Washington DC, US : July 18, 2025, Friday 03:48 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

मन्त्रिपरिषद्को बैठक, दुईको मृत्यु, ५३ प्रहरी घाइते, १५ सवारी साधन र १४ ठाउँमा आगजनी भएको प्रहरी पुस्टि

  NepalMother.com | १४ चैत्र २०८१, शुक्रबार २०:४९

सरकारले पुर्व राजाका समर्थकले गरेको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधिको छानविन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार अबेर राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रर्दशनको क्रममा भएको अमानवीय क्रियाकलापको घोर भत्र्सना गर्दै सो क्रममा मृत्यु भएका व्यक्ति प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । बैठकले घाईतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरेको छ । त्यसैगरी शुक्रबारको घटनामा भएको जनधनको क्षतिको सत्य तथ्य पत्तालगाई दोषीलाई कारवाही गर्न र यस्ता घटना भविश्यमा हुन नदिन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रीपरिषद्को बैठकको बारेमा जानकारी दिदै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले ले म्यानमार र थाईल्याण्डमा गएको विनासकारी भुकम्पबाट भएको धनजनको क्षति प्रति गहिरो दुख व्यक्त गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘पुर्व राजाका समर्थकहरुद्धारा काठमाण्डौको तीनकुने आसपासको क्षेत्रमा अराजक प्रर्दशनको क्रममा नीजी, सार्वजनिक एवं सरकारी सम्पति, सवारी साधन, राजनीतिक दलका कार्यालय एवंम् सञ्चारगृहहरु माथि भएको आक्रमण , आगजनी र तोडफोड एवंम् अन्तराष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा हिंसात्मक गतिविधि गरि आतंक फैलाउने , घरभित्र मानिस भएको अवस्थामा ढुंगामुडा , आगजनी र मानिसको ज्यान जाने जस्ता अमानविय र गैह कानुनी कार्य गरि तोडफोड र लुट जस्ता कार्य भएकोमा नेपाल सरकार घोर भत्र्सना गर्दछ । नेपाल सरकार उक्त घटनामा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रर्दशनको क्रममा घाईते भएकाहरुको निशुल्क स्वास्थ्य व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने र घटनाको सत्य तथ्य छानविन गरि दोषी उपर कारवाही गरि आगामी दिनमा यस्तो घटना हुन नदिन उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने र यस्ता गतिविधिमा सहभागी नहुन सर्वसाधरणलाई आव्हान गर्दछ । त्यसैगरी म्यानमार र थाईल्याण्डमा गएको विनासकारी भुकम्पबाट भएको धनजनको क्षतिप्रति नेपाल सरकार गहिरो दुख व्यक्त गर्छ । दुखद घटनामा मृत्यु हुनेमा श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावितहरुमा धैर्यधारण गर्ने शक्तिप्रदान गरुन् भन्ने कामना गर्दछु । ’

शुक्रबार काठमाण्डौमा राजावादी र समाजवादी मोर्चाले प्रर्दशन आयोजना गरेका थिए । राजावादीहरु सुरुमै ढुंगामुडा र अराजक गतिविधिमा उत्रिएपछि उनीहरुको औपचारिक कार्यक्रम हुन सकेन । सो क्रममा एक जना पत्रकार सहित दुई जनाको ज्यान गएको छ । समाजवादी मोर्चाले भने शान्तिपुर्ण रुपमा कार्यक्रम सम्पन्न भएको थियो । राजावादीले तीनकुने र समाजवादी मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेका थिए ।

यता जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।