Washington DC, US : August 30, 2026, Sunday 11:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|‘पहिले मानवता, त्यसपछि समाचार’- विपद् पत्रकारितामा गति होइन, सत्यता, संवेदनशीलता र जिम्मेवारी सबैभन्दा ठूलो मूल्य हो|अस्पतालका शवगृह भरिए, मृतकको पहिचान र शव व्यवस्थापन गम्भीर चुनौती|Breaking News : भोटेकोशी विपद : ७८१ शव फेला, ९,४३५ जनाको उद्धार|Cartoon|नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित|अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका नेपाल सम्बन्धी ९ वटा निर्णयहरू|पहिचान नभएका शवहरू ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषय र यसको वैज्ञानिक यथार्थ|कीभनजिक रुसी ड्रोन आक्रमणपछि हतियार गोदाममा भीषण विस्फोट, कम्तीमा ३७ जनाको मृत्यु|रसुवा,भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ७०० नाघ्यो, २५०० भन्दा बढी अझै बेपत्ता, खोज, उद्धार र शव पहिचान चुनौतीपूर्ण|रामप्रसाद खनालको बाढी सम्बन्धी शोक गीत

नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित नेपालमा प्राकृतिक विपत्तिपछि सिड्नीमा डिसेम्बर १७ मा हुने तय भएको कार्यक्रम अर्को मिति घोषणा नभएसम्म रोकियो

  NepalMother.com | १४ भाद्र २०८३, आईतवार १०:२७

काठमाडौं । नेपालमा पछिल्लो समय उत्पन्न भएको विनाशकारी प्राकृतिक विपत्ति र त्यसबाट भएको ठूलो मानवीय क्षतिप्रति ऐक्यबद्धता जनाउँदै नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित गरिएको छ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका तथा भारा इन्टरटेन्मेन्ट अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा आगामी डिसेम्बर १७, २०२६ मा आयोजना गर्ने तय भएको अवार्ड कार्यक्रम हालका लागि स्थगित गरिएको आयोजकहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

आयोजक संस्थाहरूले नेपालमा आएको अकल्पनीय प्राकृतिक विपत्तिले सिंगो राष्ट्रलाई गहिरो पीडा र शोकमा डुबाएको उल्लेख गर्दै यस्तो संवेदनशील समयमा उत्सवभन्दा राष्ट्रिय पीडा र मानवीय संवेदनालाई प्राथमिकता दिनु उचित ठानेर कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएका छन्।

विपत्तिमा धेरै अमूल्य जीवन गुमेको, ठूलो संख्यामा परिवारले आफ्ना आफन्त गुमाएको र देश अझै पनि उद्धार, राहत तथा पुनर्स्थापनाको चुनौतीसँग जुधिरहेको अवस्थामा मनोरञ्जनात्मक तथा उत्सवमुखी कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने आयोजकहरूको निष्कर्ष छ।

“नेपाल र नेपाली जनताको पीडाभन्दा ठूलो कुनै उत्सव हुन सक्दैन,” विज्ञप्तिमा भनिएको छ, “आज नेपाल रोइरहेको बेला हामी विदेशमा रहेर पनि नेपालको पीडाबाट अलग रहन सक्दैनौं। त्यसैले उत्सवभन्दा पहिले संवेदना, कार्यक्रमभन्दा पहिले ऐक्यबद्धता र मनोरञ्जनभन्दा पहिले मानवीयता रोज्ने निर्णय गरेका छौं।”

ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली चलचित्र, कलाकार तथा चलचित्रकर्मीहरूको सम्मानसँगै नेपाली कला, संस्कृति र चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको कार्यक्रम हो।

तर अहिलेको परिस्थितिमा अवार्ड आयोजना गर्नुभन्दा पीडामा रहेका नेपाली जनतासँग उभिनु, उनीहरूको दुःखमा ऐक्यबद्धता जनाउनु र मानवीय जिम्मेवारी निर्वाह गर्नु पहिलो दायित्व भएको आयोजकहरूले बताएका छन्।

यसै भावनाअनुसार डिसेम्बर १७ का लागि तय गरिएको नवौं संस्करण तत्काल आयोजना नगरी स्थगित गरिएको हो। आयोजकहरूले यसलाई विपत्तिको समयमा नेपाल राष्ट्र र नेपाली जनताप्रतिको मानवीय तथा सामाजिक जिम्मेवारी र ऐक्यबद्धताको निर्णय भनेका छन्।

कार्यक्रमको नयाँ मिति भने अहिले घोषणा गरिएको छैन। सम्बन्धित पक्ष, कलाकार, चलचित्रकर्मी, प्रायोजक तथा साझेदार संस्थाहरूसँग आवश्यक परामर्श र समन्वयपछि नयाँ मिति तय गरिने र त्यसबारे औपचारिक रूपमा जानकारी सार्वजनिक गरिने आयोजकहरूले बताएका छन्।

आयोजकहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, संघसंस्था र स्वयंसेवीहरूप्रति सम्मान व्यक्त गरिएको छ।

विश्वभर रहेका नेपाली चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी, दर्शक, शुभेच्छुक, सहयोगी तथा प्रायोजकहरूको निरन्तर साथ र सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रम स्थगनको निर्णयलाई राष्ट्रिय ऐक्यबद्धता र मानवीय संवेदनाको भावनाका रूपमा बुझिदिन पनि आयोजकहरूले आग्रह गरेका छन्।

परिस्थिति सामान्य भएपछि नवौं ग्लोबल नेपाली फिल्म अवार्डलाई अझ व्यवस्थित, गरिमामय र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धतासमेत आयोजकहरूले दोहोर्‍याएका छन्।

“नेपालसँगै छौं, नेपाली जनताको दुःखमा हामी पनि सँगै छौं,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा नेपाल फिल्म सोसाइटी, नेपालका कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिकाका नवराज श्रेष्ठ तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाका अरुण श्रेष्ठ र रुपेश भट्टराईको नाम उल्लेख छ।

No photo description available.

 

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor