हाम्रा परम मित्र, खोज पत्रकारिताका एक उदाहरण, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, america – FIJA) का महासचिव एवम् प्रवक्ता टङ्क दाहाललाई मातृ शोक परेको छ । वहाँकी ममतामयी माता कुसुम दाहालको हिजो नेपालमा निधन भएको छ । वहाँ लामो समय देखी अस्वस्थ रहँदै आउनुभएको थियो । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका समस्त परिवार ७५ बर्सिया माता कुसुम दाहालज्युको आत्माको चिर शान्तिको कामना गर्दै वहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुःखद र शोकको घडीमा महासचिव एवम् प्रवक्ता टङ्क दाहाल सहित समस्त दाहाल परिवारजनमा भगवानले सहन शक्ति प्रदान गरुन् भन्दै समवेदना व्यक्त गर्दछौँ ।
*****
Tanka Dahal with her mother : Archive Photo
प्रतिक्रिया