Washington DC, US : March 31, 2025, Monday 04:02 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न, गणेश पाण्डे अध्यक्षमा निर्वाचित

  NepalMother.com | १२ चैत्र २०८१, बुधबार ११:४८

प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन ऐतिहासिक तथा औद्योगिक नगरी विराटनगरमा भव्यताका साथ सम्पन्न भएको छ । अग्रजहरुको कष्टसाध्य योगदान, त्याग र बलिदान तथा हामीले उर्जाशील जीवन बिताएको प्रेस चौतारी नेपालको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गर्नुहुने सम्पूर्ण अग्रज तथा देशभरबाट विराटनगर पाल्नुभएका प्रतिनिधिज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
महाधिवेशनमा प्रमुख अतिथिका रुपमा पाल्नुभएका पार्टीका महासचिव शंकर पोखरेल, अतिथिका रुपमा पाल्नुभएका उपमहासचिव एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, पार्टीको जनसंगठन समन्वय संयन्त्रका संयोजक, पूर्वमन्त्री भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, कोशी प्रदेशका इञ्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल तथा कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाप्रति आभारी छु । साथै, हामीलाई मार्ग निर्देशन गर्नुहुने प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष आदरणीय दाईहरु डा. बालकृष्ण चापागाईं, गगन विष्ट, राजेन्द्र अर्याल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, वर्तमान अध्यक्ष निर्मला शर्मा तथा प्रेस चौतारी नेपालका संस्थापक सचिव एवं पूर्वमहासचिव प्रमोद दाहाललाई पनि आभार । पुस्तान्तरणको सफल नेतृत्व गर्नुहुने मेरो अध्यक्ष गणेश बस्नेतलाई सलाम ।
प्रेस चौतारी नेपालको गत पुसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले जिल्ला, प्रदेश र केन्द्रमा सर्वसम्मत रुपमा निर्वाचित गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप हामीले देशभर (एउटा जिल्लाबाहेक) सर्वसम्मत रुपमा जिल्ला र प्रदेशका समिति तथा प्रतिनिधिहरु चयन र मनोनयन गरेका थियौं । यो प्रक्रियामा देशभर धेरै साथीहरुले साथ दिनुभयो । आफूलाई चित्त नबुझे पनि संगठनले दिएको जिम्मेवारीमा बसेर हार्दिकता देखाउनुभयो ।
केन्द्रको नेतृत्वको आकांक्षीका रुपमा रहेका हामी सबैले यो प्रक्रियालाई साथ दिएका थियौं । प्रेस चौतारी नेपाल नेकपा (एमाले)को अग्रणी जनसंगठन हो । पार्टीका हरेक जनसंगठनको नेतृत्व निर्माणका सन्दर्भमा पार्टीको आफ्नै सोच हुने नै भयो । सोही अनुसार, पार्टीले गरेको निर्णय हामी सबैले मान्ने बचनबद्धता गरेका थियौं । तर, विराटनगर आइपुग्दा अलि फरक दृश्य देखियो । विराटनगरको भूमि पार्टी र नेतृत्वविरुद्ध प्रयोग भएकोमा असाध्यै दुःख लागेको छ । सामाजिक सञ्जाल, केही प्रायोजित मिडिया र केही व्यक्तिको अराजक गतिविधिले हाम्रो शिर निहुरिएको छ, त्यसमा म साथीहरुप्रति गहिरो दुःख व्यक्त गर्न चाहन्छु । प्रतिपक्षी पार्टीदेखि पार्टी छाडेर गएकासम्म एमाले र एमाले नेतृत्वको छवि धुमिलाउने असफल मिसनमा मिसिएका थिए । कतिपयलाई तत्कालै जवाफ दिन मन हुँदाहुँदै पनि त्यहीस्तरमा झरेर जवाफ दिन हाम्रो संस्कारले दिएन ।
प्रेस चौतारी नेपाल लमजुङको संस्थापक हुँदै २५ वर्षदेखि म प्रेस चौतारी नेपालको विभिन्न जिम्मेवारीमा छु । केन्द्रीय सदस्य, केन्द्रीय सचिव, दुई कार्यकाल उपाध्यक्ष हुँदै अनेकौं परिक्षा पार गरेर संगठनलाई शिरमा राखेर यहाँसम्म आइपुगेको हो । योबीचमा कतिपटक निर्वाचित भएर आएँ, कतिपटक आफूले चाहेको पद पनि अरुलाई छाडेर सहमतिको वातावरण बनाएँ । १२ वर्षअघि विराटनगरमा भएको सातौं राष्ट्रिय महाधिवेशनमा निर्वाचनबाटै म सर्वाधिक मतका साथका केन्द्रीय सचिवमा निर्वाचित भएको थिएँ । आठौं महाधिवेशनमा महासचिव पदमा मेरो दाबेदारी थियो । मैले चुनावको माग पनि गरेको थिएँ । तर, पार्टीले सहमतिमै नेतृत्व निर्माण गर्ने भनेपछि म अरु साथीहरुलाई कार्यकारी जिम्मेवारी छाड्दै उपाध्यक्ष बनेँ । तीन वर्षअघि अध्यक्ष पदमा मेरो दाबेदारी थियो । तर, पार्टी भर्खरै विभाजन भएको र केही साथीहरु निर्वाचनमा जाँदा समेटिन नसक्ने अवस्था भएका कारण हामीले सर्वसम्मतिमै नेतृत्व निर्माण गरेका थियौं । यसपालि पनि हामीसँग विद्रोहबाट घर फर्किएका विश्वमणि सुवेदीजी नेतृत्वको टिम थियो । उहाँहरुलाई चुनावमा जाँदा अप्ठेरो पर्ने अवस्था आउँथ्यो । त्यसकारण पनि हामीले एकता र सहमतिमा जोड दिएका थियौं । यही तथ्यलाई ध्यानमा राखेर हामीले देशभर साथीहरुलाई ‘घर फर्क अभियान’ थालेका थियौं । जुन सफल पनि भएको छ । एकहिसाबले यो हाम्रो एकताको महाधिवेशन हो ।
विगत दुई कार्यकाल सहमतिको विधिबाट नेतृत्व चयन गरेको प्रेस चौतारी नेपाललाई यसपटक सहमतिमा नेतृत्वमा चयन गर्न नपर्ने कुनै कारण नै थिएन । यसअघिको महाधिवेशनबाट म उपाध्यक्षको एक नम्बर वरियतामा थिएँ । म र सविन प्रियासनजी मात्र दुई कार्यकाल उपाध्यक्ष थियौं । सविनजीलाई हामीले पत्रकार महासंघमा पठाएपछि अध्यक्षमा निर्विकल्प मेरो दाबेदारी पनि थियो । संकटमा आफूले जोगाएर ल्याएको यो संगठनको नेतृत्व गर्न पाउनु मेरो हक पनि हो । दुई कार्यकाल उपाध्यक्ष भएका कारण विधानतः मलाईसँग दुई मात्र विकल्प थिए– अध्यक्ष बन्ने, कि बाहिरिने । विधानका कारण म बाहेक सबै साथीहरूलाई मेरो नेतृत्वमा समितिमा समेटिन मिल्थ्यो । त्यसैले अध्यक्षमा चाहना राख्नुभएका साथीहरुलाई एक कार्यकाल मलाई नेतृत्वमा सहयोग गर्न पटकपटक आग्रह पनि गरेको थिएँ । सहमतिका लागि अन्य साथीहरुलाई छाड्न या चुनाव लड्न पनि म तयारै थिएँ । तर, पार्टीको जनसंगठन समन्वय संयन्त्रले कुनै पनि जनसंगठनको निर्वाचन नगर्ने नीति लिएको तथ्य यहाँनिर राख्न चाहन्छु । लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताको सिद्धान्तको प्रमुख कडी ‘छलफलमा स्वतन्त्रता, निर्णय कार्यान्वयनमा एकता’ हो ।
म्याग्सेसे पुरस्कार विजेता भारतीय पत्रकार रवीश कुमार भन्छन् – ‘सूचना जति पवित्र र प्रामाणिक हुन्छ, नागरिकका बीच भरोसा त्यति नै गहिरो हुन्छ । देश सही सूचनाले बन्छ । फेक न्यूज र प्रोपागाण्डा जहिले पनि भीड मात्र बन्छ ।’ यसपालि पार्टी र नेतृत्वविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र भावनाको भेल बगाउने काम गरियो । पार्टीका एक जना पदाधिकारीको सचिवालय नै यसमा परिचालित भयो ।
यद्यपि पार्टीका जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको अभिभावकीय भूमिका, निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको कुशल व्यवस्थापन र मेरा अध्यक्ष गणेश बस्नेतको कुशल कमाण्डले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व सर्वसम्मतिका साथ चयन भएको छ ।
उद्घाटन सत्रमा महासचिव शंकर पोखरेलले भरोसा गर्दै भन्नुभएको थियो- ‘प्रेस चौतारीका लागि पार्टीका अरु नेता जरुरत पर्दैन, गणेश बस्नेत नै काफी हुनुहुन्छ ।’
अध्यक्ष बस्नेतले यसपालि नयाँ जुझारु टिमलाई नेतृत्व हस्तान्तरण मात्र होइन्, पुस्तान्तरण गर्न सफल हुनुभएको छ । कतिपय साथीहरुले चाहे जस्तो जिम्मेवारी पाउनुभएको छैन्, तर सबैको भावनालाई समेटेर प्रेस चौतारी नेपाललाई नयाँ उचाईमा लैजाने प्रण गर्दछु । निर्वाचनका भावनात्मक र आदर्श कुरा आफ्नो ठाउँमा होलान्, अशान्त मानिसले मात्र आफूले नपाएपछि सारा सकिएको देख्छन्, अरुलाई ढाल्नुमा आफ्नो सफलता देख्छन् । तर, सबैलाई सँगसँगै लैजान सक्नु नै हाम्रो सामूहिक जित हुन्छ ।
जीवन मोतीको माला जस्तै हो । मिलाएर लगाउँदा झलमल देखिन्छ तर माला चुँडियो भने सबै टुक्राटुक्रा हुन्छ। हामीले सबै मोतीलाई जोडेर अब प्रेस चौतारी नेपाललाई गाँसिएको माला जस्तै बनाउनु पर्नेछ । विराटनगर महाधिवेशनले प्रेस चौतारीको विराट यात्रा तय गरेको छ ।
हामी छिट्टै प्रेस चौतारी नेपालको नयाँ भवन निर्माण आरम्भ गर्छौं । संसारभरका वामपन्थी, वर्कर्स र भाइचारा सम्बन्ध भएका संगठनहरुसँग आबद्ध पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक नेपालमा गर्छौं । हाम्रो पार्टी नेकपा (एमाले)ले जबजको आलोकमा समृद्ध नेपाल निर्माणका लागि गरेको नेतृत्वको कथा संसारभर सुनाउन चाहन्छौं । चौतारीको दायरालाई विदेशमा पनि विस्तार गर्छौं । छिट्टै जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला, पत्रकार महिलाहरुको राष्ट्रिय भेला र रेडियोकर्मीको राष्ट्रिय भेला गरेर श्रमजीवि पत्रकार र पत्रकारिताले भोगेका समस्या र समाधानका लागि घनुभूत छलफल गर्छौं ।
संसारका ५० वटा देशमा पुगेको अनुभव, दर्जनौं अन्तर्राष्ट्रिय अवार्ड, न्यूज रुमको सफल नेतृत्व गरिसकेको छु । जे गर्छु, मनैदेखि गर्छु । संगठनको २५ वर्षे मेरो यात्रामा कहिल्यै पनि साथीहरुको शिर निहुराउने काम गरेको छैन् । पाउँदा खुसी, नपाउँदा विरहको गीत गाउँदै पनि हिँडेको छैन् । देशभरका साथीहरुले एकपटक यो संगठनको अध्यक्षका रुपमा हेर्न चाहनुभएको थियो । अब काम गरेर देखाउने जिम्मा आयो, चुनौती छन् । सामना गरेर अगाडि बढ्छौं ।
अन्त्यमा,
प्रेस चौतारी नेपालको १० औं महाधिवेशन सम्पन्न गर्न अहरोत्र मेहनत गर्नुहुने प्रेस चौतारी नेपालका सचिव विक्रम लुईंटेल, कोशी प्रदेशका अध्यक्ष सुमन पुरी नेतृत्वको टिम र मोरङ जिल्ला अध्यक्ष चीना थापा नेतृत्वको टिमप्रति हार्दिक आभार । देशभरबाट कष्टकर यात्रा गर्दै पाल्नुभएका र अहिले गृह जिल्ला फर्किंदै गर्नुभएका विभिन्न जिल्लाका साथीहरुको यात्रा सफल रहोस् ! साथ, सहयोग, शुभकामना र शुभेच्छा प्रकट गर्नुहुने सबैलाई दिलैदेखि धन्यवाद र आभार !

– गणेश पाण्डे, नब निर्वाचित अध्यक्ष, प्रेस चौतारी नेपाल

May be an image of 1 person and smiling

No photo description available.

May be an image of 3 people, dais and text

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।