लडाइँ
यो कुन लडाइँ लड्दै छौ तिमी
कस्को निम्ति मर्दै छौ?
आफ्नै घर आगन (देश) भत्काइ तिमी
कस्को घर (देश) बनाउन खोज्दै छौ?
आफ्नै (नेपाली) परिवारलाई दुख दिइ तिमी
कुन परिवारलाई खुशी पार्न खोज्दै छौ?
नेपाली भइ नेपालीलाई मारी तिमी
कुन जातिलाई बचाउन खोज्दै छौ?
नेपाल आमाको मुटु चिरी तिमी
कुन आमाको मुटु भर्न खोज्दै छौ?
यो कुन लडाइँ लड्दै छौ तिमी
कस्को निम्ति मर्दै छौ?




प्रतिक्रिया