलसीदेखिका शैक्षिक योग्यताको प्रमाणपत्र, सुरु नियुक्तिका क्रममा पेस गरिएका कागजपत्र र जन्मकुण्डली लगायतका प्रमाण प्रस्तुत गर्नुभयो, तर कसैले पत्याएनन् । सुशीला कार्की नामक एक महिला (जसलाई माओवादीले न्यायाधीश बनाइदिएको थियो) ले आफ्नो अधिकारको बल प्रयोग गरी नागरिकता प्राप्त गरेको मितिलाई नै जन्ममिति भएको घोषणा गरिदिइन्, त्यही झुठको पक्षमा मानिस उभिए । सक्कली जन्ममिति प्रस्तुत गरेर सेवा प्रवेश गर्नुभएका गोपाल पराजुलीले नक्कली जन्ममितिका आधारमा सेवाबाट अपदस्थ हुनुपऱ्यो, तर तथ्यका पक्षमा उभिने जागर न राज्यले चलायो न नागरिकले नै त्यसमा चासो देखाए ! केपी ओली नेतृत्वको सरकारमा गोकुल बास्कोटा मन्त्री (२०७४ को निर्वाचनपश्चात) रहेका बेला सरकारले जी टु जी मोडल (दुई देशका सरकारबीचको सम्झौताबाट गरिने कार्य)मा सिक्योरिटी प्रेस खरिद गर्ने निर्णय गऱ्यो । उक्त कार्यमा सञ्चार मन्त्रालयको जिम्मेवारी समन्वयकर्ताको मात्र थियो । सरकारले आह्वान गरेको टेण्डरमा फ्रान्स र जर्मनीको कम्पनीले मात्र सहभागिता जनाएको थियो । क्याबिनेटले सञ्चार मन्त्रालयलाई जर्मनी र फ्रान्स मध्ये कुन मुलुकको प्रस्ताव उपयुक्त छ भन्ने विषयमा अध्ययन गरी क्याबिनेटलाई राय दिनुपर्ने जिम्मेवारी दिएको थियो । तर व्यापारिक गिरोहको प्रायोजनमा एउटा नियोजित नाटक मञ्चन भयो, टेण्डरमा भाग नै नलिएको कुनै स्वीस कम्पनीका प्रतिनिधिसङ्ग गोकुल बास्कोटाले ‘डील’ गरेको भन्ने प्रचारबाजी भयो । टेण्डर प्रक्रियामै सहभागिता नजनाएको देशको कम्पनी प्रतिनिधिसङ्ग डील भएको भन्ने प्रचारबाजीमा नेपालीले आँखा चिम्लेर सहभागिता जनाए । काभ्रेबासी जनतामा विवेक नभएको भए गोकुलको राजनीतिमा पूर्णबिराम लाग्ने थियो । यी केही दृष्टान्तमात्र हुन्, आम सस्कृति नै यस्तो बनेपछि घटनाहरूको सङ्ग्रह प्रस्तुतिको सीमाबाहिर हुँदोरहेछ !

दुःखका साथ स्वीकार गर्नुपर्छ- हामी नेपाली अत्यन्तै लघु स्मरण क्षमता (short memory) का छौँ ! त्यसैले हामी कुनै पनि विषय र पात्रलाई चौतर्फी अध्ययन गरेर निष्कर्षमा पुग्ने गर्दैनौँ ! सत्य र तथ्य बुझ्न पनि हामी आफ्नो दिमागको प्रयोग गर्न चाहदैनौँ । जस-कसैकाप्रति अर्काले बनाइदिएको धारणाबाट काम चलाउने गर्दछौँ । आफैलाई मिलिरहेको खुशी र सुख पनि अर्काले भनिदिएपछि मात्र महसूस गर्न थाल्छौँ । आफ्नो सुखभन्दा अर्काको दुःखलाई प्राथमिकता दिने गर्छौं । कसैलाई सुनेका भरमा पहिले नै भगवान् या राक्षस मान्छौँ र भगवानबाट भएका अपराधप्रति सधैं क्षमाशील तथा राक्षस ठानिएकाहरूबाट भएका असल कार्यलाई पनि उपेक्षा र अपमान गर्ने संस्कार हामीले बसाएका छौँ । कसैले अभिनय गरेर राम्रो हँसायो या रुवायो भने, राम्रो गीत गायो भने अर्थात् कुनै खास क्षेत्रमा विशिष्टता हाशील गऱ्यो भने उसलाई नै विधाता ठान्छौँ, सबै कार्यमा उ सफल हुने ठान्छौँ र देशको जिम्मा लगाउन हतार गरिहाल्छौँ !

यस्ता अनगिन्ती कारण छन् जसले हामीलाई मुर्खको पहिचान बनाउन सहयोग पुऱ्याएको छ । विश्वका सबैभन्दा इण्टेलिजेन्ट (बुद्धिमान) मानिसमा क्रमशः जापान, ताइवान, सिङ्गापुर, हङकङ, चीन, दक्षिण कोरिया, बेलारुस, फिनल्यान्ड र जर्मनी लगायतका देशको बासिन्दा परेका छन् भने सबैभन्दा न्यून इण्टेलिजेण्ट (अर्थात सबैभन्दा मूर्ख) जनता भएको मुलुकमा नेपाल अग्रस्थानमा परेको छ । सन् २०२५ मै भएको एक अनुसन्धानात्मक अध्ययनले पनि नेपालीलाई विश्वको एक नम्बर मुर्खका रूपमा किटान गरेको गुगलले देखाएको छ । जसअनुसार नेपाल पहिलो र त्यसपछि क्रमशः लाइबेरिया, सियरालिओन, ग्वाटेमाला, केप भर्ड, गाम्बिया, निकारागुआ, गिनिया, घाना र आइभरीकोष्ट मुर्खहरूको सूचिमा परेका छन् । यसको अर्थ उल्लिखित मुलुकमा जन्मिएका सबै मानिस मूर्ख भन्ने होइन, तर मुर्खहरूको ‘डोमिनेसन’ रहेकोचाहिँ अवश्य हो । यी मुलुकमा जसले जनतालाई ज्यादा मुर्ख बनाउन सक्छ त्यस्तैले शासन गर्न सकेको देखाउँछ । फेक अर्थात् झुठा मानिसहरूको नेपाली राज्यसंयन्त्रदेखि सबै सामाजिक र राजनीतिक क्षेत्रमा बोलवाला रहनुको कारण पनि हाम्रो मुर्खपन नै हो ! के हामी बुद्धिमान बन्ने बाटोमा हिँड्नै नमिल्ने हो ? नेपाली जनतालाई मेरो यही एउटा प्रश्न छ, जय मातृभूमि ! – घटना र विचार

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।