Washington DC, US : May 24, 2026, Sunday 08:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले स्थायी बसोबास अनुमति अर्थात् ‘ग्रीन कार्ड’ आवेदन प्रक्रियामा ठूलो परिवर्तन गर्दै नयाँ कडा नियम लागू|नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित|cartoon|ट्रम्प जुनियरको विवाह समारोहमा सहभागी हुने कि नहुने भन्ने दुविधामा डोनाल्ड ट्रम्प|लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत|अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले युरोपमा अमेरिकी सैनिक तैनाथीबारे सहयोगी राष्ट्रहरूलाई आश्वस्त पार्ने प्रयास|अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशकको जिम्मेवारी सम्हालिरहेकी तुलसी ग्याबार्डले पदबाट राजीनामा दिने घोषणा|डोनाल्ड ट्रम्प ले इरानविरुद्ध युद्धसम्बन्धी अधिकार प्रयोग गरिरहेको विषयमा अमेरिकी सिनेटमा ठूलो राजनीतिक चुनौती|चीनको राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’ बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लाई दिइएको स्वागत समारोह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई केही दिनअघि गरिएको भव्य स्वागतसँग लगभग उस्तै|प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीलाई लिएर राजनीतिक वृत्तमा तीव्र बहस

लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत

  NepalMother.com | ८ जेष्ठ २०८३, शुक्रबार १९:५८

काठमाडौं । लगातार तीन आर्थिक वर्षसम्म स्थिर रहेको सरकारी कर्मचारीको तलब अब बढ्ने संकेत देखिएको छ । निजामती कर्मचारीको तलब–भत्ता पुनरावलोकन समितिले सरकारलाई नयाँ तलब संरचना लागू गर्न सिफारिस गरेपछि आगामी बजेटमार्फत कर्मचारीको पारिश्रमिक बढ्ने सम्भावना बलियो बनेको हो ।

यसअघि आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ले निजामती कर्मचारी र शिक्षकको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसपछि भने आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ मा सरकारले तलब वृद्धि गरेन ।

निजामती सेवा ऐनअनुसार तलब–भत्ता पुनरावलोकन समिति प्रत्येक तीन वर्षमा राजस्व वृद्धि, महँगी, कर्मचारी दरबन्दी संख्या तथा जीवनयापन खर्चलाई आधार बनाएर तलब पुनरावलोकन गर्न बाध्य छ । ऐनको दफा २७ अनुसार गत वर्ष नै तलब समायोजन हुनुपर्ने भए पनि सरकारको कमजोर राजस्व अवस्थाका कारण निर्णय रोकिएको थियो ।

तर यसपटक भने मुख्यसचिव सुमनराज अर्याल नेतृत्वको समितिले तलब वृद्धि गर्न औपचारिक सिफारिस गरिसकेको उच्च सरकारी स्रोतले जनाएको छ । समितिमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल सदस्य रहेका छन् ।

स्रोतका अनुसार समितिले सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीको मासिक तलब ३५ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको छ । हाल उनीहरूको तलब २७ हजार ६१२ रुपैयाँ छ । यस्तै मुख्यसचिवको तलब ७७ हजार २११ रुपैयाँबाट बढाएर १ लाख २१ हजार रुपैयाँ पुर्‍याउन सिफारिस गरिएको छ ।

यदि समितिको प्रस्ताव कार्यान्वयन भयो भने तल्लो तहका कर्मचारीको तलब करिब २७ प्रतिशतले बढ्नेछ भने मुख्यसचिवको तलबमा करिब ५७ प्रतिशतसम्म वृद्धि हुनेछ ।

सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीका अनुसार समितिले तलब वृद्धि अनिवार्य रहेको निष्कर्ष निकालिसकेको भए पनि अन्तिम निर्णय भने सरकारको आर्थिक क्षमता हेरेर हुनेछ । “सिफारिस भइसकेको छ, तर कति प्रतिशत बढाउने भन्ने निर्णय सरकारले बजेट बनाउँदा गर्नेछ,” स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार हालसम्म बजेट निर्माण प्रक्रियामा तलब वृद्धिबारे औपचारिक छलफल सुरु भइसकेको छैन । तर केही दिनभित्रै यसबारे राजनीतिक र आर्थिक निर्णय हुने अपेक्षा गरिएको छ ।

उता निजामती कर्मचारी संगठनहरूले भने सरकारले सामान्य वृद्धि मात्र नभई जीवनयापन धान्न सक्ने “यथार्थपरक तलबमान” निर्धारण गर्नुपर्ने दबाब बढाएका छन् । कर्मचारी युनियनहरूले न्यूनतम आधारभूत तलब ३८ हजार ८६२ रुपैयाँ कायम गर्न माग गरेका छन् ।

निजामती कर्मचारी युनियनका अध्यक्ष उत्तमकुमार कटुवाल का अनुसार अहिलेको बजार मूल्य, दैनिक उपभोग र आवश्यक क्यालोरीको हिसाबले अहिलेको तलबले जीवन धान्न कठिन भएको छ ।

कर्मचारी संगठनहरूले तलब वृद्धिसँगै सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, निवृत्तिभरण, उपदान, आवास सुविधा, सहुलियत ऋण, पेशागत सुरक्षा, क्षमता विकास, ट्रेड युनियन अधिकार तथा डिजिटल प्रशासनसम्बन्धी माग पनि अघि सारेका छन् ।

सरकारले २०७९ सालमै राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको तलब तथा सुविधा पुनरावलोकन गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको थियो । आयोगको संयोजक पूर्वमुख्यसचिव लिलामणि पौडेल थिए भने पूर्वसचिव विमल वाग्ले र चार्टर्ड एकाउन्टेन्ट शिवदेव पाण्डे सदस्य थिए ।

तीन वर्षअघि उक्त आयोगले सबैभन्दा तल्लो तहको कर्मचारीको आधारभूत तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको तलब १ लाख २२ हजार ५०० रुपैयाँ बनाउन सुझाव दिएको थियो । अहिले पुनरावलोकन समितिको सिफारिस पनि लगभग त्यही प्रतिवेदनमा आधारित देखिएको छ ।

आयोगका एक पूर्व सदस्यका अनुसार अहिलेको सिफारिस सकारात्मक भए पनि महँगी दरलाई समायोजन गरेर नयाँ संरचना ल्याइएको भए अझ प्रभावकारी हुने थियो ।

आयोगले सबैभन्दा तल्लो र उच्च तहका कर्मचारीबीचको तलब अनुपात १:३.५ कायम गर्न सुझाव दिएको थियो । यही आधारमा नयाँ संरचना तयार गर्दा माथिल्लो तहका कर्मचारीको वृद्धि प्रतिशत बढी देखिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

विशेषज्ञहरूले भने केवल तलब वृद्धि मात्र पर्याप्त नहुने तर्क गरेका छन् । कर्मचारी र उनीहरूको परिवारका लागि आवास, स्वास्थ्य बीमा, शिक्षा तथा सामाजिक सुरक्षामा राज्यले दीर्घकालीन सुविधा दिनुपर्ने उनीहरूको सुझाव छ ।

“सरकारले चाह्यो भने ठूलो आर्थिक भार नपारी पनि कर्मचारीलाई आवास, स्वास्थ्य र बालबालिकाको शिक्षामा सहयोग गर्न सक्छ,” आयोगसँग सम्बन्धित एक अधिकारीले भने, “तलब वृद्धि सकारात्मक हो, तर त्यससँगै अनावश्यक सरकारी खर्च कटौती र संरचनात्मक सुधारमा पनि सरकार साहसी बन्नुपर्छ ।”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।