Washington DC, US : June 8, 2026, Monday 04:32 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|वरिष्ठ लोकगायिका तथा साहित्यकार हरिदेवी कोइरालाको कविता सङ्ग्रह ‘मायाको भूगोल’ लोकार्पण|Cartoon|युक्रेन युद्ध अन्त्यका लागि युरोपेली शक्तिहरूको पाँच सूत्रीय प्रस्ताव, अमेरिकाको सहभागिता अपरिहार्य रहेको जोड|फिलिपिन्सको दक्षिणी क्षेत्रमा शनिबार बिहान शक्तिशाली भूकम्प गएपछि प्रशान्त क्षेत्रका धेरै देशहरूमा सुनामीको चेतावनी जारी|रास्वपाको संगठन विस्तारमै संकट : जिल्ला अधिवेशन विवादले पार्टीभित्र बढायो असन्तुष्टि|प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सत्ता लाई आच्छु आच्छु पार्दै ‘कक्रोच जनता पार्टी’|नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने सहमति|भैरब अर्यालको मन छुने कविता|इरान – अमेरिका युद्धविराम संकटमा, खाडी क्षेत्रमा नयाँ तनाव; लेबनानमा इजरायली आक्रमण झन् तीव्र|प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको खबरदारी सभा, माफी माग्न माग

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू अब ग्रीन कार्डका लागि आवेदन दिने व्यक्तिले प्रक्रिया पूरा नहुँदासम्म अमेरिका छाडेर आफ्नै देश फर्किनुपर्ने व्यवस्था गरिएको छ ।

  NepalMother.com | ८ जेष्ठ २०८३, शुक्रबार २०:१८

वाशिङ्टन डीसी । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू गरेको छ । अब ग्रीन कार्डका लागि आवेदन दिने व्यक्तिले प्रक्रिया पूरा नहुँदासम्म अमेरिका छाडेर आफ्नै देश फर्किनुपर्ने व्यवस्था गरिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको नयाँ नियमअनुसार अमेरिकाभित्र बसेर स्थायी आवासीय अनुमति प्रक्रिया अघि बढाउने अभ्यासलाई सीमित गर्दै अधिकांश आवेदकलाई आफ्नै देशबाट स्थायी भिसाका लागि आवेदन दिनुपर्ने बनाइएको हो ।

यो निर्णयले अमेरिकामा कानुनी रूपमा बसोबास र काम गरिरहेका लाखौँ आप्रवासीको जीवनमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । नयाँ नियमका कारण परिवार छुट्टिन सक्ने, रोजगारी गुम्न सक्ने तथा वर्षौँदेखि बसोबास गरिरहेका समुदायहरू प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकामा ग्रीन कार्ड प्रक्रिया सामान्यतया निकै लामो र जटिल मानिन्छ । कतिपय अवस्थामा आवेदन स्वीकृत हुन महिनौँदेखि वर्षौँसम्म लाग्ने गर्दछ ।

US Citizenship and Immigration Services का प्रवक्ता ज्याक कहलरले भने नयाँ नियममा “विशेष वा असाधारण परिस्थितिका लागि छुट” राखिएको बताएका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “जब विदेशी नागरिकहरूले आफ्नै देशबाट आवेदन दिन्छन्, त्यसले ग्रीन कार्ड अस्वीकृत भएपछि अमेरिकामा अवैध रूपमा लुकेर बस्ने सम्भावना कम हुन्छ ।”

Department of Homeland Security को सार्वजनिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२४ मा करिब १४ लाख मानिसले अमेरिकामा कानुनी स्थायी बसोबासको अनुमति प्राप्त गरेका थिए ।

तर नयाँ नियम सार्वजनिक भएसँगै यसको व्यापक आलोचना सुरु भएको छ । आप्रवासन कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा डेमोक्र्याट सांसदहरूले यो निर्णयलाई कठोर र अव्यावहारिक भन्दै विरोध जनाएका छन् ।

इलिनोइसकी डेमोक्र्याट सांसद डेलिया सी. रामिरेज ले सामाजिक सञ्जाल एक्समा लेख्दै यो नीति “क्रूरताको पराकाष्ठा” भएको टिप्पणी गरेकी छन् । उनले गृह सुरक्षा विभागलाई “टुक्रा–टुक्रा पारेर पुनर्संरचना गर्नुपर्ने” समेत बताएकी छन् ।

यस्तै एरिजोनाका डेमोक्र्याट सांसद ग्रेग स्ट्यान्टन ले ट्रम्प प्रशासनले “जानाजानी कानुनी आप्रवासनलाई कठिन बनाएको” आरोप लगाएका छन् ।

उनले भने, “अमेरिकाले विश्वका उत्कृष्ट अनुसन्धानकर्ता, चिकित्सक र इन्जिनियरलाई आकर्षित गर्न सकेको कारण नै हाम्रो कार्यभिसा प्रणाली हो । अब उनीहरूलाई आवेदनका लागि अमेरिका छाड्न बाध्य बनाइयो भने अमेरिका उनीहरूको प्रतिभा, कर योगदान र आर्थिक योगदानबाट वञ्चित हुनेछ ।”

Cato Institute का आप्रवासन अध्ययन निर्देशक डेभिड जे. बियर ले यो नीतिलाई “तर्कहीन” भन्दै आलोचना गरेका छन् ।

उनले आफ्नो विश्लेषणमा लेखेका छन्, “यसले प्रतिभाशाली मानिसहरूलाई अन्य देशतर्फ धकेल्नेछ र अमेरिकालाई व्यापार तथा नवप्रवर्तनका लागि कम प्रतिस्पर्धी बनाउनेछ ।”

ट्रम्प प्रशासनले सुरुदेखि नै अवैध आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राखेको भए पनि पछिल्ला कदमहरूले कानुनी आप्रवासनलाई समेत सीमित गर्ने रणनीति स्पष्ट देखिएको विश्लेषकहरूको भनाइ छ ।

यसअघि पनि ट्रम्प प्रशासनले शरणार्थी आवेदन प्रक्रियामा कडाइ गरेको, विभिन्न देशका नागरिकलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (TPS) समाप्त गरेको, श्वेत दक्षिण अफ्रिकीहरूबाहेक अन्य शरणार्थी प्रवेश रोकेको तथा विद्यार्थी र कार्यभिसामा प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष वाशिङ्टन डीसीमा दुई नेशनल गार्ड सैनिकमाथि भएको गोलीकाण्डपछि ट्रम्प प्रशासनले “चासोका १९ देश” बाट जारी भएका सबै ग्रीन कार्ड पुनरावलोकन गर्ने घोषणा पनि गरेको थियो ।

यद्यपि उक्त घटनाका आरोपी अफगान नागरिकले भने सन् २०२१ मा शरण आवेदन दिएका थिए र उनलाई सन् २०२५ मा शरण स्वीकृत गरिएको थियो । त्यो प्रक्रिया ग्रीन कार्ड आवेदनभन्दा फरक रहेको अमेरिकी अधिकारीहरूले स्पष्ट पारेका छन् ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor