१. निरङ्कुशतावादी सिद्धान्तः सञ्चारका पाँच सिद्धान्तमध्ये निरङ्कुशतावादी सिद्धान्त सबैभन्दा पुरानो मानिन्छ । त्यस सिद्धान्तको विकास १६ औं शताब्दीको उत्तराद्र्धमा बेलायतबाट भएको थियो । एक बेलायती लेखक स्यामुएल जोन्सन भन्छन्ः ‘निरङ्कुशतावादीे सिद्धान्तले सञ्चार–माध्यमको प्रयोग सत्ताले पत्यार गरेर लाइसेन्स दिएको अथवा अनुमति दिएको मान्छेको हातमा मात्र सीमित राख्दछ । राजनीतिक सिद्धान्त र सत्तामा रहेका अधिकारीहरूको आलोचना गर्न पाइँदैन । निरङ्कुशतावादी सिद्धान्तले सञ्चार–माध्यम र त्यसको शक्ति सधैं सत्ताको सहयोगीको रूपमा र आफ्नो स्वार्थ–अनुरूप सञ्चालन गर्ने मुख्य ध्येय राखेको पाइन्छ ।
यसको मुख्य उद्देश्य सञ्चार–माध्यमलाई सरकारी नीतिहरूको प्रयोगको औजार बनाउनु हो । जुन देशमा जति बेला निरङ्कुशतन्त्र अस्तित्वमा रहन्छ, त्यो देशमा त्यतिबेला देशको राज्यसत्ताले नै सञ्चार–माध्यममा निरङ्कुशता लाद्ने गरेको देखिन्छ । राज्यसत्ताको चरित्र निरङ्कुश हुँदा उसले नगारिकलाई स्वतन्त्रता प्रदान गर्दैन र नागरिक स्वतन्त्रता र सूचनाको पहरेदार प्रेसलाई कुनै पनि अर्थमा स्वतन्त्र हुन दिंदैन । त्यसैले सञ्चार माध्यमहरूको प्रयोग सत्ताले पत्यार गरेर लाइसेन्स दिएको अथवा अनुमति दिएको मान्छेको हातमा मात्र सीमित राख्दछ ।
यसले विचार–प्रवाहको स्वतन्त्रतामाथि नियन्त्रण गर्दछ । यसकोे धर्म नै सधै निरङ्कुशतन्त्रको सेवा गर्नु हो । १६ औं शताब्दीमा विकास भएको त्यो सिद्धान्त करिब दुई शताब्दी लामो समयसम्म अस्तित्वमा रहेको थियो । संसारका अधिकांश मुलुकमा त्यो अवधिको राज्यसत्ता पनि निरङ्कुश नै थियो । निरङ्कुश सत्तामा प्रेस पनि निरङ्कुश चरित्रको हुनु स्वाभाविक थियो । समाज–विकासको क्रमसँगै मानवीय चेतनामा पनि विकास हुँदै आयो ।
मानिसले नै निरङ्कुश सत्ताबाट स्वतन्त्रता खोज्न थाल्यो । निरङ्कुशतन्त्रको विकल्पमा प्रजातन्त्रको आवाज उठ्न थाल्यो । त्यही क्रममा सत्ताको चरित्रसँग अन्तर्निहित बनेर प्रेसको निरङ्कुशतावादी सिद्धान्तको विकल्पको खोजी हुन थाल्यो । त्यही अभियानमा १९ औं शताब्दीको प्रारम्भसँगै निरङ्कुशतावादी सिद्धान्तको औचित्यप्रति तीव्र विरोध र उदारवादी सिद्धान्तको प्रतिपादन भएको देखिन्छ । गौतम बुद्धले सहअस्तित्व, भातृत्व, समानता र सामाजिक न्यायको मार्गदर्शन गरेकाले उनको विचारमा प्रेसको यो सिद्धान्त मेल खाँदैन ।
२. उदारवादी सिद्धान्तः १९ औँ शताब्दीको प्रारम्भसँगै प्रेसको निरङ्कुशतावादी सिद्धान्त विस्थापित भयो । सञ्चार–माध्यमको प्रभावकारिता, विश्वसनीयता एवम् सत्य–तथ्यको खोजीका साथै उदारवादी सिद्धान्तको प्रतिपादन भएको पाइन्छ । यसले सत्य र असत्यका बीचको भेद छुटट्याउन सक्ने मानवीय गुण एवम् मूल्य र मान्यतालाई आत्मसात् गरेको देखिन्छ । सञ्चार–माध्यम जहिले पनि समाज–मैत्री हुनुपर्छ । जनताको सहयोगी हुनुुपर्छ । अनि मात्र प्रेसको औचित्य रहन्छ भन्ने मान्यता क्रमशः स्थापित भयो । प्रेस सरकारको रक्षक वा सत्ताको सहयोगी नभई जनताको पक्षमा उभिनुपर्ने तर्क अघि सारियो र यसैबीच आफ्नो अधिकार मात्र नखोजी दायित्व पनि बुझ्नुपर्ने आवाज उठ्यो । सञ्चार–माध्यम शक्तिमा हुने, बलिया र पहुँचवालाको मात्र नभई कमजोर र अल्पसंख्यक वर्ग सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्न थालियो । यो सिद्धान्तको प्रतिपादन र विकासमा जोन स्टुआर्ट मिलजस्ता राजनीतिक दार्शनिकको विचारले महत्वपूर्ण भूमिका खेलेको हो ।
मानिसलाई सुसूचित गर्ने, व्यापारको प्रबद्र्धन र स्वस्थ मनोरञ्जन दिने उद्देश्य त्यो सिद्धान्तले आत्मसात् गरेको देखिन्छ । स्वतन्त्र बजारमा स्वतन्त्र मान्छेको विचार पु¥याउने यो सिद्धान्तले न्यायपालिकाको सर्वोच्चतालाई सधैँ स्वीकार गरेको छ । सञ्चार–माध्यमको स्थायित्व निजी क्षेत्रमा रहनुपर्ने मान्यता राखे पनि व्यक्तिको मानहानी हुने प्रकृतिका समाचार र सामग्री, अश्लीलताजस्ता विषयमा प्रेस स्वनियन्त्रित हुनुपर्ने मान्यता राखेको छ । यो सिद्धान्त प्रतिपादनको प्रेरणा तत्कालीन उदारवादी दर्शन र त्यससँग सम्बन्धित राजनीतिक क्रान्तिहरू बनेका थिए । १७ औँ शताब्दीमा बेलायत राजनीतिक दर्शनको स्रोत नै मानिन्थ्यो । १८ औँ शताब्दीमा उदारवादी दर्शनले व्यापकता पाएको
ंथियो । अमेरिका तथा फ्रान्सका राजनीतिक क्रान्ति र तिनको प्रभाव पनि यस सिद्धान्तका लागि प्रेरणा–स्रोत बनेको थियो । निकै ठूलो राजनीतिक द्वन्द्व र हिंसाबाट आएको उदारवादको खुलापनले छाडा खालको स्वतन्त्रतालाई सञ्चार क्षेत्रले अङ्गीकार गरेको पाइन्छ । गौतम बुद्ध नैतिक आचारणसहितको स्वतन्त्रताको पक्षधर भएकाले सञ्चारमा त्यसप्रकारको उदारताको पक्षधर देखिंदैनन् ।
३. सामाजिक उत्तरदायित्वको सिद्धान्तः बीसौं शताब्दीको आगमनका सँगसँगैै विशुद्ध उदारवादी सिद्धान्तका बारेमा थुप्रै बहस थालिए र त्यसको विकल्पमा नवीन सिद्धान्तको खोजी हुन थाल्यो । सूचना जनताका बीचमा पु¥याएर बहस र छलफल चलाउने, जनतालाई सचेत पार्ने, व्यक्तिगत अधिकारको रक्षाका लागि सरकारलाई निगरानी गर्ने, विज्ञापन–प्रवद्र्धन गरी उपभोक्तासम्म सबल अर्थतन्त्रको सरल व्याख्या गर्ने, जनतालाई मनोरञ्जन दिने र प्रेस सञ्चालनका लागि आर्थिक रूपमा आत्मनिर्भर हुनेजस्ता कुराहरू यो सिद्धान्तका विशेषता रहेका छन् । उदारवादी दर्शन व्यापक र सीमारहित हुने र अस्थिरता नियन्त्रण गर्ने कुनै सोच नभएको भन्ने आलोचनाको बीचबाट सामाजिक दायित्वको सिद्धान्त अरू उन्नत भएको हो ।
सञ्चार–माध्यमको प्रभावकारिताको अवधारणासहित उदारवादी सिद्धान्तको प्रतिपादन भएको हो । उदारवादी सिद्धान्तलाई प्रजातन्त्रसँगै जोडेर व्याख्या–विश्लेषण गर्न थालियो । प्रेसको उदारवादी सिद्धान्तको प्रतिपादनका लागि जोन मिल्टन, जोन स्काइन, थोमस जेफरसन र जोन स्टु आर्ट मिलजस्ता राजनीतिक व्यक्तित्व र दार्शनिकहरूको विचारले महत्वपूर्ण भूमिका खेलेको थियो । विगत दुई सय वर्षयता अमेरिका र बेलायतले यसै सिद्धान्त अनुरूप सञ्चार–माध्यमको अस्तित्वलाई स्वीकार गर्दै आएको पाइन्छ । त्यसैले सञ्चार–माध्यम सरकारी प्रभावबाट पूर्णतया मुक्त हुनुपर्छ भन्ने मान्यता स्थापित भयो । शासन–प्रक्रियामा राज्यको चौथो अङगको रूपमा सञ्चार–माध्यमको भूमिकालाई प्रोत्साहित गरियो । अठारौँ शताब्दीको अन्तसम्ममा उदारवादी दर्शन अवलम्बन गर्दै धेरै मुलुकका संविधानहरूले अभिव्यक्ति र सञ्चार–माध्यमको स्वतन्त्रताको वकालत र सुरक्षा गरे ।
प्रेसमा उदारवादी सिद्धान्त अपनाएका देशले प्रजातन्त्र र प्रेसलाई मानिसको जीवन–पद्धति र राजनीति संस्कारसँग परिपूरक हुने गरी प्रयत्न गरेको देखिन्छ । प्रेस र प्रजातन्त्रलाई आपसमा पर्यायको रूपमा ग्रहण गरेको ाइन्छ । यसै सिद्धान्तले वहुलवादी राजनीतिक विचार र समाजप्रति उत्तरदायी बन्ने मार्ग प्रशस्त गर्दै आमसञ्चारलाई राज्यको चौथो अङ्गको रूपमा स्वीकार गर्न थालेको हो । समाजको निरन्तर विकास र राजनीतिक परिवर्तनसँगै २० औँ शताब्दीको प्रारम्भदेखि सामाजिक उत्तरदायित्वको सिद्धान्त प्रतिपादन भयो । यसै पृष्ठभूमिमा बीसौं शताब्दीमा सामाजिक उत्तरदायित्वको अवधारणा अमेरिकामा आयो र त्यसले सिद्धान्तको आकार लियो । त्यस सिद्धान्तका तीनवटा मुख्य अवधारणाहरू स्थापित गरिए । १. स्वतन्त्रताको मूल्य हुन्छ, २. सञ्चारले सरकारबाट सुविधा र सहुलियत पाउनुपर्छ ३. सुविधा र सहुलियत प्राप्त सञ्चार समाजप्रति उत्तरदायी र जिम्मेवार बन्नैपर्छ भन्ने मान्यता स्थापित भयो ।
अहिले विश्वका प्रजातान्त्रिक मुलुकहरूले सामाजिक उत्तरदायित्वको सिद्धान्त अपनाइरहेका छन् । अमेरिका, फ्रान्स, बेलायत, जापान, भारत आदिजस्ता ठूला प्रजातान्त्रिक देशले सामाजिक उत्तरदायित्वको पे्रसको सिद्धान्तलाई प्रजातान्त्रिक शासन–पद्धति र जीवनशैलीसँग अन्योन्याश्रित गराएका छन् । अन्य विकसोन्मुख देशहरू, जसले प्रजातान्त्रिक मूल्य, मान्यता र शासन–पद्धतिको अभ्यास गरिरहेका छन्, ती देशले पनि क्रमशः सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अपनाउन थालेको देखिन्छ । २१ औँ शताब्दीलाई सूचना र सञ्चारको युग बनाउन, प्रेसलाई प्रजातन्त्रको अभिन्न अङ्ग बनाउन र मानवीय जीवन–पद्धतिको अनिवार्य सर्तको रूपमा स्थापित गर्दै चौथो अङ्गको मान्यतासहित विश्वव्यापी रूपमा स्थापित गराउन सामाजिक उत्तरदायित्वको सिद्धान्तले विशेष भूमिका खेलेको छ । सञ्चार क्षेत्रका लागि पनि आचार संहिता लागु हुनुपर्ने मान्यता राख्ने यो सिद्धान्त केही सुधारात्मक र लोककल्याणकारी देखिन्छ तापनि लोभ, द्वेष, मोहमा जकडिएको मानव समाजमा राज्यले कुनै नीति नियमका आधारमा मानिसलाई बन्धनमा राख्न खोजेर मात्र हुँदैन, मानिस भित्र रहेको दुषित भावनामा परिवर्तन ल्याई अन्तरमनबाटै मैत्री, करुणा र सहिष्णु जस्ता भावनाहरूको सकारात्मक प्रभावले मात्र समाजमा शान्ति स्थापना हुन सक्ने भएकाले बुद्धका विचारलाई आत्मसात गरिएका सञ्चारसँग सम्बन्धित नीति–सिद्धान्तले मात्र विश्वशान्तिका लागि भूमिका खेल्न सक्ने देखिन्छ ।
४.साम्यवादी सिद्धान्तः संसारमा माक्र्स, लेनिन, स्टालिन र माओत्सेतुङ्आदिका साम्यवादी विचारका आधारमा राज्यसत्ता स्थापना भएका तत्कालीन सोभियत सङ्घलगायतका मुलुकहरूमा त्यो सिद्धान्त प्रयोग भएको पाइन्छ । यस सिद्धान्तलाई साम्यवादी राजनीतिक पार्टीको सरकारले साम्यवादी देशमा आत्मसात् गर्ने एकदलीय अधिनायकवादी सिद्धान्तको रूपमा बुझ्ने पनि गरिएको छ । सोेभियत सङ्घमा साम्यवादी विचारका आधारमा राज्यसत्ता सञ्चालन हुन थालेपछि यो सिद्धान्तको विकास भएको हो ।
यो सिद्धान्त साम्यवादी विचारधाराको सैद्धान्तिक जगमा उभिएर जन्मेको मानिन्छ । यसले वर्गविहीन समाजको परिकल्पना गरेको छ । सर्वहारा अधिनायकवाद कायम भएको वर्गविहीन राज्य निर्माण र विकासका लागि प्रेस पनि वर्गीय हुनुपर्ने मान्यता राख्दछ । कम्युनिष्ट पार्टीको राजनीतिक विचारलाई आत्मसात् गर्नु र अन्य राजनीतिक विचारलाई निषेध गर्नु त्यस सिद्धान्तको मुख्य उद्देश्य रहेको छ ।
सोभियतसङ्घमा कम्युनिष्ट सत्ताको समाप्तिसँगै साम्यवादी सिद्धान्त निकै कमजोर हुन पुग्यो तर साम्यवादी मुलुकहरू चीन, उत्तर कोरिया, भियतनाम, क्यूआ जस्ता देशहरूले अहिले पनि कम्युनिष्ट पार्टीको विचारलाई मात्र प्राथमिकता दिने र कम्युनिष्ट राज्यसत्ताको चरित्रलाई आत्मसात् गर्ने मान्यताका प्रेस सञ्चालन गरेका छन् । तर, त्यहाँ सोभियत साम्यवादी सिद्धान्तको नाममा नभई आफ्नो देशको सापेक्षतामा प्रेस सञ्चालन भएको दाबी ती देशहरूले गर्दै आएका छन् ।
यसरी प्रेसको उल्लिखित सिद्धान्त प्रतिपादन भएको र देश, काल र परिस्थितिका आधारमा तिनको कार्यान्वयन हुँदै आएको छ । त्यस्तै पुराना सिद्धान्तहरू विस्थापित पनि हुँदै गएका छन् । मुख्यतः अहिले विश्वका प्रजातान्त्रिक देशले उदारवादी र सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अपनाइरहेको पाइन्छ । दक्षिण–पूर्वी एसियाकै कतिपय देशले संविधानमै प्रेस तथा वाक स्वतन्त्रतालाई प्रत्याभूत गरेका छन् । छिमेकी राष्ट्र भारतले सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसात् गरेको छ भने पाकिस्तान र चीनमा अझै पनि केही मात्रामा निरङ्कुशतावादी र साम्यवादी सिद्धान्तको निरन्तरता रहेको अवस्था छ । साम्यवादी मुलुकहरू हिंसा र सशस्त्र युद्धका माध्यमबाट राज्यसत्तालाई आफ्नो पक्षमा लिएका हुनाले र सत्तामा आइसकेपछि पनि राज्य सत्ता टिकाउने एउटा महत्वपूर्ण आधारका रूपमा ठूल–ठूला आणविक हतियारलाई समेत आधारका रूपमा लिएकाले अहिंसाका पूजारी गौतम बुद्धको विचारमा यो सिद्धान्त पनि स्वतः अस्वीकार्य हुन्छ ।
५. सञ्चारमा शान्ति–सिद्धान्तः विश्वमा सञ्चार र राजनीतिक प्रणालीको विकास क्रममा सोभियत संघ र बर्लिनको पर्खाल धराशायी हुनु, अडान स्मिथको ‘वेल्थ अफ नेशन्स’ र पिटर ड्रकर जस्ता पाश्चात्य चिन्तकहरूका श्रम र पूँजी सम्बन्धी विचार असान्दर्भिक भई त्यसको स्थान ज्ञानले लिन थाले पछिका विभिन्न घटनाक्रमले विश्व यस्तो मोडमा आइपुगेको छ जहाँ जीवनका प्रत्येक क्षेत्रमा नयाँ परिभाषाहरूको आवश्यकता महशुस हुन थालेको छ । अहिलेसम्मका दृष्टिकोण, सिद्धान्त, अझ मान्यताहरू समेत सबै अपर्याप्त जस्तै देखा पर्दै छन् ।
त्यसैले यसअघि प्रतिपादित सिद्धान्त र मान्यताहरूको औचित्यमा कमी वा असान्दर्भिकता देखिएको अवस्थामा तिनीहरूको थप व्याख्या वा परिवर्तित सन्दर्भमा नयाँ सिद्धान्तको औचित्य महशुस भएमा त्यसका अन्तरनिहित तत्व र मान्यतालाई स्पष्ट गर्नुपर्ने हुन्छ । यसैलाई दृष्टिगत गरी सञ्चारमा शान्ति सिद्धान्तको आवश्यकता बोध गरी औचित्य र मान्यता स्पष्ट गरिएको छ ।
यस सिद्धान्तले विश्वशान्तिका लागि बौद्धदर्शनको आलोकमा सञ्चारका आधारभूत तत्वलाई आत्मसात् गर्दै अघि बढ्ने मान्यता राख्दछ । सञ्चार मानिसको जीवन पद्धति हो । जीउनका लागि अपरिहार्य तत्व हो । यसका विभिन्न तत्व र प्रक्रियाहरू रहेका छन् । मानिसले मनमनै विचारको सञ्चार गर्दछ । मनमनै चिन्तन गरी निर्णयमा पुग्दछ । यो अन्तर्मुखी सञ्चार हो । आफ्नो विचार अर्को व्यक्तिका बीचमा पु¥याउँछ । उसले त्यो विचार प्राप्त गरेको कुनै न कुनै रूपमा प्रतिक्रिया दिन समर्थ हुन्छ । यो अन्तर्वैयक्तिक सञ्चार हो । कुनै विचारका बारेमा समूहका बीचमा छलफल हुन्छ, क्रियाप्रतिक्रिया हुन्छ भने त्यो समूह–सञ्चार हो । कुनै विचार असीमित मानिसहरूका बीचमा विविध सञ्चार माध्यमहरूको प्रयोगबाट संप्रेषित हुन्छ, जसको गणना गर्न सम्भव हुँदैन, यो आमसञ्चार हो । आजसम्म संसारमा जे जति विचार, सिद्धान्त र दर्शनहरूको निर्माण एवम् विकास भएका छन्, ती सबै सञ्चार कै अभिन्न उपज हुन् । शान्ति र सञ्चारका बारेमा यसअघि विभिन्न सिद्धान्तको चर्चा, व्याख्या र विवेचना भएको पाइए तापनि बौद्ध दर्शन र सञ्चारको अन्तर्सम्बन्ध एवम् विश्वको परिवर्तित सन्दर्भमा दिगो शान्तिका लागि बौद्ध दर्शनको आलोकमा सञ्चारमा शान्ति सिद्धान्तको महत्व एवम् औचित्य बारे गहन अध्ययन–अनुसन्धान भएको पाइदैन । यही आवश्यकतालाई दृष्टिगत गरी यो आलेखमा बौद्ध दर्शनको आलोकमा ‘सञ्चारमा शान्ति सिद्धान्त’को औचित्य र मान्यतालाई स्पष्ट गरिएको छ ।
अशान्तिका कारण र शान्ति प्राप्तिका आधारका बारेमा बौद्ध दर्शनले स्पष्ट मार्गदर्शन गरेको छ । मानव समाजमा अशान्तिको स्थिति सिर्जना हुनुमा राजनीतिक, आर्थिक, सामाजिक एवम् साँस्कृतिक विभेद नै मुख्य जडको रूपमा रहेको पाइन्छ । यस बारेमा गौतम बुद्धले अस्सलायनसुत्तमा मानव–मानव बीच विभेदको स्थिति हुन नहुने स्पष्ट दृष्टिकोण दिएका छन् । भरतसिंह उपाध्यायले त्यस ‘सुत्त’लाई ‘मानव अधिकारहरूको घोषणापत्र’का रूपमा लिंदै भनेका छन्–‘मनुष्यका बीचमा कुनै जातिगत भेद छैन, यसलाई देखाउने बासेट्ठसुत्तभन्दा अधिक स्पष्ट वैज्ञानिक आधार मनुष्यले सम्भवतः कहिल्यै प्रस्तुत गर्न सक्ने छैन । स्वभावतः समाजका पीडित र पद–दलित तल्लो स्तरलाई, जो कुनै न कुनै प्रकारबाट अपमान र शोषणको सिकार भएको छ, बौद्ध धर्मदर्शनले सदा एक अतुलनीय समानताको दृष्टिकोण दिएको छ ।’ त्यस्तै सुमनपाला गल्मङ्गोडाले मज्झिमनिकाय मूलपण्णासका आधारमा ‘बुद्धका उपदेशहरूको अनुपमता तबमात्रै प्रमाणित हुन्छ जब हामीले उनका खोजको प्रेरक–तत्वबारे मनन् गर्दछौँ, जसले उनलाई राजकीय उत्तराधिकार र प्रिय परिवारलाई त्याग गर्न लगायो । अन्य सबै दार्शनिक वा धर्माचार्यभन्दा फरक रहेर बुद्धले सत्यको खोजी गर्दै नैतिक सिद्धान्तहरूलाई सूत्रबद्ध गरे, र आफ्नो लामो जीवनयात्रामा के कुरा असल हो भन्ने कुराको खोजी (किं कुसल गवेसी) र अनुत्तरं शान्तिवरपदंको खोजी प्रारम्भ गरे (मज्झिम–निकाय, १) ।’ पाल ढाल्केले भनेका छन्– ‘बौद्ध धर्मदर्शनको कर्म सिद्धान्तलाई पछ्याएर मात्र मानवसभ्यताले ठीक किसिमको जीवन–आर्दशलाई प्राप्त गर्न सक्छ । विश्वका लागि गौतम बुद्धले दिएका उपदेश सार्वजनीन, सार्वकालिक, सार्वदेशिक र सार्वभौम रहेका छन् । यसबाट स्पष्ट हुन्छ कि बुद्धका विचार विश्वकल्याणका लागि अपरिहार्य तत्वको रूपमा रहेका छन् ।
मानव समाजमा शान्तिका लागि शील–सदाचारको भूमिका महत्वपूर्ण हुनेमा बुद्धले जोड दिएका छन् । मैत्री, करुणा, मुदिता र उपेक्षा (चतुब्र्रह्मविहार) ले समाजमा शान्ति ल्याउँछ भन्ने बुद्धको भनाइ छ । यो दर्शनको विकास एवम् विस्तारमा सञ्चारको परिपुरक भूमिका रहेको छ । सञ्चार विना बौद्ध दर्शन अस्तित्वमै आउने थिएन । मानिसको जीवनका लागि रक्त प्रवाह अपरिहार्य तत्व भए जस्तै दर्शन र सञ्चारको अन्योन्याश्रित सम्बन्धले मात्र बौद्ध दर्शनको विकास एवम् विस्तार भएको हो । शान्ति सर्वप्रथम मानिसको मन भित्र हुनु पर्दछ । मन भित्र शान्ति सञ्चार हुँदा मात्र बाह्य व्यवहारमा शान्तिका लागि मानिस अग्रसर हुन्छ । समाजमा शान्तिका लागि व्यक्ति व्यक्तिको मनमा शान्ति सञ्चार हुनु पर्दछ । त्यसैले मन शान्ति पहिलो आधार हो । दोस्रो तन शान्ति हो । तेस्रो सबै मानिस–मानिस बीच शान्तिको सञ्चार हुँदा मात्र विश्वशान्ति हुने हो । त्यसैले विश्वशान्तिका लागि शान्ति सञ्चारको आवश्यकता बोध गरी सञ्चारमा शान्ति सिद्धान्तका आधारभूत मान्यता एवम् अन्तर्निहित तत्वलाई निम्न बूँदामा प्रस्तुत गरिएको छ ।
१. यो सिद्धान्तले बौद्ध दर्शन र सञ्चारलाई अभिन्न अङ्गको रूपमा लिदै समस्त प्राणी जातिप्रति मैत्री, करुणा, विश्वकल्याण, मानवतावाद र शान्ति सञ्चारमा जोड दिन्छ ।
२. यसले बुद्धद्वारा प्रतिपादित चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, पञ्चशील र दस कुशल कर्मको सञ्चारले विश्वशान्तिमा योगदान पु¥याउँछ भन्ने मान्यता राख्दछ ।
३. विश्व राजनीति, अर्थशास्त्र, समाजशास्त्र, संस्कृति र सभ्यताको विकासमा बौद्ध दर्शनको प्रभाव रहेको र यसमा सञ्चारको भूमिकालाई मानव शरीरका लागि रक्तसञ्चारको आवश्यकता जस्तै ठान्दछ ।
४. संसारमा विभिन्न दर्शनलाई आधार मानी राजनीतिक प्रणालीको स्थापना भएका मूलुुकमा राज्य व्यवस्थाको नीति अनुसार सञ्चारका सिद्धान्तको व्याख्या एवम् विश्लेषण गरिएको पाइन्छ । विश्व राजनीतिमा शान्तिको सञ्चार गर्नमा बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने भएकाले बौद्ध दर्शनको आलोकमा शान्ति र सञ्चारलाई जोडेर सञ्चारमा शान्ति सिद्धान्तको औचित्य स्पष्ट गरिएको हो । यो सिद्धान्तको प्रयोगले विश्वका राजनीतिक प्रणालीको नीति–निर्माण तहमा समेत प्रभाव पार्ने देखिन्छ ।
५. गौतम बुद्धका विचारले मात्र शान्तिको सन्देश सञ्चारित गरेको नभई उनको जीवनका समग्र क्रियाकलाप–नबोलिकन गरिने सञ्चार, बोलेर गरिने मौखिक सञ्चार, शारीरिक हाउभाउबाट गरिने सञ्चार, आँखाका माध्यमबाट गरिने सञ्चार, मुखाकृतिबाट गरिने सञ्चार, मौन सञ्चार, कथा–वाचन÷प्रवचन र प्रयोगात्मक सञ्चार, श्रवण सञ्चारजस्ता सञ्चार क्रियामा गौतम बुद्धको कला अत्यन्तै प्रभावकारी रहेको पाइन्छ । गौतम बुद्धका उपर्युक्त मौलिक एवम् विशिष्ट सम्प्रेषण कला आधुनिक संसारका मानिस र सञ्चार क्षेत्रले पनि प्रेरणाका रूपमा लिई अनुकरण गर्नु वाञ्छनीय देखिन्छ । मौखिक सञ्चार आदिको प्रयोग गरी गौतम बुद्धले बुद्धत्व, धर्म र संघ तथा आफ्ना अनुयायीहरूका माध्यमबाट विभिन्न विधि र शैलीको प्रयोग गरी मानव समाजलाई शिक्षा र प्रेरणा सञ्चारित गरेको पाइन्छ । आधुनिक समाजमा पनि ती कुरालाई महत्वका साथ सञ्चारले स्थान दिनुपर्ने मान्यता राख्दछ ।
६. यसले विचार र अभिव्यक्ति स्वतन्त्रता, मानवीयता एवम् मानव अधिकार, लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, समानता एवम् सहअस्तित्वलाई आत्मसात गर्दछ ।
७. बौद्ध दर्शनका आधारभूत मान्यतालाई आत्मसात गरी सत्य–तथ्य, वस्तुनिष्ठ, सन्तुलित, जवाफदेही, उत्तरदायी एवम् समाजलाई सही दिशा निर्देश गर्ने नैतिक, शिष्ट एवम् मर्यादित भाषाको प्रयोग गरी सूचना, समाचार र विचार सम्प्रेषणमा जोड दिन्छ ।
८. यसले जातीय, लैङ्गिक, भाषिक र रङ जस्ता आधारमा भेदभाव गर्न नहुने र पीडितहरूले न्याय पाउने पहिलो अदालतको रूपमा यसलाई लिदै असक्त, असहाय, अपाङ्ग, बालबालिका, महिला तथा पिछडिएका वर्ग, भाषा–भाषी, अल्पसङ्ख्यक समुदाय आदिका अधिकारलाई संरक्षण हुने गरी सूचना, समाचार र विचारको सम्प्रेषणमा जोड दिन्छ ।
९. यसले समानता, लोककल्याणकारी राज्य र सुशासनमा जोड दिदै भ्रष्टाचार एवम् दुव्र्यसनजस्ता विकृति हटाई सदाचारका लागि उत्प्रेरित गर्ने खालका सन्देश सम्प्रेषणमा जोड दिन्छ ।
१०. शान्तिको प्राप्ति हिंसात्मक युद्धबाट होइन, मैत्रीबाट प्राप्त हुने विश्वास राख्दै विध्वंश, हिंसा, आतङ्क, अपराध एवम् अश्लिल कुराले समाजमा शान्ति खलबलिने हुँदा मैत्री, करुणा, सहिष्णुता र सद्भाव प्रवद्र्धन जस्ता कुरालाई सञ्चारले जोड दिनुपर्ने मान्यता राख्दछ ।
११. यसले जैविक विविधता र प्रकृति संरक्षणमा जोड दिदै शान्तिलाई अधिकारका रूपमा स्थापित गर्न चाहन्छ ।
१२. समानता र सदाचारलाई शान्तिका आधारका रूपमा लिदै अन्तर्राष्ट्रिय जगत्मा निरन्तर शान्तिको सञ्चार हुने खालका सूचना, समाचार र विचारको सम्प्रेषण हुनुपर्नेमा जोड दिन्छ ।
१३. विश्वमा द्वन्द्व, हिंसा वा सशस्त्र युद्ध हुनुका पछाडि असीमित इच्छा, लोभ, द्वेष र मोहले नै मुख्य कारकको भूमिका खेल्ने गरेको ठान्दै यसको न्यूनीकरण एवम् अन्त्यका लागि बौद्धदर्शनका आधारभूत मान्यतालाई आत्मसात गरी अनुसरण गर्न सकेमा शान्ति स्थापना हुन्छ भन्ने विश्वास राख्दछ । साथै विश्वका कुनै पनि द्वन्द्व र समस्याको समाधान वार्ता र सम्वादमा आधारित रही शान्ति–मार्गबाट समाधान हुन सक्छ भन्ने मान्यता राख्दछ ।
१४. विश्वशान्तिका लागि संयुक्त राष्ट्र संघलगायतले कोशिस गर्दै आएको भए तापनि शान्ति स्थापना हुन सकेको देखिँदैन । आम विनासकारी (एटम, हाइड्रोजन, न्युटन बम र अणु–प्रमाणु अस्त्र तथा क्षेप्यास्त्र आदि) हतियारकोे उत्पादन र विक्री नरोकिएको यस अवस्थामा विश्व मानव जातिको मन–मनमा बौद्ध दर्शनको सञ्चार गराई उनीहरूको मनस्थितिमा सकारात्मक प्रभाव पार्न सकेमा मानव जातिले स्वार्थका लागि शस्त्रको प्रयोग र सशस्त्र युद्धको हिंसात्मक मार्ग छोडी वार्ता, सम्वाद र सहमतिको शान्ति मार्ग अवलम्वन गर्नेछ भन्नेमा विश्वास राख्दछ ।
१५. विश्वशान्तिका लागि हिंसाको समाप्ति, द्वन्द्व समाधान, नि.शस्त्रीकरण अत्यावश्यक देखिन्छ । हृदयको गहिराइबाट उत्पन्न हुने मैत्री, करुणा, सहिष्णु र शान्ति–भावले मात्र समाजमा शान्ति स्थापना गर्नमा भूमिका खेल्ने देखिन्छ । अहिंसा नै शान्तिको जग र आधारशीला भएकाले यसका लागि मानिसको सकारात्मक सोच र व्यवहार नै महत्वपूर्ण हुन्छ । शान्तिका लागि अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरू, पृथ्वी, जल, थल र आकाश, विश्व मानव समाज, जैविक विविधता र पर्यावरण, देश, समुदाय, परिवार, व्यक्ति, सम्पूर्ण प्राणी बीचको इको सिस्टममा आधारित सन्तुलन आवश्यक पर्दछ । यी सबै क्षेत्रमा शान्ति हुुँदा मात्र विश्व शान्ति स्थापना हुन सक्दछ भन्ने यो सिद्धान्तको मान्यता रहेको छ ।
१६. शान्ति स्थापना हुँदा सूचनामा पहुँच हुन्छ । जहाँ सूचनामा पहुँच सहज हुन्छ, त्यहाँ सूचना सही ढङ्गले प्राप्त गर्न सकिन्छ । विवेकको प्रयोग हुन सक्छ । सूचनाको विश्लेषण सही र निष्पक्ष हुनसक्छ । जहाँ मानिसले पूर्णतः सुरक्षा सुनिश्चितताको अनुभूति गर्दछ त्यहाँ विवेकको प्रस्फुटन हुन्छ । भयरहित समाजमा मात्र सत्य, न्याय, समानता र शान्ति स्थापना हुन सक्दछ भन्ने यसले मान्यता राख्दछ ।
१७. विचारलाई डो¥याउने र गति दिने काम सञ्चारले गर्दछ । जुन प्रकारको विचारलाई सञ्चारले ठाउँ र महत्व दिन्छ, स्वभाविक रूपमा त्यसको प्रभाव बढ्छ । जुन विचारको प्रभाव व्यक्ति, समुदाय र समाजमा पर्दछ, सोही अनुसार सामाजिक क्रियाकालपहरू पनि बढ्ने गर्दछन् । जस्तो बीउ रोप्यो त्यस्तै फल फलेजस्तै जस्तो विचारलाई समाजमा सञ्चारले सम्प्रेषित गर्दछ, त्यही अनुरूपको समाज बन्दै जान्छ । मानिसको मनस्थिति, सोचाइ, व्यवहार, संस्कार र संस्कृति पनि त्यस्तै हुँदै जान्छ । बुद्धकालमा अङ्गुलीमाल र बुद्धको महापरिनिर्वाण पछि तत्कालीन मगध राज्यका मौर्य सम्राट अशोक आदिमा बुद्धका विचारको प्रभावले शान्ति मार्गमा आउनका लागि खेलेको भूमिकालाई ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । सत्य र शान्तिको सञ्चारले समाजमा शान्ति ल्याउन योगदान पु¥याउँछ । असत्य, हिंसा र युद्धलाई सञ्चारले प्रश्रय दिँदा समाजमा शान्ति खल्बलिन्छ । सामाजिक न्याय संकटमा पर्दछ । त्यसैले शान्ति सञ्चारले नै विश्वशान्तिका लागि भूमिका खेल्दछ । शान्ति विचारको सञ्चार नै यसको मुख्य आधार हो ।
१८. मानिसले बोल्ने शब्द (विभिन्न भाषामा) सम्प्रेषण गर्ने सूचना, समाचार र विचारमा निकै ठूलो शक्ति हुन्छ । बन्दूकको नालमा प्रयोग गरिने गोलीमा भन्दा मानिसको बोली र त्यसमा व्यक्त गरिने भाव वा विचार शक्तिशाली हुन्छ । किनकी विचारले नै बन्दूक चलाउने वा नचलाउने भन्ने टुङ्गो गर्ने हो । अझ यसलाई सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी ठानी महत्वका साथ असल विचारलाई स्थान दिने हो भने समाजमा शान्ति स्थापना हुन्छ भन्ने यस सिद्धान्तले मान्यता राख्दछ । पछिल्लो समय (२१ आँै शताब्दी प्रारम्भ भएपछि) आधुनिक छापा, रेडियो, टेलिभिजनका अतिरिक्त सूचना प्रविधिमा आएको चमत्कारिक परिवर्तनसँगै न्यू मिडिया (इमेल इन्टरनेट आदि) को आगमनले विश्वलाई एउटा गाउँमा परिणत गरिदिएको हुँदा सञ्चारले नै समाजलाई कुन दिशा तिर लैजाने हो भन्ने कुरामा विशेष भूमिका देखिन्छ । यस्तो अवस्थामा पछिल्लो समयमा सञ्चारमा शान्ति सिद्धान्तको प्रयोग अपरिहार्य आवश्यक देखिन्छ ।
१९. शील, समाधि र प्रज्ञा बुद्ध धर्मका तीन तत्व मानिन्छन् । शीलद्वारा शरीरको शुद्धि, समाधिद्वारा चित्त शुद्धि, प्रज्ञाद्वारा अविद्याको नाश हुन्छ भन्ने बौद्ध धर्म दर्शनको मान्यता भएकाले यसको प्रभावकारी सञ्चार गरिनु पर्दछ ।
२०. बौद्ध धर्म दर्शनको महत्वपूर्ण आधारका रूपमा त्रि–शरण गमन–बुद्ध, धर्म र संघलाई आत्मसात गर्दै हिंसाले होइन प्रेमले संसारलाई जित्न सकिन्छ । अहिंसा, प्रेम, शान्ति र सदाचार जस्ता गुणहरू प्रत्येक मानवमा अंकुरित गराउन सकेमा संसारबाटै दुःखको अन्त्य हुन सक्ने बुद्धका विचारलाई सञ्चार क्षेत्रले विशेष महत्व दिएमा समाजमा शान्ति स्थापना हुन सक्दछ भन्ने यस सिद्धान्तले मान्यता राख्दछ ।
२१. बौद्ध दर्शनका मूल आधार चार आर्यसत्य, अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद एवम् यसका विभिन्न दार्शनिक आधारलाई आत्मसात गरी मानव समाजमा शान्ति स्थापना गर्ने मुख्य ध्येय राखी सञ्चारमा शान्ति सिद्धान्तको आलोकमा सञ्चारका नीति र आचारसंहिताहरू निर्माण गरी अगाडि बढ्नु पर्दछ भन्ने यसले मान्यता राख्दछ ।
२२. बुद्धका विचार कुनै एक स्थान र समाजमा मात्र नभएर विश्वमै अहिंशा र शान्तिका साश्वत सिद्धान्तका रूपमा रहेका छन् । हिंसा र आतङ्कले भरिएको यो दुनियामा उनको विचारको सान्दर्भिकता मानव समाजमा सदैव रहिरहने हुनाले सञ्चार क्षेत्रले यसलाई उच्च महत्वका साथ स्थान दिनुपर्ने मान्यता राख्दछ ।
२३. बुद्धले शान्तिका लागि मध्यमार्गी विचार अघि सारेका, कुनैपनि राज्यको नीति पञ्चशील र परस्पर शान्तिपूर्ण सहअस्तित्वका आधारमा सञ्चालन हुनुपर्ने भनेका हुँदा यसलाई सञ्चारले आत्मसात् गर्नुपर्ने ठान्दछ ।
२४. ‘बैरले बैर कहिल्यै शान्त हुँदैन, अबैरले मात्र बैर शान्त हुन्छ’ भन्ने बुद्धका विचारलाई सञ्चारले मार्गदर्शनका रूपमा लिनुपर्ने ठान्दछ ।
२५. बुद्धले शान्ति संस्कृति निर्माण र अरुसँगको व्यवहारमा शान्तिपूर्ण, भद्र एवम् मर्यादित हुनुपर्नेमा जोड दिएकाले यसमा सञ्चारले उच्च महत्व दिनुपर्ने मान्यता राख्दछ । भवतु सब्ब मंगलम् ।
प्रतिक्रिया