Washington DC, US : March 31, 2025, Monday 04:09 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?|अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन !|रवीन्द्र मिश्र, धवलशमशेर सहित ११ जनालाई राज्यविरुद्धको कसुर|डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तोष व्यक्त गरे|अधिवक्ता स्वागत नेपाल विना सर्त रिहा|बेपत्ता भनिएका दुर्गा प्रसाइको भिडियो सार्बजनिक, के भन्छन सुन्नुस !|गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ?|अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो|म त निर्धो पुलिस परें !|हिजो रण मैदान बनेको काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइयो, क कसले के के भने हेर्नुस बिबरण !

नेपालका विभिन्न समुदायमा बौद्ध धर्मदर्शन

  NepalMother.com | २ चैत्र २०८१, आईतवार १०:५९

– डा.बालकृष्ण चापागाईं
नेपाल प्राचीनकालदेखि नै भाषा, धर्म,संस्कृति र परम्पराका मामिलामा विविधता भएको देश हो । यसका साथै विभिन्न धर्मावलम्वी मानिसहरूको मिलेको बसाई एवम् जीवनशैलीलाई हेर्दा यो आफैमा सहिष्णु संस्कृतिको नमूना जस्तै बनेको छ । अतः २०६३ ज्येष्ठ ४ गतेको नेपालको प्रतिनिधिसभाले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्नु अघि यो देश संवैधानिक एवम् राजनीतिक हिसावले हिन्दू अधिराज्य भनिए पनि विश्वका अन्य मुलुकहरूको अवस्थालाई हेर्दा नेपालमा धार्मिक सहिष्णुता, सत्भाव र एकताको व्यवहार कायम रहीआएको पाइन्छ । यसको प्रभाव नेपालको सामाजिक जनजीवनमा पनि देख्न सकिन्छ । परिणामतः एउटै परिवारमा हिन्दू र बौद्धको संमिश्रण पनि देख्न सकिन्छ । यही विशिष्ट परिस्थितिको धरातलमा टेकेर नेपालका विभिन्न समुदायमा बौद्धदर्शनको प्रभावका बारेमा यहाँ विवेचना गरिएको छ ।
आज विश्वमा सर्वत्र शान्तिको खोजी भइरहेको सन्दर्भमा बुद्धको जन्मभूमि नेपालबाट विश्वमा कस्तो सन्देशको सञ्चारण गर्ने भन्ने विषय झनै महत्वपूर्ण हँुदै गएको छ । बुद्धले ज्ञान प्राप्तिपश्चात् ४५ वर्षसम्म अनवरत रूपमा धर्म प्रचार प्रसार गर्ने क्रममा तथागत स्वयं कपिलवस्तु र देवदह पुगेका, विहारहरू निर्माण भएका, कपिलवस्तु देवदहमा थेरीहरू रहेका आदि प्रमाणबाट बुद्धको जीवनकालमै नेपालमा बुद्धधर्मले प्रवेश गरिसकेको देखिन्छ । अतः अहिलेको नेपालको प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लामा बुद्धको जीवनकालमा नै उनका विचार र दर्शनको प्रचार एवम् व्याख्यान भएको स्पष्ट हुन्छ ।
नेपालमा बौद्ध सञ्चारको प्रारम्भिक चरणमा नै काठमाडौं उपत्यकामा भिक्षुहरूको भ्रमण भएको विवरण भेटिएका छन् । त्यतिबेला शाक्य, कोलीय, वृज्जि, लिच्छवी, मल्ल आदि उपत्यकामा प्रवेश गरेका थिए । उनीहरूको आगमनसँगै बुद्धधर्मले पनि प्रवेश पाएको, उनीहरू सभ्य र सुसंस्कृत तथा कालीगढी, कृषि, व्यापारिक कार्यमा समेत पारङगत भएका हुनाले तत्कालीन समाजमा प्रभाव जमाउन सकेको देखिन्छ । उनीहरूको स्थानीयवासीसँगको सामीप्यता र सहकार्य बढ्दै जाँदा नयाँ बौद्ध सम्प्रदाय थेरवादको जन्म भएको पाइन्छ । यस्तै नेपालमा लिच्छवी राजा वृषदेवको पालादेखि बौद्ध इतिहास भेटिन्छ ।
वृषदेवकै पालाको मानिने चावहिलको अभिलेखमा उत्कीर्ण भाषा, भाव र अभिव्यक्तिसँगै त्यसमा उल्लेख गरिएको महासांघिकको महावस्तु ग्रन्थकोे किन्नरीजातक महत्वपूर्ण छ । त्यसपछि शङ्करदेव, धर्मदेव, मानदेव, शिवदेव, अंशुवर्मा, नरेन्द्रदेव आदिको समयमा प्राप्त अभिलेखबाट विहारहरूको नाउँ आर्यभिक्षु सङ्घ, आर्यभिक्षुणी सङ्घ (चातुव्विंश—महायानप्रतिपन्नार्य भिक्षुणीसङ्घ) आदि शब्दहरूसँगै विविध कुराको जानकारीले लिच्छविकालमा बुद्धधर्मको अवस्थाबारे बुझ्न सकिन्छ । गुंविहार, श्रीमानविहार, श्रीशिवदेवविहार, कल्याणगुप्तविहार, श्रीराजराजविहार, श्रीखर्जुरिकाविहार, मध्यमविहार, कल्याण गुप्त विहार, चतुर्भालटसनविहार, अभयरुतिविहार, महाप्रतिहारवार्तसुजातप्रभुविहार, पुष्पवाटिका विहार, अजिकविहार आदि स्मरणीय देखिन्छन् । अंशुवर्माको अभिलेखमा बुद्धधर्मको प्रगतिको चित्रण छ । नरेन्द्रदेवका शिलालेखमा आर्यसङ्घ र शिवदेव विहारको लागि राजाले विशेष अधिनियम बनाएको वर्णन छ ।
वृषदेव, मानदेवलगायतका अरू राजाहरूले पनि विहार निर्माण, विहार बस्न आउने भिक्षुहरूलाई खानपीन आदिको व्यवस्था गर्नुका साथै आफूहरूले पनि प्रव्रजित—दीक्षा भिक्षुचर्या ग्रहण गरेको भन्ने भाषा–वंशावलीबाट देखिन्छ । यसरी माथिका विवरणहरूको अध्ययनबाट लिच्छवीकालमा नै काठमाडौँ उपत्यकामा बौद्ध धर्म–दर्शन व्यापक बन्दै गएको देखिन्छ । यस्तै लिच्छवीकालमा बौद्ध धर्मले राजकीय मान्यता प्राप्त गरेको पनि देखिन्छ । बुद्धको सिद्धान्तमा आधारित शिक्षा पद्धतिको सुरुवात भएको पाइन्छ । शिक्षा दिने केन्द्रका रूपमा गुम्वा र मन्दिर प्रख्यात भएको पाइन्छ । त्यतिबेला काठमाडौँलाई संस्कृति र सभ्यताको केन्द्र मानिन्थ्यो र चिनियाँ र भारतीयहरू यहाँ अध्ययनका लागि आउने गर्दथे । नेपालमा बौद्ध धर्मको विस्तारका क्रममा थेरवाद मतको पुनर्जागरण भएको पाइन्छ । जुनसुकै यान र सम्प्रदायका भए तापनि नेपालका बौद्धहरूको थेरवादप्रति गहिरो श्रद्धा र विश्वास रहेको पाइन्छ । नेपालमा सर्वप्रथम थेरवाद बुद्ध धर्म भिœयाउने भिक्षु महाप्रज्ञा (सन् १९०१–१९९७) हुन् । उनी सन् १९२४ मा छेरिन्नोर्बु लामाबाट महायानी लामा–परम्परा अनुसार प्रव्रजित भई पुनः सन् १९२८ मा कुशीनगरमा पुगी ऊ चन्द्रमणि महास्थविरद्वारा थेरवादी बुद्धधर्ममा प्रव्रजित भएका थिए । उनकै सक्रियतामा पहिलो पटक नेपालको भोजपुरमा बुद्धजयन्ती मनाइएको थियो । नेपालका विभिन्न स्थानमा विहारहरू रहेका छन् र यिनीहरूका माध्यमबाट पनि बौद्ध धर्म–दर्शनको सञ्चार भएको पाइन्छ ।
संस्कृत भाषाका महायानी एवम् वज्रयानी ग्रन्थहरू अध्ययन–अध्यापन गर्ने र संस्कृत भाषाको मन्त्रोच्चारण गरेर पूजापाठ गर्ने नेवार समुदायका शाक्य, बज्राचार्यहरूको धार्मिक परम्परालाई महायान भनिन्छ । नेपालमा काठमाडौं उपत्यका, प्यूठान, डोटी, बन्दीपुर, तानसेन, बुटवल, भैरहवा, पोखरा, नारायणगढ, बीरगञ्ज, भोजपुर, चैनपुर, धनकुटा आदि नेवारहरूका बस्ती भएको ठाउँमा महायानको प्रभाव पाइन्छ । सुरुमा मगर जातिका मानिसहरू पनि महायानसँग सम्बन्धित थिए । नेपाली जनजीवनमा गहिरोसँग बौद्ध धर्म–दर्र्शनलाई जोगाएर राख्नमा महायानीहरूको योगदान देखिन्छ ।
त्यसैगरी तिब्बतमा बौद्ध धर्मदर्र्शन, संस्कृति र कलाको प्रचार गर्ने कार्यमा पनि यस यानको महत्वपूर्ण योगदान रहँदै आएको छ । यस यानका अनुयायीहरू सबैजसो गृहस्थमा छन् । महायान र बज्रयान अहिले नेवारसमुदायमा बढी पाइन्छ भने थेरवादीहरू पनि यही समुदायमा बढी भेटिन्छन् । नेपालमा महायानका महावीर र कुचविहार आदि रहेका छन् ।
अमृतानन्द र हज्सनले बुद्धको जन्मभूमि लुम्बिनीमा पुरातात्विक र ऐतिहासिक प्रमाणको खोजी गरी प्रचार–प्रसारमा महत्वपूर्ण योगदान दिएको पाइन्छ । बाह्य आक्रमण तथा प्रभावका कारण बुद्ध धर्मको प्रादुर्भाव भएको ठाउँ सुरक्षित रहन नसकेको देखिसकेपछि युरोपका विद्वान्हरूले बौद्ध धर्म–दर्शनको परम्परा, संस्कृति तथा शास्त्रीय खोजका निम्ति हिन्दुस्तानका मूल बस्ती तथा ऐतिहासिक ठाउँ र वरिपरिको क्षेत्रमा दृष्टि दिन थालेका थिए । त्यसै क्रममा नेपाल, तिब्बत, श्रीलङ्का आदिमा उनीहरूको दृष्टि जान थाल्यो । त्यस बेला फ्रान्सका प्रसिद्ध ‘ओरिएन्टालिस्ट’ विद्वान् फ्रान्सका प्राध्यापक युजिन बुर्नोफ (सन् १८०१–१८५२) संस्कृतमा दक्खल भएका व्यक्ति थिए । हज्सन र वुर्नोफ्को संयुक्त योजना बुद्ध धर्मको सांस्कृतिक पाटोबाट मात्र नभई दार्शनिक पाटोबाट शास्त्रीय आधारमा बुझ्ने र बुझाउनेक्रम अगाडि बढ्यो ।
नेपालमा बौद्ध धर्मदर्शनको प्रचार, विस्तार, पुनर्जागरण र संरक्षणमा थेरवाद, प्रारम्भिक महायान तथा बज्रयान र लामा बुद्धधर्मको आ–आफ्m्नै किसिमका विशेषता र भूमिका रहेको पाइन्छ । भवतु सब्ब मंगलम् ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।