Washington DC, US : April 24, 2025, Thursday 07:13 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र काममा फर्किने वातावरण बनाउन सरकारका नाममा आदेश|सर्बाधिक आलोचित र बदनाम प्रधानमन्त्री ओली अरु माथि यसरी खनिए, कस्तो भयो आजको एमालेको सभा हेर्नुस जस्ताको तस्तै !|प्रत्येक आतंककारी र उनीहरूका समर्थकहरूलाई दण्ड दिने घोषणा|काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन|चीनसँग वार्ता गरिरहेको र समग्रमा अन्य देशहरूसँगको व्यापार वार्ता राम्रो भइरहेका छन : ट्रम्प|अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेन र रुसबीच सम्झौता नभए आफ्नो देश “पछाडि हट्ने” चेतावनी दिए|जम्मू कश्मीरमा “आतङ्कवादी हमला”, एक नेपाली नागरिक सहित कम्तीमा २६ जनाको मृत्यु, घटनाको भर्त्सना|ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त, रघुजी पन्त शिक्षा मन्त्री नियुक्त|सत्य र न्यायको खोजी अभियानको अपिल|हुरी !

अधिबक्ता एबम प्रबक्ता स्वागत नेपाल रिहा भए पछि के भन्छन ?

  NepalMother.com | १६ चैत्र २०८१, आईतवार २२:२०

मैले दिएका अभिव्यक्तिहरु प्रवक्ताको हैसियतमा आन्दोलनका बारेमा आन्दोलनको कार्यक्रम सकिएपछि दिएका सूचना मात्र भएकोले मुद्दा चलाउनु पर्ने आधार कारण तथा तथ्य प्रमाण नभएको निष्कर्श सहित प्रहरीले निष्पक्ष अनुसन्धानका आधारमा मलाई निःशर्त रिहा गरेको छ । हिरासतभित्रबाट मेरो आजै पिएचडीको थेसिस प्रपोजल डिफेन्ड गर्ने तालिकामा व्यवधान भएकोमा पनि प्रहरीले सहजीकरण गर्ने प्रयास गरे पनि सम्भव भएन।
मविरुद्ध केही गलत प्रचार पनि भएका रहेछन् । त्यस्तो प्रचार वकीलहरुले नै पनि गरेका रहेछन् । राति ९ बजेसम्म स्वागत नेपाल किन ल फर्ममा बसिरहेको थियो भनेर । मेरा नजिकका सिनियर सबैलाई थाहा छ, बर्तमान पुस्तामा सबैभन्दा बढी ल फर्ममा बसेर रातरातभर काम गर्ने वकीलको नाम हो स्वागत नेपाल ।

हरेक दिन कम्तीमा ५ वटा मुद्दामा बहस गर्छु । दुःखी गरिबका मुद्दाहरु समाजसेवा, राष्ट्रहित र सार्वजनिक सरोकारका मुद्दाहरु बढी छन् । त्यो बाहेक २० वर्षभन्दा बढी प्राध्यापन र पत्रकारिता पनि गरेँ । म एसएलसीपछि दैनिक ४/५ घण्टाभन्दा बढी निदाएको छैन। इन्सोमनिया होइन, बानी परेको हो । म ८० प्रतिशत रात त अफिसमै सुत्छु । कहिलेकाहीँ त परिवारै पनि अफिसमा सुत्छौं। सुत्ने व्यवस्था पनि अफिसमै गरेको छु । करिब १० वर्षभयो अफिसमा सुत्ने गरेको । दिनभर समाजसेवाका काममा पनि उत्तिकै व्यस्त हुन्छु । साहित्यिक रचनाकर्ममा पनि उत्तिकै छु। नियमित पुस्तकहरु प्रकाशित भइरहन्छन् । त्यसका लागि पनि राती पढ्ने लेख्ने बढी गर्छु । मलाई विहान ६ बजे पनि ल फर्ममा नै भेट्नुहुन्छ सेवाग्राहीहरुले ।
तर केही वकीलहरु मुद्दा हारेको छ भने सेवाग्राहीसँग रुँदैरुँदै रक्सी खाइरहेका साँझै नपरीमा भट्टीमा भेटिन्छन् । जितेका रहेछन् भने रमाउँदै होहोल्ला गर्दै पिइरहेका भेटिन्छन्अ, दालत समय सकिने बित्तिकै । तर मेरो फर्ममा भेटने समय नै साँझ ६ बजेपछि मात्रै हुन्छ । पत्रकार साथीहरु आएर १/२ घण्टा बसेपछि मात्र राती नै अन्तरवार्ता गर्नुहुन्छ धेरैले । मेरो बारेमा पत्रकार साथीहरुलाई सोध्नु भए हुन्छ । हरेक साँझ ६ बजेपछि कम्तीमा दैनिक १५/२० जना भेट्न कुरेर बसिरहनु भएको हुन्छ सेवाग्राहीहरु । सेवाग्राहीसँग भेटेर मात्र पत्रकारहरुसँग भेट्छु । भरसक कसैलाई ५ मिनेट पनि नभेटी फर्काउँदिनँ। सबैलाई पठाइसकेपछि मेरो लेखपढ् शुरु गर्छु । नजिकैको पसलबाट ढ्रिडो मगाएर खान्छु प्राय ।
म पक्राउ परेको राति मसँगै सेवा लिन आउनु भएका समाजसेवी डा. अमित देव र प्रसिद्ध खेलाडी सेफर्ड लिम्बू सहित मलाई पनि मुद्दा लेख्दै गरेको अवस्थामा मेरो ल फर्मबाटै पक्राउ गरिएको थियो । त्यो दिन म मेरी श्रीमति अधिवक्ता रादिका चम्लागाईं (लोचना शर्मा) लाई चाउचाउ पकाउन लगाएर खाने पनि तयारीमा थिएँ ।

तर बार एसोसिएसनका उम्मेदवार नै बनेकाहरुले पनि ९ बजेसम्म किन ल फर्ममा बस्नु परेको हो ? कारण के थियो भनेर प्रश्न गरेर सामाजिक सञ्जालमा लेखेछन् । उहाँहरुले नदेखेको मेरो निर्दोषिता प्रहरीको अनुसन्धानले देख्यो । बार एसोसिएसनले पार्टीमा आबद्ध वकीलको संगठनको सदस्य भएको भए तत्काल बोल्ने थियो किनकि त्यो पार्टीको मात्र भएको छ । अनि एक व्यवसायिक वकीललाई राती ९ बजेसम्म किन ल फर्ममा बसेको पार्टीका नेताका दैलामा वा न्यायाधीसका ढोकामा जानु पर्ने नि भनेर भन्छन मलाई ।
म अहिले एकै पटक भगवान बुद्धले बोल्नु भएको भाषा ब्राम्ही लिपिको पाली भाषाको कक्षा ४ सकेर ५ को विद्यार्थी, पिएचडीको शोधार्थी र पहिला गरेका भन्दा थप अर्को विषयमा मास्टर्सको समेत विद्यार्थी हुँ । हरेक वर्ष एउटा न एउटा नयाँ विषय अध्ययन गर्छु, विद्यार्थी हुँदा स्कुल कलेजमा पढेका भन्दा एउटै किताब किनेर नपढ्ने कोटीमा पर्दिनँ । त्यसैले रातभर ल फर्ममा बसेर लेख्ने पढ्ने काम गर्छु । मेरो अधिकांश स्ट्ट्यास राती १२ बजेतिर पढ्नु भएकै होला । यस बारे यत्ति नै भन्न मन लाग्यो ।
तर पनि जतिले मेरो लगायत सबै साथीहरुको निःशर्त रिहाइका लागि आवाज उठाउनु हुने राष्ट्रिय अन्तराष्ट्रिय, संघसंस्था, सञ्चारकर्मी, अधिकारकर्मी एवम् व्यक्ति तथा समूह, परिवारजन समेतमा हार्दिक आभार व्यक्त गर्दछु । अझै पनि बाँकी साथीहरुका सवालमा निष्पक्ष अनुसन्धान सहित यथाशीघ्र रिहाइका लागि माग गर्दछु ।

हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो, आन्दोलनमा घुसपैठ भएको थियो, यसपूर्व नै विज्ञप्तिमार्फत प्रष्ट भइसकेको छ । घुसपैठियाहरु र आन्दोलन भड्काउने प्रधानमन्त्रीका अभिव्यक्तिहरुका सन्दर्भमा पनि अनुसन्धान र कारवाहीको माग गर्दछु ।
मैले रिहाइ हुँदै गर्दा प्रहरी अधिकारीहरुसँग प्रधानमन्त्रीले उहाँका पार्टीका कार्यकर्तालाई आन्दोलनकारी विरुद्ध बाघले सुधो गाई माथि झम्टिएर झै झम्टिएर आक्रमण गर्नु भनी सार्वजनिक कार्यक्रममा निर्देशन दिएर हिंसा भड्काएकोमा पनि कारवाहीको दायरामा ल्याउन प्रष्ट शब्दमा भनेको छु । सीमित स्रोत साधनका वावजुद नेपाल प्रहरीले अपराध अनुसन्धानमा विश्वका अन्य प्रहरीहरुको तुलनामा देखाएको क्षमता यहाँ प्रयोग गर्न भनेको छु । त्यसलाई पनि उहाँहरुले सकारात्मक रुपमा नै लिनु नै हुनेछ ।
हामी आन्दोलनको क्रममा घुसपैठिया र सरकारी पक्षबाट भएको क्षतिका लागि समेत आफ्नो पक्षबाट भएजति क्षतिका लागि पनि क्षमा माग्न चाहन्छौं । शान्तिपूर्ण आन्दोलन जारी नै रहने छ ।

डा. जगमान गुरुंगजस्तो नेपाल ऋषि आन्दोलनको संयोजक तथा बौद्धिक प्राज्ञिक कमाण्डर हुनु भएको बाहिर निस्किएपछि थाहा पाएको छु । देश विदेशबाट वौद्धिक प्राज्ञिक नैतिक भौतिक साथ समर्थन र सहयोग प्राप्त हुने नै छ । हामी डा. गुरुंगको नेतृत्वमा अब आन्दोलनमा उच्छृंखल गतिविधिलाई पूर्ण रुपमा निषेध गर्नेछौं तर सरकारबाट हुने दमनको प्रकृतिका आधारमा प्रतिरोधका कार्यक्रम तय गर्ने छौं । संयोजक नवराज सुवेदी ज्युको हाउस एरेष्ट तत्काल गरियोस् भन्ने माग गर्दछौं । आन्दोलन सरकारले तोकेको स्थानमा कार्यक्रम शुरु गर्न लाग्दा राष्ट्र गान बजाउँदा बजाउँदै मञ्चमा अश्रुग्यास-गोली प्रहार गर्दै राष्ट्र गानको समेत अवज्ञा गर्ने सरकारको रवैयाको ठाउँका ठाउँ राष्ट्रगानलाई रोक्ने प्रयास गरिएमा भने इतिहासमा सधैँ नेपालको वास्तविक राष्ट्रगानको झंकार सम्झिरहने गरी जवाफ दिनेछौं । शान्तिपुर्ण जनविद्रोहका लागि देशैभरिबाट अहिलेको शोकलाई शक्तिको रुपमा सञ्चयका साथ देशभक्तिपूर्ण आन्दोलनमा बदल्दै वौद्धिक र सभ्य संग्रामका लागि पुनः एकताबद्ध हुन पनि सबैमा अनुरोध गर्दछौं ।

May be an image of text

Go to Home Page

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC
का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।