Washington DC, US : November 10, 2025, Monday 10:55 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

ओली, देउवा, प्रचण्ड जस्ता पुरै फेल र बदनाम अनुहारहरू ! पालै पालो सत्तामा जानु देश र जनताका लागि यहाँ भन्दा लज्जा र घृणाको विषय अरू के हुन सक्ला !

  NepalMother.com | २ बैशाख २०८२, मंगलवार १०:११

प्रचण्डले सरकार ढल्छ अब भन्नु, ओली–देउवा बिच एक्ला एक्लै वार्ता हुनु, एमालेको आकस्मिक सचिवालय बैठक बस्नु, शेखर, गगन, विश्वप्रकाशले सरकारको आलोचना गर्नु, कांग्रेस भित्रै सरकार विरुद्ध तल देखि माथि सम्म आवाज उठ्नु,बैंककमै पनि मोदी – ओली एक्ला एक्लै वार्ता हुनु, संयोग मात्र होइनन् भन्ने लाग्छ तर यी ओली देउवा प्रचण्ड जस्ता राजनीतिमा गन्हाएका र तिरस्कृत पात्रहरू एउटा जानु र अर्को सत्तामा आउनु भनेको न समाधान हो न यो जनता ले चाहेका छन् ।

” यी ३ राजनीतिक रूपमा पुरै फेल र बदनाम कुरूप अनुहारहरू पालै पालो सत्तामा जानु देश र जनताका लागि यहाँ भन्दा लज्जा र घृणाको विषय अरू के हुन सक्ला । यी तिनै जनाका कुरूप राजनीतिक अनुहार, बोली, भाषा र कुशासन सम्झिँदा बान्ता आउला जस्तो हुन्छ । ” आज हरेक मानिस को मुख मा छ यो कुरा ।

PM Dahal, Deuba and Oli hold meeting

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसमा मंगलबार (वैशाख २) झन्डै एक घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि सत्तासाझेदार दलका दुई नेताबीच भेटवार्ता भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।

ओली र देउवाबीचको भेटवार्तालाई उनले ‘नियमित’ भने । “उहाँहरू (ओली र देउवा)बीच नियमित भेटवार्ता भइराखेकै छ,” उनले बाह्रखरीसँग भने, “यसलाई पनि त्यही रूपमा बुझ्नु ठिक हुन्छ ।”

प्रधानमन्त्री ओलीको निजी सचिवालयमा कार्यरत रामशरण बजगाईंले पनि नियमित भेटवार्ता भइरहेको बताए । आजको भेटलाई भने मिडियाले चासो दिएको उनको भनाइ थियो ।

“उहाँहरूबीच यसरी भेटवार्ता चलिरहेकै हुन्छ । आजको भेटका विषयमा तपाईंहरूको अलि बढी चासो देखियो,” बजगाईंले भने, “उहाँहरूबीच आज एक घण्टा भेटघाट भएको हो । योभन्दा लामो समय पनि उहाँहरूबीच छलफल हुने गरेका छन् ।” बजगाईंले भनेजस्तो भेटलाई चासोपूर्ण बनाउन कांग्रेस र एमालेकै नेताहरूको भूमिका छ ।

कांग्रेस–एमालेको सम्बन्ध ओली र देउवाबीचको भेटवार्ता र दुई नेताको व्यक्तिगत हार्दिकताले मात्र निर्धारण हुँदैन । बाह्रखरी लेख्छ – कांग्रेसका दोस्रो तहका नेताहरूले सरकारका कामदेखि गतिसम्मका विषयमा प्रश्न उठाइरहेका छन् । यसले सरकार अप्ठ्यारोमा परेको विश्लेषण भइरहेको छ ।

यही बेला सरकार सञ्चालन सहजीकरण संयन्त्रका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच रहने गरेको टिप्पणी गरेका छन् । सरकारका निर्णय तिनै बिचौलियाबाट प्रभावित हुने गरेको उनले बताएका छन् ।

“हाम्रो इकोनोमी (अर्थतन्त्र)मा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो । म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, नेतृत्वको बेडरुमसम्म हुने भयो,” थापाले भने, “मलाई अहिलेसम्म थाहा थिएन ।”

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ : गगन थापा
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जोकोही प्रधानमन्त्री तथा नेता बिचौलियाबाट प्रभावित हुने गरेको संकेत गरे । थापाले यस्ता गम्भीर आरोप लगाउँदै आफू सरकार र गठबन्धन नै फेर्ने पक्षमा भने नरहेको स्पष्टीकरण दिए ।

“सरकारको गति नै भएन । ट्याक्टरको गतिमा गयो । तन्नेरी मानिसले अहिले दैनिक परिवर्तन खोजिरहेका छन् । एमालेसँग मिलेर सरकारमा गएपछि सरकारमा पनि तुरुन्त काम गर्न सक्छौँ, गभर्नेन्समा खास सुधार गर्छौं भनेको थिएँ,” उनले आफ्नै विगतका प्रतिबद्धता सम्झँदै भने, “तर, अहिले त्यस्तो देखिएन । सुरुको चरणमा जोतिएर काम गरेको पनि हुँ । देशमा दैनिक माहोल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने थियो । कताकता जोस र उत्साह नेतृत्वबाट भएन । हामी कसरी चिर्ने भन्ने अलमलमा छौँ । कुनै राजनीतिक विकल्प खोज्ने अवस्थामा भने छैनौँ ।”

सरकारको विकल्प खोजेका छैनौँ, तर गति ट्याक्टरको जस्तो भयो : गगन थापा
सरकार सञ्चालन पद्धति उपयुक्त नभएको तर विकल्प खोज्दैनौँ भन्ने भनाइले आशंका बढाएको छ । उनको आशय के हो त ? थापानिकटहरू उनी संयन्त्रमा सक्रिय रहेको र त्यसलाई सहयोग गर्ने समूहले काम गरिराखेकाले सरकार ढलिहाल्ने अवस्था नरहेको बताउँछन् ।

संयन्त्रमा छलफल हुने, त्यहाँ समझदारी हुने तर निर्णय अर्कै आउने अवस्थालाई थापाले संकेत गरेको उनीनिकट नेताको भनाइ छ । “बिचौलिया कोको हुन् भन्ने पनि समाजमा देखिएकै विषय छ । तिनको सम्बन्ध कुनकुन नेतासँग छ भन्ने पनि देखिएकै छ,” गगननिकट एक नेताले भने, “तर, संयन्त्रमा भएको सहमति पालना हुँदैन । चार महिना बाँकी रहेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई नचलाऔँ भन्ने समझदारी भोलिपल्ट उल्लंघन हुन्छ । बिमा प्राधिकरण, स्टक एक्सचेन्जका नियुक्तिमा प्रश्न उठिरहेकै छन् । राष्ट्र बैंकमै अब हुने नियुक्तिले नेताहरूको अनुहार उदांगो बनाउने जोखिम बढ्दै छ ।”

त्यसो भए संयन्त्रमा बसेर किन काम गरिरहेका छन् त थापा ? ती नेताका अनुसार, संयन्त्र त्यागेर अघि बढ्ने कि भनेर थापाले एकपटक आन्तरिक छलफल पनि गरेका थिए । “यो गठबन्धन असफल हुँदा राम्रो सन्देश जाँदैन भनेर उहाँ सुधार गर्न सकिन्छ कि भनेर मिहिनेत गर्ने निर्णयमा पुग्नुभयो । तर, जुन जुन काम नगर्ने भनिएको हुन्छ, त्यही समझदारी रातारात।उल्लंघन हुन्छ,” ती नेताले भने, “एउटा पार्टीको जस्तै सरकार सञ्चालन छ । संयन्त्र बनाउनुको कुनै तुक रहेन भने संयन्त्र छोड्ने निर्णय नआउला भन्न सकिन्न ।”

एमालेका नेताले भने कांग्रेसको दोस्रो तहबाट सुरुदेखि नै आलोचना र टिप्पणी भइरहेको भन्दै सरकार ढल्ने वा गठबन्धन फेरिने अवस्था नरहेको बताउँदै आएका छन् । सोमबार (वैशाख १) पार्टी सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका दोस्रो तहका नेताहरू दलभित्र निर्णायक नरहेकाले उनीहरूका आलोचनाले सरकार ढल्ने अनुमान नगर्न आग्रह गरेका थिए ।

यता, राजावादीले सरकार ढल्ने टिप्पणी गरिरहेका छन् । यही बेला सरकार परिवर्तन भए हिन्दु र राजसंस्थाका विषयमा कांग्रेसभित्र विवाद रहेको भन्ने प्रचार गर्न पाउने र आन्दोलनको थप माहोल बनाउन राजावादीलाई मद्दत पुग्न सक्छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त यसअघिदेखि नै सरकार छिटै ढल्ने बताउँदै आएका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा चितवन पुगेका बेला उनले ०८२ सँगै सरकार पनि परिवर्तन हुने बताएका थिए ।

उनले हालसम्म आफूले गरेको अनुभवका आधारमा सबैभन्दा ठूलो पार्टीको नेतृत्वमा सरकार बनाइनुपर्नेमा जोड दिएका थिए । आफू बाहिर रहेर पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिन तयार रहेको उनले उल्लेख गरेका थिए । ।

उता प्रचण्डले भनेका छन् – सरकारको क्रियाकलापबाट जनतामा असन्तुष्टि छ, आक्रोश छ । विभिन्न रूपमा जनता सडकमा छन् । यो एउटा कारण हो । दोस्रो कुरा, स्वयं सत्तारुढ भनिएका दलभित्र व्यापक असन्तुष्टि देखियो । नेपाली कांग्रेस र नेकपा एमालेभित्रै पनि असन्तुष्टि छ ।

तेस्रो, कांग्रेसका नेताहरूले नै बाहिर के बोलिराख्नुभएको छ सरकारका विरुद्ध ? त्यही कारणले मैले यो सरकार नयाँ वर्षसँगै ढल्ने देखिन्छ भनेको हुँ । ठ्याक्कै तिथिमिति तोकेर भनेको होइन । देशमा घटनाक्रम जसरी विकास भइराखेको छ, त्यो हेर्दा, सत्तारुढ दलभित्रै सरकारप्रति असन्तुष्टि, आक्रोश हेर्दा यो सरकार धेरै टिक्दैन भन्ने देखिन्छ ।

Nepal PM Oli invites Prachanda, Sher Bahadur Deuba for talks on new government formation - OnlineKhabar English News

**********

भन्देऊ त कोही देश र जनताले के पायो ??

No photo description available.

हेर्दा हेर्दै एकासी पनि गयो, बयासी आयो
हरेक वर्ष झैँ क्यालेन्डरले अर्को मौका पायो
कहिले बहुदल भन्दै आयो
कहिले प्रजातन्त्र भन्दै आयो
कहिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता भन्दै आयो
तर जुन जुन तन्त्र आए पनि, जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

 

पालैपालो काँग्रेस पायो , एमाले पायो,
माओवादी पायो, राप्रपा, मधेसवादी पायो
त्यति मात्र हो र ? स्वतन्त्र भन्दै रास्वपा आयो
बार्गेनिङ गर्दै गृह र उपप्रधानमन्त्री नै खायो
जो जो आए पनि, जो जो गए पनि
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

 

बाहुन क्षेत्री पायो, जनजाति, दलित के के हो के के पायो !
सबैका सङ्घ सङ्गठन र झन्डा पायो
सूर्य चन्द्र अङ्कित झन्डा हेर्दा हेर्दै बिलायो
तँ तँ र म म गर्न, लड्न, भिड्न पायो
भागबन्डा गर्‍यो मिलेर खायो !
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनता ले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

 

बोल्न नजान्नेले पायो, धेरै बोल्न जान्नेले पायो
हत्या र अपराधका मतियारहरू सत्तामा ल्यायो
जहानियाँ शासन चलायो,
जुटेर चलायो, फुटेर चलायो, भुटेर चलायो
राष्ट्र र राष्ट्रियता जलायो, पोलेर खायो
अभिभावक बन्नु पर्ने राज्यले राज्य आतङ्क मच्चायो
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

– रामप्रसाद खनाल, वैशाख १, २0८२, हाल अमेरिका


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।