Washington DC, US : August 26, 2026, Wednesday 05:27 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|यस्तो देखियो आकासबाट बाढीको विध्वंश|बाढी,पहिरो पीडितको उद्धार र राहतमा एकजुट हुन अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको अपिल|सम्पादकीय : यो केवल रसुवाको विपद होइन, सिंगो नेपालको पीडा हो|Breaking News : १५७ जनाको शव फेला, सयौँ अझै सम्पर्कविहीन; प्रारम्भिक आर्थिक क्षति २ खर्बभन्दा बढी|रसुवा बाढी लगत्तै सरकारले के-के गर्यो ?|Breaking News : नेपालमा इतिहासकै ठुलो बाढी, पहिरोको विपद, कतिको ज्यान गयो, कति घर, सम्पत्ति, संरचना बगे हिसाब किताब गर्न गाह्रो, हाहाकारको अबस्था, सचेत रहन प्रहरी, सेनाको अनुरोध|शैलेन्द्र सिम्खडा : गाईजात्रा विशेष 2083|इरानमाथि अमेरिकाको ‘आर्थिक घेराबन्दी’, करिब ६० व्यक्ति, संस्था,जहाज प्रतिबन्धमा|Cartoon|खुला आवेदनमार्फत राजदूत छनोट गर्ने महत्वाकांक्षी प्रक्रिया के भयो ? कसले रोक्यो बालेन सरकार ??

बेलायतमा भीषण रेल दुर्घटना : चालकको मृत्यु, ३३ जना गम्भीर घाइते

  NepalMother.com | ६ असार २०८३, शनिबार ००:५५

लन्डन । बेलायतको बेडफोर्ड क्षेत्रमा शुक्रबार दुईवटा यात्रुवाहक रेल एकापसमा ठोक्किँदा एक रेल चालकको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। दुर्घटनापछि प्रहरीले घटनालाई ‘मेजर इन्सिडेन्ट’ अर्थात् ठूलो आपत्कालीन घटना घोषणा गर्दै व्यापक उद्धार तथा अनुसन्धान कार्य सुरु गरेको जनाएको छ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा कुल ८९ जना घाइते भएका छन्। तीमध्ये ११ जनाको अवस्था अति गम्भीर रहेको, २२ जना गम्भीर रूपमा घाइते भएको तथा ५६ जनाले सामान्य चोटपटक बेहोरेको पूर्वी इङ्ग्ल्यान्ड एम्बुलेन्स सेवाले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै रेल ईस्ट मिडल्याण्ड्स रेलवे (EMR) का दक्षिणतर्फ लन्डनको सेन्ट प्यानक्रास स्टेशन जाँदै गरेका सेवाहरू थिए। शुक्रबार अपराह्न स्थानीय समयअनुसार करिब ५:१५ बजे बेडफोर्ड नजिक रेलहरू एकआपसमा ठोक्किएका थिए। दुर्घटनाको वास्तविक कारण अझै खुल्न नसकेको र प्राविधिक तथा सुरक्षा निकायहरूले संयुक्त अनुसन्धान गरिरहेको बताइएको छ।

रेल, समुद्री तथा यातायात मजदुरहरूको संगठन आरएमटी (RMT) का महासचिव एडी डेम्प्सीले दुर्घटनामा ज्यान गुमाउने चालक आफ्ना पूर्व प्रतिनिधिसमेत रहेको उल्लेख गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनालाई रेल क्षेत्रका लागि अत्यन्त पीडादायी घटना भनेका छन्।

दुर्घटनापछि घटनास्थलमा ठूलो संख्यामा प्रहरी, एम्बुलेन्स, अग्निनियन्त्रक टोली तथा एयर एम्बुलेन्स परिचालन गरिएको थियो। दुर्घटनास्थलका तस्बिर तथा हवाई दृश्यहरूमा केही रेल डिब्बा क्षतिग्रस्त भएको र कम्तीमा एउटा डिब्बा रेलमार्गबाट बाहिर धकेलिएको देखिएको छ।

दुर्घटनाबाट बाँचेकाहरूले घटनाको भयावह दृश्य वर्णन गरेका छन्। एक यात्रु डा. पिटर न्यापले आफू अगाडिको डिब्बामा यात्रा गरिरहेको बताउँदै ठूलो विस्फोटजस्तै आवाज आएको र त्यसपछि सिटहरू छरपस्ट भएको बताए। उनका अनुसार धेरै यात्रुको अनुहार र शरीरबाट रगत बगिरहेको थियो भने केहीको खुट्टा भाँचिएको जस्तो देखिन्थ्यो।

अर्की यात्रु शोला मेनेले रेल ठोक्किनेबित्तिकै मानिसहरू सिटबाट उछिट्टिएको, डिब्बाभित्र अफरातफरी मच्चिएको तथा धेरै यात्रुहरूको अनुहारमा चोट लागेको बताइन्। दुर्घटनापछि के भएको हो भन्नेबारे यात्रुहरू लामो समय अन्योलमा परेको उनले बताएकी छन्।

दुर्घटनाबारे प्रतिक्रिया दिँदै बेलायती यातायात सचिव हाइडी अलेक्जेन्डरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। दुर्घटनाको कारणबारे अहिले नै अनुमान गर्न हतार हुने भन्दै उनले निष्पक्ष र विस्तृत अनुसन्धान गरिने तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक पाठ सिकिने बताइन्।

उनका अनुसार बेलायतको रेल सेवा विश्वकै सुरक्षितमध्ये एक मानिन्छ र यस्तो प्रकारको दुर्घटना अत्यन्त दुर्लभ मानिन्छ।

दुर्घटनामा संलग्न रेलहरू कोर्बीदेखि लन्डनतर्फ जाँदै गरेको साँझ ४:४० बजेको सेवा तथा नटिङ्घमबाट लन्डन जाँदै गरेको ३:५० बजेको सेवा रहेको ईस्ट मिडल्याण्ड्स रेलवेले जनाएको छ।

दुर्घटनापछि लन्डन सेन्ट प्यानक्रासतर्फ जाने तथा त्यहाँबाट आउने रेल सेवा शुक्रबार साँझदेखि स्थगित गरिएको छ। रेल कम्पनीले शनिबारसम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रभावित यात्रुहरूले अतिरिक्त शुल्क नतिरी अन्य रेल सेवामार्फत यात्रा गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

बेलायतमा हालैका वर्षहरूमा रेल सुरक्षामा उल्लेखनीय सुधार भए पनि बेडफोर्ड दुर्घटनाले रेल सुरक्षासम्बन्धी व्यवस्थामाथि फेरि प्रश्न उठाएको छ। अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि दुर्घटनाको वास्तविक कारण र सम्भावित कमजोरीहरूबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor