Washington DC, US : July 20, 2026, Monday 04:16 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

प्रदेश सरकारमा फेरि पनि चलखेल, लाज पचेका दलहरु ! प्रदेश सरकार फेरबदलको खेलले संघीयतामाथि बढ्दो प्रश्न, गगन थापाले तीनदलीय सत्ता समीकरण अस्वीकार

  NepalMother.com | ३ श्रावण २०८३, आईतवार ०२:०५

काठमाडौं । नेपालमा संघीय शासन व्यवस्था कार्यान्वयन भएको करिब एक दशक पुग्न लाग्दा पनि प्रदेश सरकारहरूमा स्थायित्व आउन सकेको छैन। संघीयताको मूल उद्देश्य प्रदेशलाई स्वायत्त र जिम्मेवार शासन प्रणाली प्रदान गर्नु भए पनि व्यवहारमा भने केन्द्रको राजनीतिक समीकरणअनुसार प्रदेश सरकार गठन–विघटन हुने क्रम रोकिएको छैन। पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरू फेरि अस्थिर बन्ने संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार प्रदेश सरकारको भविष्य प्रदेशसभाको अंकगणितभन्दा बढी केन्द्रीय राजनीतिक नेतृत्वको निर्णयमा निर्भर हुने प्रवृत्तिले संघीयताको मर्म कमजोर बनाइरहेको छ। प्रदेशका निर्वाचित प्रतिनिधिहरूले आफ्नै आवश्यकता र जनादेशअनुसार निर्णय गर्ने वातावरण नबन्दा संघीय संरचनामाथि नै प्रश्न उठ्न थालेको छ।

पछिल्लो समय सुदूरपश्चिम, कर्णाली, बागमती, मधेसलगायत विभिन्न प्रदेशमा सत्ता समीकरण फेरिने चर्चा तीव्र बनेको छ। सुदूरपश्चिममा बजेट विवादपछि एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पद छाडेका छन् भने नयाँ सत्ता समीकरणका लागि राजनीतिक दलहरूबीच छलफल सुरु भएको छ।

कर्णाली प्रदेशमा सत्ता साझेदार दलकै तर्फबाट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकार संकटमा परेको छ। बागमती प्रदेशमा पनि एमालेले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको चर्चा छ भने नयाँ गठबन्धन बनेमा सरकार परिवर्तन हुने सम्भावना बलियो देखिएको छ।

मधेस प्रदेशमा त सरकार परिवर्तन लगभग नियमितजस्तै बनेको छ। छोटो अवधिमै पटक–पटक सरकार फेरिँदा प्रशासनिक कामकाजदेखि विकास आयोजना प्रभावित हुँदै आएका छन्। अहिले अपेक्षाकृत स्थिर देखिएका गण्डकी र लुम्बिनी प्रदेशसमेत नयाँ राष्ट्रिय राजनीतिक समीकरणको प्रभावबाट अछुतो रहने सम्भावना कम देखिएको छ।

यता कोशी प्रदेशमा भने वर्तमान सत्ता समीकरण जोगाउने प्रयास भइरहेको बताइन्छ। तर अन्तिम निर्णय प्रदेशका सांसदहरूले स्वतन्त्र रूपमा लिन्छन् वा केन्द्रीय नेतृत्वको निर्देशनअनुसार अघि बढ्छन् भन्ने विषय अझै खुल्न बाँकी छ।

संविधान जारी भएपछि २०७४ मा भएको पहिलो प्रदेशसभा निर्वाचनदेखि नै अधिकांश प्रदेश सरकारहरू केन्द्रको सत्ता समीकरणसँगै परिवर्तन हुँदै आएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यसले प्रदेश सरकारको स्वायत्तता कमजोर बनाएको मात्र होइन, संघीय शासन प्रणालीप्रतिको जनविश्वाससमेत घटाएको छ।

विशेषज्ञहरूका अनुसार प्रदेश सरकार गठन र विघटनको निर्णयसमेत केन्द्रीय नेताको इच्छामा निर्भर हुने अवस्था रहिरहे प्रदेशसभा र संघीय संरचनाको औचित्यमाथि थप प्रश्न उठ्नेछ। संघीयताको सफल कार्यान्वयनका लागि प्रदेशलाई आफ्नै राजनीतिक निर्णय गर्ने अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्ने आवश्यकता बढ्दो रूपमा महसुस गरिएको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका विषयमा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाएका छन्।

ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउने अवधारणाले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली र जनादेशको सम्मान नगर्ने बताए।

उनका अनुसार प्रदेशसभामा सरकार र प्रतिपक्ष दुवैको प्रभावकारी भूमिका लोकतन्त्रका लागि अपरिहार्य हुन्छ। सबै प्रमुख दल सरकारमै सहभागी हुने अवस्था सिर्जना भए प्रतिपक्ष कमजोर हुने र संसदीय अभ्यास नै प्रभावित हुने उनको तर्क थियो।

थापाले विगतमा सत्ता प्राप्तिलाई केन्द्रमा राखेर गरिएका राजनीतिक निर्णयहरूले देशमा अस्थिरता बढाएको स्वीकार गर्दै अब नेपाली कांग्रेसले सिद्धान्तभन्दा सत्ता रोज्ने गल्ती दोहोर्‍याउने पक्षमा नरहेको स्पष्ट पारे।

उनले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्को दलसँग सरकार बनाउने संस्कृतिले जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै जनादेशको सम्मान, लोकतान्त्रिक मूल्य र सिद्धान्तमा आधारित राजनीतिक अभ्यास आवश्यक रहेको बताए।

थापाका अनुसार सरकारमा सहभागी हुनु मात्रै राजनीतिक दलको उद्देश्य हुन सक्दैन। सत्ता प्राप्तिलाई नै अन्तिम लक्ष्य बनाउने प्रवृत्तिले कांग्रेससहित सबै पुराना राजनीतिक दलले राजनीतिक मूल्य चुकाइरहेको उनको भनाइ थियो।

राजनीतिक विश्लेषकहरू भने प्रदेश सरकारको स्थायित्वका लागि केन्द्रको हस्तक्षेप कम गर्दै प्रदेशसभालाई स्वतन्त्र रूपमा सरकार गठन र सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिन्छन्। उनीहरूका अनुसार संघीयता संविधानको पानामा मात्र होइन, व्यवहारमा पनि लागू हुन सके मात्र यसको उद्देश्य पूरा हुनेछ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor