Washington DC, US : January 30, 2026, Friday 07:47 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले जित्यो उपाधि

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १०:५६

वीरगन्ज / जय ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहीबार सकिएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।
गत वर्ष भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मीलाई नै ६ विकेटले हराएर उपाधि जितेको पुलिसले जय ट्रफीको फाइनलमा आर्मीलाई नै स्तब्ध पार्दै च्याम्पियन बनेको हो।
जय ट्रफीको त्रीदिवसीय फाइनल खेलमा पुलिस दिएको १०३ रनको लक्ष्य पछ्याउँदै बिहीबार दोस्रो इनिङ्सको ब्याटिङ गरेको आर्मीले २९.२ ओभरमा अलआउट हुँदै ७४ रनमात्र बनाएपछि उपाधि पुलिसको पोल्टामा गएको हो।
दोस्रो इनिङ्समा आर्मीका लागि इमरान शेखले सर्वाधिक २८ रन जोडे। कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

आर्मीलाई ७४ रनमै अलआउट गर्न पुलिसका सागर ढकालको भूमिका महत्त्वपूर्ण रह्यो। ढकाल एक्लैले ६ विकेट लिए। १४.२ ओभर बलिङ गरेका उनले ३५ रनमात्रै खर्चिए। त्यस्तै ललित राजवंशीले पनि ४ विकेट लिए।

पुलिसले पहिलो इनिङ्समा १३३ र दोस्रो इनिङ्समा १३९ रन बनाएको थियो। आर्मीले भने आफ्नो पहिलो इनिङ्समा १७० रन बनाएको थियो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका बलर साहब आलम (३३ विकेट) घोषित भए। त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मधेस प्रदेशका मयन यादव र उत्कृष्ट बलर आर्मीकै साहब आलम घोषित भए।

प्रतियोगिताको समापन समारोहमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले उपाधि विजेता पुलिसका खेलाडीलाई ट्रफी र मेडल प्रदान गरे। मधेस प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, क्यानका केन्द्रिय सदस्य दाउद अन्सारी, पर्सा क्रिकेट संघका अध्ध्यक्ष मनिष सिंह,पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल लगायतकाकोपनि सहभागिता थियो।

रेड बल र ह्वाइट जर्सीको प्रयोग गरिएको दुई दिवसीय जय ट्रफी एलिट कप पुस २१ ग्तेदेखि सुरु भएको थियो। वीरगन्ज र जनकपुरमा आयोजित प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कपमा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरेका थिए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।