चैत्र ३१, आईतवार २०८१ / अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रसान्त उप्रेती “भुइँमान्छे” चयन भएका छन् । हिजो भएको अनेसास केन्द्रको बैठक बाट अनेसास फ्रान्स च्याप्टर गठन प्रस्ताब सर्बसम्मतिले पारित गर्ने
निर्णय भएको हो। उप्रेती सहित १२ पदाधिकारी तथा सदस्यहरूको नव कार्यसमिति फ्रान्समा गठन भएको हो ।
नवकार्यसमितिमा अध्यक्षमा प्रसान्त उप्रेती “भुइँमान्छे”, वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी , उपाध्यक्षमा आभाष आचार्य महासचिवमा भिम प्रसाद रिमाल “निश्चल “, सचिवमा मधुकर देवकोटा कोषाध्यक्षमा सुधाम्शु खनाल चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा कविन्द्र कायस्थ , सन्ध्या शर्मा ,सम्पूर्ण पाठक,केशव ढकाल ,ओम गौचन , श्रबण कुमार कौस्तुव , चयन भएका हुन् ।
२०२५-२०२७ का लागि भएको यस कार्यसमितिलाई अनेसास केन्द्रीय कार्यसमितिका सर्वज्ञ वाग्ले, दिल्ली अम्माई लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
फ्रान्समा तेश्रो पुस्तालाई नेपाली भाषा संग जोड्ने अनि नेपाली संस्कृति ,परम्परा रितिरिवाज जगेर्ना गर्ने हेतुले संस्था स्थापना भएको जानकारी अनेसास फ्रान्स च्याप्टरका अध्यक्ष प्रसान्त उप्रेती “भुइँमान्छे” ले जानकारी गराउनु भयो।

प्रतिक्रिया