Washington DC, US : May 15, 2026, Friday 05:27 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Cartoon|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी|Breaking News : देशको कुल बेरुजु रकम साढे ७ खर्ब रुपैयाँ|चलचित्र “सिन्दुरे जात्रा” शुभ मुहुर्त संगै छायांकन सुरु|चीन भ्रमणको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा उच्चस्तरीय वार्ताको अन्तिम चरण जारी|वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान|अवरोध, बहिष्कार र आरोप–प्रत्यारोपबीच नीति तथा कार्यक्रम पारित|सरकारले मन्त्रालयको संख्या घटाएर १८ कायम गरेसँगै मन्त्रीमण्डल हेरफेर|यदि भनिए अनुसार राम्रो संग सम्पति छानबिन गरी तथ्य बाहिर ल्याउने र कारवाही गर्ने हो नेपालमा के होला ? बच्लान कति ?|क्यालिफोर्नियामा गुञ्जियो नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी

  NepalMother.com | १ जेष्ठ २०८३, शुक्रबार ११:२९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान र चीन दुवैलाई स्पष्ट सन्देश दिँदै ताइपेईले अमेरिकाको सैन्य समर्थनलाई ‘खुला चेक’ का रूपमा नलिन चेतावनी दिएका छन्। यदि ताइवानले स्वतन्त्रताको मुद्दालाई उचालेर युद्धको अवस्था सिर्जना गरेमा अमेरिका स्वतः युद्धमा होमिने पक्षमा नरहेको ट्रम्पको संकेत छ।

फक्स न्युजका पत्रकार ब्रेट बेयरसँगको विशेष अन्तर्वार्तामा ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको प्रत्यक्ष वार्ता र त्यसले विश्व सुरक्षामा पार्न सक्ने प्रभावबारे खुलासा गरेका हुन्।

“सी चिनफिङसँगको भेटपछि ताइवानका नागरिकले आफूलाई बढी सुरक्षित महसुस गर्नुपर्छ कि कम ?” भन्ने प्रश्नमा ट्रम्पले “तटस्थ” भन्ने छोटो जवाफ दिएका थिए। उनले ताइवानबारे अमेरिकाको नीति परिवर्तन नभएको दोहोर्याउँदै अमेरिका युद्ध चाहँदैन भन्ने स्पष्ट पारे।

“हामी ९ हजार ५ सय माइल टाढा गएर युद्ध लड्न चाहँदैनौँ,” ट्रम्पले भने, “म कसैले स्वतन्त्रता घोषणा गरोस् र अमेरिकाले त्यसको समर्थन गरोस् भन्ने चाहन्नँ। म त तनाव कम होस् भन्ने चाहन्छु। चीन पनि शान्त रहोस् भन्ने चाहन्छु।”

बेइजिङमा भएको उच्चस्तरीय शिखर वार्ताका क्रममा राष्ट्रपति सी चिनफिङले पनि ताइवान मुद्दा गलत ढंगले व्यवस्थापन भए अमेरिका र चीनबीच ‘ठोक्किन सक्ने’ वा ‘संघर्षसम्म पुग्न सक्ने’ चेतावनी दिएका थिए। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार सीले ताइवानलाई दुई देशबीचको सबैभन्दा संवेदनशील विषयका रूपमा प्रस्तुत गरेका हुन्।

ट्रम्पले ताइवानका लागि लामो समयदेखि रोकिएको १४ अर्ब डलर बराबरको अमेरिकी हतियार प्याकेज स्वीकृत गर्ने वा नगर्नेबारे पनि स्पष्ट प्रतिबद्धता जनाएनन्। “म गर्न पनि सक्छु, नगर्न पनि सक्छु,” ट्रम्पले भने। “हामी युद्ध खोजिरहेका छैनौँ। अहिलेको अवस्था जस्ताको तस्तै रह्यो भने चीनलाई पनि त्यो स्वीकार्य हुन सक्छ।”

चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा दाबी गर्दै आएको छ र अमेरिकी सैन्य सहयोग तथा हतियार बिक्रीको विरोध गर्दै आएको छ। यद्यपि अमेरिकाले औपचारिक रूपमा ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता नदिए पनि सुरक्षा सहयोगमार्फत लामो समयदेखि समर्थन गर्दै आएको छ।

यसैबीच ट्रम्पले इरानसँगको तनावबारे पनि प्रतिक्रिया दिएका छन्। उनले अमेरिकाले इरानमाथि “अत्यन्त कडा प्रहार” गरेको दाबी गर्दै चाहेमा दुई दिनमै इरानको विद्युत् संरचना र पुलहरू ध्वस्त पार्न सकिने चेतावनी दिए।

“हामीले धेरै कुरा नष्ट गर्न सक्थ्यौँ, तर अहिले थप युद्ध चर्काउने पक्षमा छैनौँ,” ट्रम्पले भने। उनले विगतका युद्धहरू वर्षौंसम्म चलेको उल्लेख गर्दै इरानसँगको वर्तमान तनावलाई तुलनात्मक रूपमा छोटो अवधि भएको बताए।

अन्तर्वार्ताका क्रममा ट्रम्पले हङकङका प्रजातन्त्र समर्थक सञ्चार उद्यमी जिमी लाइको विषय पनि उठाएको खुलासा गरे। चीन सरकारले जेलमा राखेका लाइलाई रिहा गर्न आफूले सी चिनफिङसँग आग्रह गरेको उनले बताए।

“मैले उनलाई जिमी लाइलाई रिहा गर्न अनुरोध गरेँ,” ट्रम्पले भने, “तर त्यस विषयमा आएको प्रतिक्रिया सकारात्मक थिएन। त्यसमा म आशावादी छैन।”

बेइजिङ भ्रमणपछि ट्रम्पले अमेरिका–चीन सम्बन्धलाई “अत्यन्त सकारात्मक” भन्दै व्यापार, ऊर्जा, कृत्रिम बुद्धिमत्ता र सुरक्षा सम्बन्धी विषयमा थप संवाद अघि बढ्ने संकेत दिएका छन्। तर ताइवानको मुद्दा भने अझै पनि दुई महाशक्तिबीचको सबैभन्दा संवेदनशील र विस्फोटक विषयकै रूपमा रहेको देखिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।