Washington DC, US : June 25, 2025, Wednesday 03:38 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अर्को साता अमेरिका र इरानबीच वार्ता हुने : अमेरिकी राष्ट्रपति ट्रम्प|Breaking News : NATO महासचिव रुट्टेले ट्रम्पलाई “शक्तिशाली व्यक्ति” र “शान्तिका अग्रदूत” को रूपमा सम्मान गरे|देशका लागि “ऐतिहासिक विजय”- इजरायल, “१२ दिनको युद्ध” को अन्त्यको निर्णय – इरान|देशभरिका १४ उत्कृष्ट किसानलाई राष्ट्रपति बाट सम्मान|इरान – इजरायल युद्ध र युद्ध बिराम पछिको बिकसित घटना क्रम|अब नेपाली सेना मौन बस्न मिल्दैन|जनसंघर्षको ३६ औं वर्ष प्रवेश : डा. चापागाईंले धन्यवाद व्यक्त गरे|कुशासनको छायाँमा शान्ति र समृद्धि|Breaking News : राष्ट्रपति डोनाल्ड ट्रम्पले गराए कतारी सरकारको मध्यस्थतामा इजरायल र इरानबीचको नाटकीय “युद्ध बिराम”|सर्वोच्च नेता खामेनी बंकरमा, यदि इरानले होर्मुज बन्द गरे के हुन्छ ?

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता नै अनिश्चित

  NepalMother.com | ३ बैशाख २०८२, बुधबार २२:४८

दुई वर्षपहिले पोखरामा कर्णालीले राष्ट्रिय खेलकुदको झण्डा ग्रहण गर्‍यो। पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदपछि दसौं प्रतियोगिता आयोजना गर्ने जिम्मा कर्णालीले पायो। देशका सबै प्रदेशले राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाउँदा कर्णालीले हालसम्म यो अवसर पाएको छैन। यही कारण पनि कर्णालीले राष्ट्रिय खेलकुदलाई ऐतिहासिक अवसरका रूपमा लिएको छ। यद्यपि कर्णालीमा आयोजना हुने भनिएको दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता नै अनिश्चित बनेको हो।

विगतमा कर्णालीमा राष्ट्रिय खेलकुद हुन नसक्नुको मुख्य कारण खेल पूर्वाधारको अभाव थियो। यही कारण पनि कर्णाली प्रदेश सरकारले दसौं खेलकुद आयोजनाको पूर्वतयारी स्वरूप धमाधम खेलकुदका पूर्वाधार निर्माण गर्‍यो। दसौं खेलकुदलाई लक्षित गर्दै हालसम्म खेल पूर्वाधार र अन्य तयारीमा प्रदेश सरकारको दुई अर्ब बजेट खर्च भइसकेको छ। दसौं खेलकुद प्रतियोगिता सफल बनाउनका लागि कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा सुविधायुक्त प्रादेशिक रंगशाला निर्माण गरेको छ। यस्तै अन्य खेलका लागि जिल्लाहरूमा पनि आवश्यक खेल मैदान र कवर्ड हलहरू निर्माण भएका छन्। हालसम्म दुई अर्ब खर्चेर खेलकुदका भौतिक पूर्वाधार र संरचनाहरू निर्माण भइसक्दासमेत कर्णालीमा दसौं राष्ट्रिय खेलकुद हुने कुनै टुंगो छैन।

ऐतिहासिक अवसर पाउँदा कर्णालीमा उत्साहसँगै प्रतियोगिता आयोजना गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण र प्राविधिक तयारीका कामहरू धमाधम भए। तर कर्णालीमा आयोजना गर्ने भनिएको यो प्रतियोगिता नै बारम्बार स्थगित भइरहेको छ। हालसम्म तीनपटक यो प्रतियोगिता स्थगित भइसकेको छ। पछिल्लोपटक निर्धारण गरिएको जेठमा पनि राष्ट्रिय खेलकुद नहुने भएको हो। यसपालि स्थगित मात्र भएको छैन, अब प्रतियोगिता कहिले हुन्छ भन्नेसमेत टुंगो छैन। अर्थात राष्ट्रिय खेलकुद परिषद्को शुक्रबार बसेको बोर्ड बैठकले आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा हुने भनिएको प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो।

प्रदेश सरकार प्रतियोगिता सफल बनाउन लागिरहेको छ। तर आयोजकले नै प्रतियोगिता बारम्बार सारेको सार्‍यै छन्। प्रदेश सरकारले प्रतियोगिताका लागि चाहिने रंगशालालगायतका भौतिक संरचना निर्माण गरिसकेको छ। जिल्लाहरूमा पनि खेल पूर्वाधार तयार भइसकेका छन्। अब आयोजकले नै आवश्यक समन्वय गरेर विश्वासिलो वातावरण बनाउनुपर्छ।  घनश्याम भण्डारी, मन्त्री, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश

खेलप्रेमी निराश

प्रतियोगिता आयोजना गर्न कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माण गरिसकेको छ। तर पनि बारम्बार स्थगित हुन थालेपछि अब दसौं राष्ट्रिय खेलकुद नै अन्योलमा परेको हो। बारम्बार स्थगित हुन थालेपछि कर्णालीमा यो प्रतियोगिता नै नहुने आशंका बढेको हो। शुक्रबार तेस्रोपटक प्रतियोगिता स्थगित भएपछि कर्णालीका खेलप्रेमी र सरोकारवाला निराश बनेका छन्। साथै उनीहरूले राष्ट्रिय खेलकुद कर्णालीमा हुन नदिने षड्यन्त्रका रूपमा समेत यसलाई बुझेका छन्। पहिलोपटक २०८१ मंसिरमा प्रतियोगिताको मिति तोकिएको थियो। मंसिर २ देखि ८ गते सम्मका लागि तोकिएको मितिमा प्रतियोगिता नै स्थगित गरियो।

तयारी नपुगेको भन्दै दोस्रो पटक २०८१ चैत २३ देखी ३० गतेसम्मका लागि प्रतियोगिताको मिति तोकिएको थियो। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाको काम बाँकी रहेकाले खेल आयोजना गर्न नसकिने भन्दै मंसिरको मिति सारेर यो मिति तोकेका थिए। तर दोस्रोपटक पनि प्रतियोगिता स्थगित भयो। चैतमा समेत नभएपछि २०८२ जेठ ३ देखि १० गतेसम्म आयोजना गर्ने गरी मिति तोकिएको थियो। तर तेस्रोपटक आउँदो जेठका लागि तोकिएको मितिमा पनि प्रतियोगिता स्थगित गरिएको छ। यसअघि प्रतियोगिता स्थगित गर्दा नयाँ मिति तोक्ने गरिन्थ्यो। तर तेस्रोपटक स्थगित गर्दा प्रतियोगिताका लागि नयाँ मिति नै तोकिएको छैन।

होला त अब प्रतियोगिता ? 

बारम्बार स्थगित हुन थालेपछि कर्णालीमा राष्ट्रिय खेलकुद हुनेमा आशंका बढेको छ। अब यो आर्थिक वर्षमा राष्ट्रिय खेलकुद नहुने पक्का भएको छ। अर्को मिति नै नतोकिएकाले अब प्रतियोगिता कहिले हुने भन्ने टुंगो छैन।

प्रतियोगिताको तयारीको विषयमा निर्णय गर्न शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले जेठमा प्रतियोगिता नगर्ने निर्णय गराएका हुन्। तयारी नपुगेको भन्दै मन्त्री चौधरीले प्रतियोगिता स्थगितको निर्णय गराएसँगै दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको हो। पूर्वनिर्धारित तालिका अनुसार गत मंसिरमा नै यो प्रतियोगिता आयोजना हुनुपर्ने थियो। तर विभिन्न कारण देखाएर हालसम्म तीन पटक प्रतियोगिता स्थगित गरिएको छ। शुक्रबार तेस्रोपटक स्थगित भएसँगै अब प्रतियोगिता कहिले हुने भन्ने टुंगो छैन।

राखेपका बोर्डसदस्य नन्दा बस्यालले आवश्यक तयारी नपुगेका कारण प्रतियोगिता स्थगित भएको बताइन्। ‘प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा गर्नुपर्छ, तर जेठमा खेलकुदका लागि सुर्खेतको मौसम अनुकूल हुँदैन’ उनले भनिन्, ‘मुख्य खेल हुने सुर्खेतमा जेठमा गर्मी हुन्छ, गर्मीमा प्रतियोगिता गराउन उपयुक्त समय होइन। बजेट व्यवस्थापन र खेलाडी छनोटको काम बाँकी भएकाले जेठमा प्रतियोगिता हुने सम्भावना हामीले देखेनौं, अब मसिनो तयारी गरेर व्यवस्थित रूपमा उपयुक्त समयमा कर्णालीमै यो प्रतियोगिता हुनेछ।’ तयारी नपुगेका कारण यो आर्थिक वर्षभित्र अब प्रतियोगिता नहुने उनले बताइन्। साथै उनले प्रतियोगिताको नयाँ मितिसमेत तय नभएको जानकारी दिइन्।

रातारात बने पूर्वाधार

कर्णाली दसौं खेलकुद आयोजना गर्न सक्षम छ। यसको पूर्वतयारीमा २ अर्ब बजेट खर्चेर खेलकुदका भौतिक संरचनाहरू निर्माण भइसकेका छन्। तर बारम्बार प्रतियोगिता स्थगित हुनु दुःखद् पक्ष हो। प्रदेश सरकारले पनि प्रतियोगिताको अपनत्व लिन सकेन। प्रतियोगिता सम्भव छ भनेर संघीय सरकारलाई विश्वास दिलाउन सकेन। ऐतिहासिक अवसर पाएको बेलामा प्रदेश सरकारले थप पहल लिनु पर्दथ्यो।  विश्वामित्र सञ्ज्याल, निवर्तमान सदस्यसचिव, कर्णाली प्रदेश खेलकुद विकास परिषद्

कर्णालीमा दसौं राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि रातारात खेलकुदका भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरिए। दसौं खेलकुदलाई लक्षित गर्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अट्ने क्षमताको प्रादेशिक रंगशाला हालै निर्माण सम्पन्न भएको छ। १ अर्ब ५९ करोडको लागतमा यो रंगशाला निर्माण भएको छ। यही रंगशालाभित्र फुटबलसहितका अधिकांश खेलहरू खेलाउने गरी विभिन्न संरचना निर्माण गरिएका छन्।

गत पुसमा मात्र पदावधि सकिएका कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्यालका अनुसार कर्णालीमा हालसम्म निर्माण गरिएका खेल पूर्वाधारमा दुई अर्ब बजेट खर्च भएको छ। यो सबै प्रदेश सरकारको लगानी हो। रातारात अर्बौं बजेट खर्चेर पूर्वाधार निर्माण गर्दासमेत प्रतियोगिता स्थगित गर्नु दुःखद् भएको उनको भनाइ छ। उनका अनुसार दसौं खेलकुद सफल बनाउनकै लागि कर्णालीमा प्रादेशिक रंगशाला रातारात निर्माण गरिएको छ। राखेपले पूर्वाधारको अभाव देखाए पनि वीरेन्द्रनगरमै दुई वटा क्रिकेट मैदान तयार भएका छन्। सुर्खेतमा मात्र नभएर प्रदेशका अन्य जिल्लामा पनि प्रतियोगिताका खेल खेलाउने गरी आवश्यक पूर्वाधार तयारी अवस्थामा छन्।

यस्तै रग्बी खेल मैदान, बास्केटबल कोर्ट, भलिबल कोर्ट, स्विमिङ पुल, मार्सलआर्टका लागि कबर्डहल, एथलेटिक्स र ब्याडमिन्टनका लागि हल, अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय कवर्डहल, खो–खो मैदान र शारीरिक सुगठनका लागि पनि हल व्यवस्थापन गरिएको छ। भारोत्तोलनका लागि हल, सुर्खेतको चिसापानी र मेहेलकुनामा फुटबल मैदान, हुम्लामा हक्की खेलका लागि मैदान, सल्यानमा टेबलटेनिसका लागि हल, जुम्ला, कालीकोट, रुकुमपश्चिम र दैलेखमा कवर्ड हल निर्माण गरिएका छन्। यस्तै कबड्डी र ह्यान्डबलका लागि पनि संरचनाहरू निर्माण गरिएको छ। अधिकांश खेलहरू सुर्खेत र बाँकी खेलहरू प्रदेशका अन्य जिल्लामा खेलाउने गरी व्यवस्थापन गरिएको छ।

२४ खेलकै प्रस्ताव भइसकेको थियो 

दसौं खेलकुदमा कर्णालीमा विभिन्न २४ वटा खेल खेलाउन प्रदेश खेलकुद विकास परिषद्ले राखेपलाई यसअघि नै प्रस्ताव गरिसकेको छ। तर कुन खेल कहाँ खेलाउने भन्ने टुंगो नलागेको प्रतिवेदन राखेपले सार्वजनिक गरेर प्रतियोगिता स्थगित गरेको छ। कर्णालीमा विभिन्न २४ वटा खेल खेलाउन सकिने भन्दै प्रदेश खेलकुद परिषद्बाट त्यसका लागि स्थानसमेत प्रस्ताव गरिसकिएको छ। कर्णालीमा उपलब्ध स्रोत र संरचनाअनुसार विभिन्न २४ वटा खेल खेलाउन सकिने अवस्था रहेको भन्दै त्यसका लागि स्थान पनि प्रस्ताव गरिएको छ।

वीरेन्द्रनगरस्थित कालिङचोक र रंगशाला परिसरमा रहेका मैदानमा क्रिकेट, प्रदेश रंगशाला, चिसापानी र मेहेलकुनामा रहेका मैदानमा फुटबल तथा कालिङचोक मैदानमा रग्बी खेलाउने स्थान तय गरिएको छ। यस्तै प्रदेश रंगशालामा बास्केटबल, ह्यान्डबल, खो–खो, पौडी, एथलेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, उसु, र भलिबल खेलाउने प्रस्ताव गरिएको छ। सुर्खेतमा कुस्ती, जुडो, शारीरिक सुगठन, भारोत्तोलन र बक्सिङ खेलाउने स्थान तोकिएको छ। त्यसैगरी हुम्लामा हक्की, दैलेखमा कबड्डी, कालीकोटमा कराते, जुम्लामा कराते, रुकुमपश्चिममा आईटीएफ, सल्यानमा टेबलटेनिस र जाजरकोटमा बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्नेगरी प्रस्ताव गरिएको छ।

वीरेन्द्रनगरमा सचिवालय स्थापना

तोकिएको मितिमा प्रतियोगिता आयोजना गर्न भन्दै वीरेन्द्रनगरमा गत फागुन २५ गते सचिवालय नै स्थापना गरिएको छ। संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उक्त सचिवालयको संयुक्त रूपमा उद्घाटन गरेका थिए। प्रादेशिक रंगशालाको हाताभित्र सचिवालय त स्थापना गरियो। तर त्यो सचिवालयले काम गर्न नपाउँदै प्रतियोगिता नै स्थगित गरिएको छ।

सचिवालयको उद्घाटन गर्दै त्यसबेला मन्त्री चौधरीले तेस्रोपटक थप भएको मितिबाट प्रतियोगिता कुनै पनि हालतमा नसर्ने दाबी गरेका थिए। तर अन्तिम समयमा आएर प्रतियोगिता नै स्थगित भयो। मन्त्री चौधरीले प्रतियोगिताको लोगो र मस्कट पनि सार्वजनिक गरेका थिए। उनले केही दिन अघिमात्र प्रतियोगिता तयारीका लागि भन्दै विभिन्न ११ वटा उपसमितिसमेत गठन गरेका थिए। तर अन्तिम समयमा आएर प्रतियोगिता नै स्थगित भएको छ।

अलमलमै कर्णाली सरकार

आवश्यक तयारी नपुगेका कारण प्रतियोगिता स्थगित गरिएको हो। प्रतियोगिताका अधिकांश खेल सुर्खेतमा गर्नुपर्छ। तर जेठमा प्रतियोगिता गर्दा सुर्खेतमा गर्मी हुन्छ। गर्मीमा प्रतियोगिता गराउन उपयुक्त समय होइन। बजेट व्यवस्थापन र खेलाडी छनोटको काम बाँकी भएकाले पनि जेठमा प्रतियोगिता हुने सम्भावना हामीले देखेनौं। प्रतियोगिताको नयाँ मिति तय भएको छैन। नन्दा बस्याल,  बोर्ड सदस्य, राष्ट्रिय खेलकुद परिषद्

राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजक संघीय सरकार हो। यसको मिति तय गर्ने र स्थगित गर्ने अधिकार संघीय सरकार मातहतको राष्ट्रिय खेलकुद परिषद्लाई छ। दसौं खेलकुद कर्णालीमा हुने भनिएकाले बाँकी व्यवस्थापन र समन्वयका कामहरू कर्णाली प्रदेश सरकारले नै गर्नुपर्ने हुन्छ। तर प्रतियोगिता स्थगित हुनुमा राखेपले प्रदेश सरकारको कमजोरीलाई मुख्य आधार बनाएको छ। राखेपका अनुसार रंगशालाको केही काम पूरा नहुनु, खेलाडी नै छनोट नगर्नु र अन्य व्यवस्थापकीय तयारी पूरा नहुनुमा प्रदेश सरकार पनि जिम्मेवार छ।

प्रदेश सरकारले कर्णालीमा प्रतियोगिता सम्पन्न हुने विश्वास संघीय सरकार र राखेपलाई दिलाउन सकेन। ऐतिहासिक अवसरको सदुपयोग गर्नका लागि प्रदेश सरकारले आवश्यक समन्वय गर्न नसकेको र अपनत्व नलिँदा यो अवस्था आएको सरोकारवाला बताउँछन्। ‘कमजोरी प्रदेश सरकारको पनि छ’ कर्णाली खेलकुद विकास परिषद्का निवर्तमान सदस्यसचिव विश्वामित्र सञ्ज्याल भन्छन्, ‘प्रदेश सरकारले नै प्रतियोगिताको अपनत्व लिएन, प्रतियोगिता सम्भव छ भनेर विश्वास दिलाउन नसक्नु प्रदेश सरकारको कमजोरी हो।’ ऐतिहासिक अवसर पाएको बेलामा प्रदेश सरकारले खेलकुद परिषद्लाई पूर्णता दिन नसक्नु अर्को कमजोरी भएको उनको भनाइ छ।

प्रदेश सरकारल हालसम्म अलमलमै देखिन्छ। राखेपले स्थलगत अध्ययन गरेर दसौं खेलकुदको सवालमा प्रदेश सरकार अन्योलमै रहेको भन्दै प्रतियोगिता नै स्थगित गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ। अर्कोतर्फ प्रदेश सरकारले हालसम्म प्रदेश खेलकुद विकास परिषद्लाई पूर्णता दिन सकेको छैन। हाल परिषद्का पदाधिकारी रिक्त छन्। यसले पनि प्रतियोगिता समयमै आयोजना गर्न बाधा पुगेको देखिन्छ। कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि गत पुसमा नै सकिएको थियो। तर प्रदेश सरकारले चार महिनासम्म पनि परिषद्लाई पूर्णता दिनेतर्फ ध्यान दिएन। परिषद्ले पूर्णता नपाएकै कारण राष्ट्रिय खेलकुदका लागि आवश्यक तयारी र प्रशासनिक कामहरू हुन सकेनन्। यसले पनि प्रतियोगिता स्थगित गर्न बल पुग्यो।

यद्यपि मुख्यमन्त्री यामलाल कँडेल सरकारले चाँडै परिषद्लाई पूर्णता दिने बताउँछन्। उनी भन्छन्, ‘राष्ट्रिय खेलकुद गर्ने मुख्य दायित्व संघीय सरकारको हो, यो हाम्रो क्षेत्राधिकारभित्र छैन। हामीले गर्ने समन्वयको काम गरिरहेका छौं, खेलकुद परिषद्लाई पनि पूर्णता दिनका लागि प्रक्रिया चलिरहेको छ।’ बरु प्रतियोगिताका लागि संघीय सरकारले कर्णालीमा चाहिने जति बजेट व्यवस्थापन नगरेको मुख्यमन्त्री कँडेलको गुनासो छ। प्रदेश सरकारका कारणले प्रतियोगितामा कुनै असर नपुग्ने उनको भनाइ छ। परिषद्मा पदाधिकारी रिक्त भएका कारण पनि दसौं खेलकुदका लागि आवश्यक तयारीमा प्रदेश सरकारको बल नपुगेको देखिन्छ।

अनि स्थगित गरियो प्रतियोगिता …

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठमा प्रतियोगिता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गरेको थियो। राखेपका उपाध्यक्ष ध्रुव आचार्यको संयोजकत्वमा बनेको समितिले स्थलगत अनुगमन गरेको थियो। सोही समितिले जेठमा प्रतियोगिता गर्न नसकिने विभिन्न ११ वटा कारण देखाएको छ। समितिले देखाएका कारणकै आधारमा राखेपले तेस्रोपटक प्रतियोगिता स्थगित गरेको हो।

प्रतियोगिता स्थगित गर्नुको पहिलो कारणमा मिति नजिकिँदै जाँदासमेत कुन खेल कहाँ हुने भन्ने टुंगो नै नलागेको देखाइएको छ। यस्तै दोस्रो कारणमा मुख्य प्रतियोगिता हुने सुर्खेत रंगशालाको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न नभएको उल्लेख छ। रंगशालाका काम बाँकी नै रहेकाले मापदण्डविपरीत र कमसल संरचनामा खेल खेलाउँदा दुर्घटनाको जोखिम हुन सक्ने खतरा रहेकाले प्रतियोगिता स्थगित गर्नुपर्ने समितिको निष्कर्ष थियो। यस्तै खेलाडी छनोट हुन नसकेको र प्रदेशबाट विवरण नै प्राप्त नभएको, खेल सामग्रीको टेन्डर नभएको र अब टेन्डर आह्वान गरेर प्रतियोगिता गर्न समय नपुग्ने अनुगमन समितिले उल्लेख गरेको छ।

जेठको महिनामा सुर्खेतमा गर्मी मौसम हुने, खानेपानीको अभाव र विद्युत् आपूर्तिमा समस्या रहेको र यसले खेलाडी र दर्शकको स्वास्थ्यमा समस्या हुने उल्लेख छ। यस्तै प्रतियोगिताका लागि अर्थ मन्त्रालयबाट विनियोजित बजेटबाट विषयगत रूपमा शीर्षक बाँडफाँट हुन बाँकी रहेको, कतिपय खरिद तथा टेन्डर प्रक्रियाअघि विषयगत उपसमिति गठन नभएको, मिति नजिकिँदा पनि खेलाडी, प्रशिक्षक तथा निर्णायकको संख्या निर्धारण हुन नसकेकाले पनि यथास्थितिमा प्रतियोगिता आयोजना गर्नु प्रत्युत्पादक हुने प्रतिवेदन समितिले बुझाएको छ।

अहिलेकै अवस्थामा प्रतियोगिता सञ्चालन गर्न सकिनेमा कर्णाली प्रदेश सरकारसमेत अन्योलमा रहेको र परिषद्मा कार्यरत कर्मचारीबाट पनि यही अवस्था र हतारमा व्यवस्थित रूपमा प्रतियोगिता गर्न सम्भव नरहेको राय प्राप्त भएको सो अनुगमन समितिको ठहर छ। यही समितिले देखाएका कारणको आधारमा तेस्रोपटक पनि प्रतियोगिता स्थगित गरिएको राखेपले जनाएको छ। तर राखेपको यो निष्कर्षलाई कर्णालीका खेल सरोकारवालाहरू स्वीकार गर्दैनन्। बरु कर्णालीमा प्रतियोगिता हुन नदिनका लागि यो भाष्य बनाइएको उनीहरू बताउँछन्।

अब कहिले हुन्छ प्रतियोगिता ? 

तेस्रोपटक जेठका लागि तोकिएको मितिमा स्थगित भएसँगै अब यो प्रतियोगिता कहिले हुने टुंगो लागेको छैन। यद्यपि राखेपका बोर्डसदस्य नन्दा बस्याल भने वर्षात्को समय सकिएपछि प्रतियोगिता कर्णालीमै हुने बताउँछिन्। अहिले मिति तय भइनसकेको भन्दै उनले असोजपछि हुन सक्ने बताइन्।

उनले भनिन्, ‘वर्षाको समयमा प्रतियोगिता हुने सम्भावना छैन, बरु चिसो मौसममा नै अब उपयुक्त हुन्छ। आगामी असोजदेखि मंसिरभित्र प्रतियोगिता हुन्छ, बरु अब त्यसका लागि समयमै तयारी मसिनो गरेर लाग्नुपर्छ।’ यता कर्णाली प्रदेश सरकारले भने आयोजकले नै प्रतियोगिता बारम्बार सारेकाले समस्या भइरहेको जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी आफूहरू प्रतियोगिता सफल बनाउन लागे पनि आयोजकले नै बारम्बार स्थगित गरिरहेको बताए।

उनले भने, ‘प्रदेश सरकारले प्रतियोगिता सफल बनाउन काम गरिरहेको छ, रंगशालालगायतका भौतिक संरचना निर्माण गरिसकेका छौं। जिल्लाहरूमा पनि खेलपूर्वाधार तयार भइसकेका छन्, मुख्य विषय आयोजकले चासो देखाउनु पर्‍यो।’ अब आयोजकले नै आवश्यक समन्वय गरेर विश्वासिलो वातावरण बनाउनुपर्ने उनको भनाइ छ। खेलाडीको मनोबल बढाउन र प्रतियोगिता सफल बनाउनका लागि प्रदेश सरकार आवश्यक जिम्मेवारी निर्वाह गर्न तयार रहेको समेत उनको भनाइ छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।