Washington DC, US : October 25, 2026, Sunday 05:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|लाज, शरम, नैतिकता र मानवता हराएको राजनीति|‘दीपक–दीपाको फिल्मले दशैँ नै रमाइलो पार्छ’ भन्छन् दर्शक|‘गौँथली’को ऐतिहासिक सय दिनको यात्रा, निर्देशक डा. कपिल रिजालद्वारा आभार व्यक्त|मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पलाई ग्रामीण अमेरिकाबाट राहत, राष्ट्रिय जनमतमा ठूलो धक्का, डेमोक्र्याटहरू अगाडि|युद्धको खतरा बढ्यो, वेस्ट बैंकमा इजरायली सैन्य कारबाही तीव्र, इरानमाथि दबाबसँगै विश्व बजारमा तेलको मूल्य उकालो|ट्रम्पको दोस्रो कार्यकालमा झन्डै १० लाख आप्रवासी देश निकाला, धरपकड तीव्र तर वार्षिक लक्ष्य पूरा हुन सकेन|इरानमाथि थप आक्रमण गर्ने ट्रम्पको संकेत, अमेरिकी सैन्य अड्डामाथि हमला गर्ने इरानको चेतावनी|हिंसात्मक प्रदर्शनले फ्रान्स अशान्त, पेरिसमा कर्फ्यु लम्ब्याइयो, मार्से र लियोनमा प्रदर्शनमाथि प्रतिबन्ध, हजारौँ पक्राउ|अद्भुत प्रतिभाका धनी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडा दम्पती बेलायतमा सम्मानित|यमनमा १,५७४ को मृत्यु, साउदीका विमानस्थल र तेल केन्द्रमा हुथी हमला, अमेरिकी सैन्य अखडामाथि आक्रमण गर्ने इरानको चेतावनी

Breaking News : भोटेकोशी विपद : ७८१ शव फेला, ९,४३५ जनाको उद्धार ‘राज्यका सबै संयन्त्र युद्धस्तरमा परिचालित छन्’ - प्रधानमन्त्री बालेन शाह

  NepalMother.com | १४ भाद्र २०८३, आईतवार ११:२४

२०,६१८ सुरक्षाकर्मी परिचालन, ३९४ हवाई उडान; २६७ घाइतेमध्ये १५६ डिस्चार्ज, राहत कोषमा सवा पाँच अर्बभन्दा बढी संकलन

काठमाडौं, ३० अगस्ट २०२६। रसुवाको भोटेकोशी नदीबाट सुरु भएको विनाशकारी बाढीको पाँचौँ दिनसम्म ७८१ जनाको शव फेला परेको र ९ हजार ४३५ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको प्रधानमन्त्री बालेन शाहले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत विपद्पछिको खोजी, उद्धार, राहत, उपचार, अन्तर्राष्ट्रिय सहयोग, सडक तथा सञ्चार पुनर्स्थापना र शव व्यवस्थापनबारे विस्तृत विवरण सार्वजनिक गर्दै सरकारले सम्पूर्ण राज्य संयन्त्रलाई ‘युद्धस्तरमा’ परिचालन गरेको बताएका हुन्।

“नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले पाँच दिनदेखि देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तर जोखिमका कारण क्षतिको पूर्ण विवरण संकलन अझै चुनौतीपूर्ण रहेको बताएका छन्।

प्रधानमन्त्रीका अनुसार खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन भएका छन्। स्वयंसेवक तथा विभिन्न निकायका टोली पनि प्रभावित क्षेत्रमा निरन्तर खटिएका छन्।

उद्धार तथा राहतका लागि आइतबार मात्रै थप ७२ सहित हालसम्म ३९४ हवाई उडान सम्पन्न भएका छन्।

जलविद्युत् आयोजना क्षेत्रमा विशेष उद्धार अभियान

प्रधानमन्त्री शाहका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसको खोजी तथा उद्धारलाई विशेष प्राथमिकता दिइएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत ती क्षेत्रबाट हालसम्म २७९ जनाको उद्धार गरिएको छ।

रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट पछिल्लो दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। त्यहाँ चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी तथा उद्धार अभियान चलाइरहेका छन्।

चिनियाँ विशेषज्ञ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरिसकेको भए पनि हालसम्म मानिस फेला नपरेको प्रधानमन्त्रीले बताएका छन्।

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा पनि उद्धार अभियान जारी छ। नेपाली सेनाका इन्जिनियरहरूले सुरुङ खोल्न ‘ब्लास्टिङ’ गरिरहेका छन्।

घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी, नेपाल प्रहरीका विशेषज्ञलगायत ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर करिब २×३ फिटको प्वाल बनाएको थियो। उद्धारकर्मीहरू डोरीको सहायताले तल झरेर आवाज दिँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अहिले ठूला उपकरण प्रयोग गर्ने, ब्लास्टिङ गर्ने र प्वाल फराकिलो बनाउने काम एकसाथ भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली उद्धारमा खटिएको छ। त्यहाँ चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरिरहेको छ।

रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी स्थलगत निरीक्षणपछि पम्प र एस्काभेटर प्रयोग गरेर उद्धार अभियान अगाडि बढाएको छ।

लाङटाङ खोला जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार गस्ती जारी राखेको छ भने भारतीय टोली पनि उपकरणसहित परिचालन भएको छ।

त्यस्तै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई निरीक्षणपछि काम सुरु गरिसकेको प्रधानमन्त्री शाहले जनाएका छन्।

२६७ घाइते, १५६ जना अस्पतालबाट डिस्चार्ज

बाढी प्रभावित क्षेत्रबाट हालसम्म २६७ जना घाइतेको उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार गरिएको छ।

तीमध्ये १५६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। बाँकी घाइतेको स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रभावित क्षेत्रमा उपचार तथा मनोसामाजिक परामर्शका लागि काठमाडौंबाट चिकित्सकसहितका विशेष टोली पठाइएको छ। बाढीका कारण सेवा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरू पुनः सञ्चालनमा ल्याउने प्रयाससमेत भइरहेको छ।

राहत कोषमा सवा पाँच अर्बभन्दा बढी

प्रधानमन्त्री शाहका अनुसार सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री राहत कोषमार्फत पीडितका लागि आर्थिक सहयोग संकलन गरिरहेको छ।

आइतबार मध्याह्नसम्म प्रधानमन्त्री राहत कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको उनले जानकारी दिएका छन्।

त्यस्तै हिमालयन र लक्ष्मी बैंकमार्फत थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

सरकारले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी स्वदेश तथा विदेशबाट प्राप्त आर्थिक सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिरहेको र संकलित रकमलाई प्रभावकारी रूपमा परिचालन गर्ने विषयमा छलफल भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ।

रसुवा र नुवाकोटमा २६ आश्रय तथा राहत केन्द्र

सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कार्यलाई पनि तीव्र बनाएको जनाएको छ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयासम्म पुर्‍याइएको छ।

त्यहाँबाट धादिङको बैरेनी प्रहरी कार्यालय तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्यारेक हुँदै प्रभावित क्षेत्रमा राहत वितरण भइरहेको छ।

रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालन गरिएको छ। प्रधानमन्त्रीका अनुसार आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

एडीबी, विश्व बैंक, अमेरिका, अष्ट्रेलियासहित विभिन्न देशबाट सहयोग

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आउने क्रम बढेको बताएका छन्।

उनका अनुसार एसियाली विकास बैंकले ५० लाख अमेरिकी डलर अनुदान, विश्व बैंकले १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारले ५ लाख अमेरिकी डलर तथा अष्ट्रेलिया सरकारले १० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

एडीबीले थप १ लाख ५० हजार अमेरिकी डलर बराबरको प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।

भारतले हालसम्म चार चरणमा गरी ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि उपलब्ध गराएको छ।

नेपालले चीनसँग ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरेको छ। भारतले आइतबार २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको र थप सात वटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले बताएका छन्।

स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क सहयोग प्राप्त भएको उनले बताएका छन्।

अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालन

बाढीका कारण अवरुद्ध सञ्चार सेवा पनि क्रमशः पुनः सञ्चालनमा आएको प्रधानमन्त्रीले जनाएका छन्।

आइतबार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ।

बाढीअघि नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बीटीएस टावर सञ्चालनमा थिए। विपद्का कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ टावरको सेवा अवरुद्ध भएको थियो।

हालसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ टावर पुनः सञ्चालनमा आइसकेको र बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको सरकारको भनाइ छ।

सडक खोल्ने प्रयासमा फेरि वर्षा र पहिरोको चुनौती

बाढीले मुख्य सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रसँग सम्पर्क जोड्ने प्रयास गरिरहेको छ।

तर शनिबार राति भोटेकोशीमा पुनः पानीको सतह बढ्नुका साथै पहिरो जाँदा केही वैकल्पिक सडकसमेत प्रभावित भएका छन्।

कृष्णभीर क्षेत्रमा कटानका कारण यातायात सेवा अवरुद्ध भएको र सम्बन्धित निकायलाई यथाशीघ्र सडक सञ्चालनमा ल्याउन परिचालन गरिएको प्रधानमन्त्री शाहले जनाएका छन्।

७८१ शव फेला, पहिचान नभएकाको कानुनअनुसार व्यवस्थापन

प्रधानमन्त्रीका अनुसार बाढीबाट ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाइएको छ भने पहिचान हुन नसकेका शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन सुरु गरिएको छ।

पहिचान नभएका शवको व्यवस्थापन ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार भइरहेको प्रधानमन्त्रीले जनाएका छन्।

पहिचान गर्न कठिन अवस्थामा भेटिएका शवको डीएनए परीक्षणलगायत भविष्यमा पहिचानमा सहयोग पुग्ने प्रमाण सुरक्षित राखेर मात्रै सरकारले व्यवस्थापन गरिरहेको उनको भनाइ छ।

‘पूर्ण नतिजा नआएसम्म सरकार पछि हट्दैन’

प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा राष्ट्रिय एकता र सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

“हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं,” उनले भनेका छन्।

नेपाल सरकार प्रत्येक प्रभावित नागरिकको अभिभावक बनेर उभिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले राहत, पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

May be an image of text

May be an image of text

May be an image of body of water and text

 

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।