Washington DC, US : May 15, 2026, Friday 05:25 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Cartoon|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी|Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ|चलचित्र “सिन्दुरे जात्रा” शुभ मुहुर्त संगै छायांकन सुरु|चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी|वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान|अवरोध, बहिष्कार र आरोप–प्रत्यारोपबीच नीति तथा कार्यक्रम पारित|सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै मन्त्रीमण्डल हेरफेर|यदि भनिए अनुसार राम्रो संग सम्पति छानबिन गरी तथ्य बाहिर ल्याउने र कारवाही गर्ने हो नेपालमा के होला ? बच्लान कति ?|क्यालिफोर्नियामा गुञ्जियो नेपाल

Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ

  NepalMother.com | १ जेष्ठ २०८३, शुक्रबार ११:२१

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को ६३औँ वार्षिक प्रतिवेदनले नेपालको वित्तीय अनुशासनमा गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ। सरकारी निकायहरूमा वर्षेनि हिसाब मिलान हुन नसकेको रकम थपिँदै जाँदा देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ नाघेको छ।

महालेखा परीक्षक तोयम रायाले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संविधानको धारा २९४(१) अनुसार प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न सार्वजनिक संस्थासहित करिब ९४ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न गरिएको थियो। सोही क्रममा एकै आर्थिक वर्षमा मात्रै ८८ अर्ब ९ करोड रुपैयाँ नयाँ बेरुजु थपिएको उल्लेख गरिएको छ।

यसअघि विभिन्न निकायहरूको बाँकी बेरुजु ६ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढी रहेकोमा पछिल्लो वर्ष थपिएको रकमसँगै कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको महालेखाले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै ३ प्रतिशतले वृद्धि भएको हो।

महालेखाको विश्लेषणअनुसार बेरुजु फर्छ्यौटको प्रक्रिया अत्यन्त सुस्त छ भने नयाँ अनियमितता रोक्न प्रभावकारी संयन्त्र नहुँदा सरकारी वित्तीय दायित्व थप जटिल बन्दै गएको छ। संघीय सरकारी कार्यालयहरूको मात्रै बेरुजु ३ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने स्थानीय तहहरूको बेरुजु २ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ। यसले तल्लो तहसम्म वित्तीय अनुशासन कमजोर बन्दै गएको संकेत गरेको प्रतिवेदनमा उल्लेख छ।

संघीय मन्त्रालयहरूमध्ये अर्थ मन्त्रालय सबैभन्दा बढी बेरुजु हुने निकायका रूपमा देखिएको छ। कुल संघीय बेरुजुमध्ये अर्थ मन्त्रालयको हिस्सा मात्रै ७० प्रतिशतभन्दा बढी अर्थात् ३ खर्ब ७६ अर्ब रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन्।

महालेखाले गत भदौमा भएका आन्दोलन र विभिन्न प्रशासनिक अवरोधका कारण १७९ वटा कार्यालयले आर्थिक विवरण पेश नगरेको जनाएको छ। त्यसका कारण करिब १ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको लेखापरीक्षण नै हुन नसकेको उल्लेख गरिएको छ।

प्रतिवेदनले बेरुजुको प्रकृतिबारे पनि विश्लेषण गरेको छ। कुल बेरुजुमध्ये ५७ प्रतिशत रकम नियमित गर्नुपर्ने प्रकृतिको रहेको छ भने ३७ प्रतिशतभन्दा बढी रकम प्रत्यक्ष असुल गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गरिएको छ। यद्यपि विभिन्न प्रयासमार्फत गत वर्ष १४ अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरिएको महालेखाले जनाएको छ।

बेरुजुबाहेक राज्यले उठाउन बाँकी राजस्व, वैदेशिक ऋण तथा अनुदानको शोधभर्ना लगायतका शीर्षकमा कारबाही टुंगो लगाउनुपर्ने रकम पनि अत्यन्त ठूलो रहेको प्रतिवेदनले देखाएको छ। यस्तो रकम ७ खर्ब ८७ अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसमा सबैभन्दा ठूलो हिस्सा राजस्व बक्यौताकै रहेको उल्लेख छ। सरकारले समयमै रकम असुल गर्न नसक्दा राज्यको ढुकुटीमा प्रत्यक्ष असर परेको महालेखाको निष्कर्ष छ।

महालेखा परीक्षक तोयम रायाले बेरुजु घटाउन संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायहरूले आर्थिक अनुशासनमा कडाइ गर्नुपर्ने बताएका छन्। उनले सूचना प्रविधिमा आधारित अनलाइन प्रणालीलाई व्यवस्थित बनाउने, लेखा समितिलाई स्वतन्त्र र प्रभावकारी बनाउने तथा जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउने हो भने वित्तीय पारदर्शितामा सुधार आउने बताएका छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।