Washington DC, US : April 24, 2026, Friday 04:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“मसँग त संसारभरको समय छ, तर इरानसँग छैन, समय सकिँदै छ।” : ट्रम्प|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने|होर्मुज बन्द भएपछि सयौँ व्यावसायिक तेल ट्यांकरहरू दुवै किनारमा अलपत्र|Breaking News : अमेरिकाको लुइसियानामा एक व्यक्तिले आठ बालबालिकाको गोली हानी हत्या गरे|अमेरिकाबाट कति नेपाली डिपोर्ट भए ? कुन जिल्लाका कति ? कस्तो छ अवस्था ?

“हेमराज पहारी स्मृति पुरस्कार-२०८१” प्रदान

  NepalMother.com | १७ फाल्गुन २०८१, शनिबार ११:५३

पोखरा । यस बर्षको हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा बिहीबार घाचोकमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले सदनका अध्यक्ष शिवप्रसाद पोखरेललाई पुरस्कार अर्पण गर्नु भयो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र छ ।

कार्यक्रममा प्राज्ञ गुरुङले आफ्नो गाउँ, भाषा ,साहित्य ,ठाउँको पहिचान, संस्कार र संस्कृति संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

उनले आफ्ना सनातन धर्म, संस्कार र संस्कृति जोगाउनु नै महत्वपूर्ण हुने भन्दै हुँदै नभएका कुरा भन्दा भएर पनि हराएका कुराको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका गुरुङ विदेशी शक्तिले नेपालको सनातनी धर्ममाथि प्रहार गरेको उदाहरण पछिल्लो अमेरिकाको कदमले प्रष्ट पारेको बताए ।

माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सिर्जना साहित्य सदन पुरस्कृत हुँदा सिंगो गाउँपालिका नै पुरस्कृत भएको महसुस भएको बताए ।

उनले पुरस्कारले सदनको गरिमा अझै माथि पुगेको भन्दै विगतमा अग्रजले गरेको दुःखको फल मिल्न थालेको बताए । उनले सदनको श्रीवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिभा चयन समिति संयोजक कृष्णप्रसाद बास्तोलाले कास्कीमा क्रियाशील करिब छ दर्जन साहित्यिक संघसंस्थाबाट सृजना साहित्य सदन छनोट हुन सफल भएको बताए ।

उनले भने, ‘शुरुमा करिब छ दर्शन संस्थाका विवरण संकलन गर्‍यौँ, त्यसपछि उत्कष्ट पाँच वटा छान्यौँ, त्यसमा सिर्जना सबैभन्दा उत्कृष्ट पायौँ र सिफारिस गर्‍यौँ, प्रतिष्ठानले पनि सहर्ष स्वीकार गर्‍यौँ ।’

समितिमा प्राज्ञ हरिदेवी कोइराला र साहित्यकार दुर्गा शाह बाबा सदस्य थिए ।

प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपानेले सिर्जना साहित्य सदन कास्कीकै एक उत्कृष्ट साहित्यिक संस्था भएकोले पुरस्कार अर्पण गर्ने निर्णय गरेको बताइन् ।नेपाली भाषा साहित्य मा युवा बर्ग लाई समाहित हुन आग्रह गर्नु भयो ।सदनका अध्यक्ष शिवप्रसाद पोखरेलले उत्कष्ट संस्थाको रुपमा छनोट गरी पुरस्कृत गरेकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै सम्मानले संस्थाको गरिमा निकै माथि पुगको महसुस भएको बताए ।

कार्यक्रममा सदनका पूर्वअध्यक्ष महेश्वर अनुरागी, अग्रज कवि छविलाल आचार्य, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कराज रेग्मी अथक, लोकगायिका हरिदेवी कोइरालालगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिष्ठानकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गोविन्दराज पहारीले स्वागत र सदनका संरक्षक असफल गौतमले सञ्चालन गरेका थिए ।

उक्त अवसरमा कवि छविलाल आचार्य र बालकवि देवेश पहारीले स्वर्गीय हेमराज पहारीको सम्झनामा कविता वाचन गरेका थिए ।जुन हृदयस्पर्शी थियो ।
२०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गरेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, पोखरास्थित लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।

साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।

पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’२०७५ , नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धकाे एक फन्को’२०६३ र कविता सञ्चयन ‘देशको अभिभारा’२०६१ प्रकाशित छन् ।

प्रतिष्ठानले पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवद्र्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गर्दै आइरहेको छ ।

कास्कीको सिर्जना साहित्य सदन २०५४ देखि निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आइरहेको छ ।

– प्रसान्त उप्रेती “भुइँ मान्छे ”
पेरिस ,फ्रान्स

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।