पत्रकारका रूपमा काम गर्दा होस वा लेखक साहित्यकारका रूपमा कलम चलाउँदा होस वा मानवाधिकार र समाजसेवाका क्षेत्रमा काम गर्दा होस रवीन्द्र मिश्र धेरै आवाज नहुनेहरूको आवाज बने, सहयोगी हात बने, निस्वार्थ सेवा गरे, उनी कुन पार्टीमा छन् उनको बिचार के हो त्यो मेरो चासो वा सरोकारको विषय पनि होइन, त्यो उनको स्वतन्त्रता हो । तर आज उनलाई राज्य आतङ्क मच्चाइरहेको ओली सरकारले उनकै आवाज बन्द गर्न र निकै लामो समयसम्म जेलमा थुन्न योजना बनाइरहेको छ र राज्यको प्रहरी प्रशासन उनलाई फसाउन मरी मेटेर लागेको देखिएको छ । रवीन्द्र मिश्र माथि कठोर सजाय हुने गरी झुटा मुद्दा लगाउने षड्यन्त्र राज्यले गरिरहेको छ भन्ने सूचना पाइरहेको छु ।
राजनीतिबाट पूर्ण रूपमा अलग, एउटा स्वतन्त्र व्यक्ति स्वतन्त्र पत्रकार र सचेत नागरिकका रूपमा म सरकार को यो जाल झेल र षडयन्त्र प्रति खेद व्यक्त गर्दै बिना सर्त मिश्रको रिहाइका लागि जोडदार माग गर्दछु । यस्तो अत्याचार हुँदा पनि नबोले कहिले बोल्ने ? भन्दै सम्बद्ध सबैलाई यस राज्य आतङ्कका विरोधमा बोल्न र रवीन्द्र मिश्रको रिहाइका लागि मुख खोल्न आह्वान पनि गर्दछु । याद रहोस् रवीन्द्र न त झापामा टाउको काटेर आएका अपराधी हुन न त सत्र हजारको नरसंहार गरेर आएर नेता बनेका अपराधीहरू जस्ता अपराधी हुन ।
– रामप्रसाद खनाल
प्रतिक्रिया