Washington DC, US : July 8, 2025, Tuesday 11:10 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|यस्ता महान प्रधानमन्त्री र राष्ट्रपति पाउने नेपाली हामी कति भाग्यमानी !|नेपालमा बाढी : ७ जनाको शब भेटियो, अझै २० जना बेपत्ता|१०४ जनाको ज्यान गयो, १० क्याम्पर र १ जना सल्लाहकार अझै बेपत्ता|लोग्ने स्वास्नी, घर भंडाउने, बिगार्ने भए पत्रकार !|डोनाल्ड ट्रम्पले टेक उद्यमी एलन मस्कप्रति कडा टिप्पणी गरे|हिरण्य भोजपुरेको चर्चित उपन्यास ‘सगरमाथाभन्दा माथि’ को अंग्रेजी अनुवाद सार्वजनिक|यो हप्ता अमेरिकाका ५ मुख्य समाचारहरु यस्ता छन !|अमेरिकाको टेक्सासमा बाढीको बितण्डा, मृत्यु हुनेको संख्या बढ्दै|एकै परिवारका चार जनाको सामूहिक हत्या, स्थानीय स्तब्ध !|जापानको कान्साईमा ‘कास्की पोखरा समाज’

गुल्मेली सम्पर्क समाज रुपन्देही : आयो पन्थको नेतृत्वमा नयाँ टिम

  NepalMother.com | ८ चैत्र २०८१, शनिबार १२:४५

गुल्मेली सम्पर्क समाज रुपन्देहीको अध्यक्ष डा.पन्थ,महासचिवमा कुँवर

बुटवल / गुल्मेली सम्पर्क समाज रुपन्देहीको १७ औं साधारणसभा तथा सातौं अधिवेशनले डा. नारायणप्रसाद पन्थको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। जसको प्रथम उपाध्यक्षमा हेम थापा, द्वितीय उपाध्यक्षमा कविता अर्याल ,उपाध्यक्षमा लक्ष्मण ज्ञवाली ,महासचिवमा राजेन्द्र कुँवर , कोषाध्यक्षमा बोमलाल भण्डारी, सचिवमा भोज खत्री, सहकोषाध्यक्षमा अर्जुनबहादुर कुँवर तथा सदस्यहरूमा तुलसीराम कंडेल ,लक्ष्मण अर्याल , सिर्जना मरासिनी , मोतिलाल गौतम , लक्ष्मी श्रेष्ठ , मन्दिरा शर्मा , माधवप्रसाद ज्ञवाली र कविराज श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो ।
यस अघि अधिबेशनको उद्घाटन गर्नुहुदै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले विनियोजन गरेको बजेटको आधारमा रहेर सकेसम्म धेरै नागरिकलाई विकास र समृद्धि प्रदान गर्ने बताउनु भएको थियो ।
समाजले समाज सेवाका हिसाबले प्रसंसनीय काम गर्दै आएको बताउनुहुँदै उहाँले यस संस्थामा रहेको निर्माणधीन भवन निर्माण , आवतजावत गर्ने सडक लगायतका क्षेत्रमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले अहिले सडक पूर्वाधार ,विद्यालय ,अस्पतालहरू गाउँ -गाउँमा पुगेको र कृषिलाई व्यावसायिकतामा जोड्ने योजनाहरू अगाडि सारेर कार्यान्वयनमा लागेको बताउनु भयो ।
गुल्मेलीहरू राजनीतिक, शैक्षिक, व्यावसायिक, स्वास्थ्य ,समाजसेवा हरेक तह र तप्कामा अग्रपंक्तिमा रहेको देख्दा खुशी लाग्ने उहाँले बताउनु भयो ।
सम्पर्क समाजका अध्यक्ष डा.नारायणप्रसाद पन्थको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको स्वागत तथा महासचिव कृष्णप्रसाद पोखरेलको संचालनमा भएको कार्यक्रममा बोल्दै गुल्मी जिल्ला समन्वय समितिका सदस्य सुनिता जिसीले सम्पर्क समाजले गरेका कामहरु उदाहरणीय रहेको बताउनु भयो ।
कार्यक्रममा सल्लाहकारहरु लोकनाथ उपाध्याय , टिकाराम शर्मा धिमिरे , ओमी पुन , ऋषि भण्डारी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
गुल्मीबाट रुपन्देहीमा आइ बसोबास गरेका गुल्मेलीहरुले जेष्ठ नागरिक मिलन केन्द्र , छोरी शिक्षा कार्यक्रम ,श्रृङ्गेश्वरधाम निर्माण गरी गुल्मेलीहरुलाई भावनात्मक रुपमा समेत जोडने कार्यक्रम संचालन गरिएको अध्यक्ष डा. पन्थले जानकारी दिनु भयो ।
अधिवेशनका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने व्यक्तित्वहरुलाई अध्यक्ष डा. पन्थले कदरपत्रसहित सम्मान गर्नुभएको थियो ।
सम्मानित व्यक्तित्वमा सल्लाहकारहरु टिकाराम शर्मा घिमिरे, सल्लाहकार तथा शैक्षिक व्यक्तित्व लोकनाथ उपायाय, शृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, निशुल्क आवाशीय छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमीकला पुन, ज्येष्ठ नागरिक मिलनकेन्द्रका अध्यक्ष यदुनाथ पान्डे, सिद्धार्थनगर शाखा अध्यक्ष केशवराज ज्ञवाली, सचिव पुरूषोत्तम पाण्डे, हेम थापा , उत्कृष्ट सदस्य भोजेन्द्र खत्री तथा २१ वर्षसम्म निरन्तर सहयोग पुर्याउनु भएका कृष्णप्रसाद भट्टराई तथा कोषाध्यक्ष विजय खनाल रहनुभएको थियो ।
अध्यक्ष डा. पन्थले आगामी दिनमा पनि समाजलाई सहयोग पुर्याउनुहुने सहयोगी मनहरुलाई क्रमशः सम्मान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

May be an image of 7 people, temple and text that says 'वुकती हामी सामाजिरिक रीति মিतি, जोगाओी हासो गौरवमय संस्कृति I" गुल्मेली सम्पर्क समाज रुपन्देही Gulmeli Society of Kin-ship Rupandehi 9औ साधारण सभा तथा सातौ अधिवेशन R059 चैत्र गते, शनिवार स्थान श्री शृतेश्वरधाम, तिलोत्तमा- डिम्रनगर (गुल्मेली गुस्योजना स्थत) 또끼 FALAT နဝ'

May be an image of 9 people, speaker and text

May be an image of 7 people and temple

May be an image of 4 people, dais and text

May be an image of 12 people, hospital and text

May be an image of ‎text that says '‎"बुभी हाम्रो सामाजिक रीति र थिति, जोगाओँ हाम्रो गौरवमय संस्कृति।" सेगक समाज 90 አ/ት गुल्मेली सम्पर्क समाज रुपन्देही 可代地に公 Spclty Kin-ship Rpin Gulmeli Society of Kin-ship Rupandehi खपिल ੴओ साधारण सभा तथा सातौ अधिवेशन ನెಂದದೇ चैत्र ل गते, शनिबार स्थान: श्री श्रूदरश्वरधाम, तिलोत्तमा-४, डिडरनगर (गुल्मेली गुयोजना स्थल)‎'‎

May be an image of 3 people, dais and text that says 'न)'

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।