आफ्नै रहरको लास बोकेर मलामी जाँदै भेटिन्छन् मान्छेहरू
तर पनि अरू कस्तो छ भन्ने कुरा सहजै चिन्छन् मान्छेहरू
आजकल गीत, गजल, कविताभन्दा चुट्किलामा भिड छ
ठट्टा मजाक र भाषण गर्नेहरूकै झुण्डमा उभिन्छन् मान्छेहरू
खेतको आलीमै बसेर साग बेचिरहेकी छिन् बूढी आमा
नजिकैको दुकानमा बेच्न राखेको साग किन्छन् मान्छेहरू
चुनाव आए गाउँमा हैन एयरपोर्टमा मतपेटी राख् सरकार
गाउँ घरमा भन्दा त एयरपोर्टमा बढी पाइन्छन् मान्छेहरू
आफ्नै सन्तान बारे बोल्न पनि वर्षौँ लगाउँछन् बाआमा
अरूको सिर्जनामा कति चाँडै प्रतिक्रिया दिन्छन् मान्छेहरू
प्रतिक्रिया